सङ्कटमा पर्दै जोगीको पुर्ख्यौली पेसा
१६ कार्तिक २०८०
•
२ मिनेट पाठ
सङ्कटमा पर्दै जोगीको पुर्ख्यौली पेसा
कात्तिक र चैत जोगीहरूको फेरी लगाउने महिना हुन्। यिनै दुई महिना फेरी लगाएर सङ्कलन गरिएको सिदा र भेटीले वर्षदिन खानुपर्ने  बाध्यता फेरी लगाउने जोगिहरूलाई छ। दुई महिनाको काम गराइले आफू र परिवार पाल्नुपर्ने भए पनि पछिल्लो समयमा आएर आफूहरूको पेसा सङ्कटमा पर्दै जान लागेपछि उनीहरू चिन्तित बनेका छन्।




युवा पुस्तामा यो पेसाप्रति आकर्षण नभएपछि पेसा नै सङ्कटमा पर्ने सम्भावना बढदै गएको  जोगीहरूको भनाइ छ। आफूहरू बुढो हँुदै जानु र युवा पुस्ता (छोरा,नाति) मा यस पेसाप्रतिको आकर्षण नहुँदा यो पेसा सङ्कटमा पर्नाका मुख्य कारण रहेको दोलखा, मेलुङका रुद्रध्वज जोगीले बताए।

उनले भने, “स्थानीय सरकारले कला र संस्कृति जोगाउने नाममा विभिन्न जातजातिलाई सीप अनुसारको बाजागाजा, आरन, बाध्यबादन सामग्री बाँडिरेको सुनिन्छ तर हाम्रो समुदायलाई केही प्राप्त हुदैन अनि कसरी आफ्नो संस्कृति जोगाउनु, कसरी जीविकोपार्जन गर्नु। स्थानीय सरकारले हामीलाई पनि राति घरघर गई फेरी लगाउन आवश्यक पर्ने लाइट, लौरो र बजाउने सामग्री (बराठको सिङ) उपलब्ध गराउन सके आमी हाम्रो पेसा संरक्षण गर्न र आफ्नो जीविकोपार्जन गर्न सक्ने थियौं।”

परम्परागत पेसा जोगाउनकै लागि भए पनि आफू बुबासँगै घर घर हिंडे पनि यो माग्ने पेसा आफूलाई झन्झट लागेको दोलखा मेलुङका युवा दीपक जोगीले बताए।

यो पेसा संरक्षणका लागि राज्यबाट पनि केही सहयोग प्राप्त भए पेसालाई जोगाउन सकिने  उनको भनाइ थियो।

रामेछाप नगरपालिका हिमगङ्गाका मीनबहादर जोगीले भने, “हाम्रा बुवा हजुरबुवाले यही पेसा गरे र  हामीले पनि गरिरहेका छौं तर अब पढेलेखेका छोरा शहरमा जागिर खान जाने भएकाले उनीहरूले यो पेसा गर्ने अवस्था छैन त्यसैले अब हाम्रो पेसा लोप हुने अवस्था छ। न हामीलाई राज्यबाट सहयोग छ न त अरूबाट हामीलाई सहयोग नै छ। फेरी लगाएको दिन बिहानभरि घरघर घुम्दा झर्को नमानी सिदा दक्षिणा दिन्छन्।” तर हाम्रो शेष पाछि भने हामिले लगाउने गरेको फेरी लोप होला जस्तो छ।

कार्तिक र चैत्र महिनामा रातको १२ बजे पछिदेखि घर घरमा गई विभिन्न मत्रोच्चारण गरेर बराठको सिङ बजाएर फेरी लगाउने र सिदा सङ्कलन गर्ने कार्य  उनीहरूले गर्दछन्।

विशेष गरी घर परिक्रमा गरेर मन्त्रोचारणका साथ घरका चार सुरमा चार पटक फेरी लगाउदा, घरमा भुत, प्रेत पिचास नलाग्ने र डाइनी वोक्सीले पनि दुख नदिने परम्परागत मान्यता छ। कसैकसैले राति  घर वा कोठा भित्रै बोलाएर पनि फेरी लगाउन लाउने गर्दछन्। उनीहरू  रातभर  फेरी लगाउने र बिहानभर जय गोरखनाथ भन्दै राती फेरी लगाएको घर घरमा पुगेर सिदा सङ्कलन गर्ने गर्दछन्।

