बजेट अभावले अलपत्र परेको धरान नाटक घर निर्माण कार्य श्रमदान अभियान मार्फत गर्न आग्रह गर्दै यहाँका रंगकर्मीहरुले मेयर हर्क साम्पाङलाई आग्रह गरेका छन्।
नाटक घर निर्माण उपभोक्ता समितिले विगत दुई वर्षदेखि अलपत्र परेको निर्माणाधीन नाटक घर आफ्नो तहबाट पुरा गर्न असमर्थ रहेको जनाउँदै मेयर साम्पाङसँग श्रमदान अभियानको नेतृत्व लिइदिन आग्रह गरेको हो।
समितिले श्रमदान अभियान मार्फत निर्माण कार्य पुरा गर्ने आश्वासन प्राप्त नभए उपहानगरपालिकालाई जिम्मा लगाएर सबैले राजीनामा दिने पनि जनाएका छन्।
विभिन्न निकायबाट बजेट आउन नसकेको र अब श्रमदान अभियानबाट मेयर साम्पाङले मात्र निर्माण कार्य पुरा गर्न सक्ने समितिका सचिव अरुण प्रधानले बताए।
‘सुविधा सम्पन्न नाटक घर बनाउँदै थियौ। कोभिड १९ को महामारीले सरकारी निकायबाट आउने बजेट काटियो। विदेशबाट आउन लागेको सहयोग पनि रोकियो,’ उनले भने, ‘त्यसैले मेयरलाई श्रमदान अभियानको नेतृत्व लिन आग्रह गरेका हौं, उहाँको पछि हामी सबै रंगकर्मी, चलचित्रकर्मी, गायक कलाकार सबै लाग्छौँ।’
धरान-८ स्थित सभागृह परिसरमा २ कट्टामा नाटक घर निर्माणाधीन अवस्थामा अलपत्र छ। बजेट अभावले काम सुचारु हुन नसकेपछि छड खिया लाग्न थालेको छ भने नाटक घर शिलान्यास हुँदा खुसी भएका रङ्गकर्मीहरू अहिले निराश छन्। नाटकको लामो इतिहास भएको धरानमा अझै एउटा पनि सुविधा सम्पन्न नाटक घर छैन।
मेयर साम्पाङले नाटक घरको आवश्यकता भएपनि पर्याप्त बजेट नभएकोले प्राथमिकता दिन नसकेको बताए। सभागृहको अवस्था नाजुक भएको भन्दै उनले पहिला सभागृह मर्मत गर्नुपर्ने बताए।
‘श्रमदानबाट नाटक घर बनाउने कुरा राम्रो हो, तर श्रमदानको मेरो प्राथमिकता खानेपानीको छ। तर नाटक घर पनि आवश्यक छ, यो बारेमा म सोचेर मात्र भन्छु,’ मेयर साम्पाङले रंगकर्मीहरुसँग भने।
निर्माणाधीन नाटक घर २ सय भन्दा बढी दर्शक क्षमता भएको प्रतीक्षालय सहित अन्तर्राष्ट्रियस्तरको सुविधा सम्पन्न हुने रंगकर्मी नविन मेन्याङबोले जानकारी दिए।
उनका अनुसार नाटक घरमा चित्रकला, मूर्तिकला प्रदर्शनी कक्ष, कार्यशाला कक्ष, भिआइपी लञ्ज, इमर्जेन्सी एक्जिट, अपाङ्गमैत्री भर्याङलगायत पनि निर्माण हुनेछ। नाटक घर परियोजना निर्माण गर्न सिभिलतर्फ ५ करोड ४५ लाख ३२ हजार १४० र मञ्च, कुर्सी, प्रकाश व्यवस्था, ध्वनि व्यवस्था, चलचित्र प्रोजेक्सनसहित अन्य आन्तरिक व्यवस्थापनतर्फ ३ करोड गरी कुल ८ करोड ४५ लाख ३२ हजार १४० रुपैयाँ बजेट आवश्यक पर्ने लागत अनुमान रहेको उपभोक्ता समितिले जनाएको छ।
नाटक घर २०७७ असारमा शिलान्यास भएको थियो। नाट्यकर्मीहरुको आग्रहमा सुनसरी क्षेत्र नं १ का पूर्व. संघीय सांसद जयकुमार राईले स्थानीय पूर्वाधार साझेदारी कार्यक्रम अन्तर्गत ४० लाख बजेट विनियोजन गरेपछि २०७७ असार ४ गतेदेखि निर्माण कार्य प्रारम्भ भएको थियो।
अर्को वर्ष स्थानीय पूर्वाधार साझेदारी कार्यक्रमबाट नै थप १५ लाख र धरान उपमहानगरपालिबाट १८ लाख विनियोजन भएको थियो भने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट १५ लाख बजेट विनियोजन भएको थियो।