सिदाका सबै सामानहरू सङ्कलन गरेर थैलो थैलेमा हाल्छन् र एउटा टोल वा गाँउ सकिएपछि प्राप्त भएको सिदाका सामानहरू घर लैजाने गर्दछन्।

जिल्लाको रामेछाप नगरपालिका र लिखु तामाकोशी गाउँपालिकामा गरी करिव एक सयको संख्यामा  उनीहरूको बसोवास रहेको छ  भने दोलखाको मेलुङ गाउँपालिकामा पचास जनाको सङ्ख्यामा जोगीहरूको बासोवास रहेको बताइएको छ। मन्थली र आसपासका क्षेत्रहरूमा भने पहिलेदेखि नै दोलखाको मेलुङका जोगीहरूले फेरी लगाउँदै आइरहेका छन्।
अर्को समाचार
खलंगामा कृषि, पर्यटन र व्यापार महोत्सव
१४ वैशाख २०८१
•
२ मिनेट पाठ
खलंगामा कृषि, पर्यटन र व्यापार महोत्सव
जुम्लाको सदरमुकाम खलंगामा कृषि पर्यटन प्रथम बृहत् व्यापार तथा सांस्कृतिक महोत्सव भइरहेको छ। संघीय सांसद विनिता कठायतले महोत्सवको उद्घाटन गरेकी थिइन्।




महोत्सवले आर्थिक क्षेत्रलाई चलायमान बनाउनुका साथै कला र संस्कृतिको प्रवर्द्धनमा टेवा पुर्‍याउने उल्लेख गरिन्। उनले भनिन्, ‘मनोरञ्जनसँगै भाषा र संस्कृतिको संरक्षण पनि हुने छ।’

राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठान जुम्लाको आयोजना र एके इभेन्ट बहुउद्देश्यीय प्रालि सुर्खेतको सहयोगमा वैशाख १३ देखि २३ सम्म सञ्चालन हुने महोत्सवबाट यस क्षेत्रका कृषि, जडिबुटी, पर्यटन, ऊर्जा, संस्कृति तथा सांस्कृतिक वस्तुको प्रदर्शन गरी प्रचार–प्रसार गर्ने र कला र संस्कृतिका माध्यमबाट कर्णालीको सुन्दरता चिनाउने लक्ष्य राखिएको छ।  

कर्णालीको कृषि क्षेत्रको पहिचान गरेर पर्यटक भित्र्याउने उद्देश्य हो। महोत्सव अवधिभर  फलफूलमा स्याउ, ओखर, बालीमा मार्सी धान, मार्सी चामल, चिनो, कागुनो, फापर, सिमीका स्टल राखिएका छन्। कपडामा परम्परागत राडीपाखी, खरायोका टोपीहरुको स्टल छन्।

बजारमा अधिक माग भए पनि मूल्य पाउन नसकेको कृषिजन्य वस्तु बजारीकरणका लागि पनि महोत्सवले सहयोग गर्ने जुम्ली किसान बताउँछन्।

उत्पादन वृद्धिसँगै कृषि क्षेत्रको महत्व प्रचार–प्रसार गर्नका लागि बृहत् कृषि पर्यटन सांस्कृतिक महोत्सव हुन लागेको राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठान जुम्लाका अध्यक्ष कर्णबहादुर बुढ्थापाले बताए।

उनले भने, ‘महोत्सवमा स्थानीयदेखि राष्ट्रय चर्चित कलाकारको प्रस्तुति रहेको छ। कृषि पर्यटन प्रवर्द्धन र स्थानीय कलाकारको खोजीका लागि महोत्सव सञ्चालन गरिने अध्यक्ष बुढथापाले बताए। महोत्सवमा विभिन्न ५०÷६० स्टल बुक भइसकेका छन् भने ८०÷९० वटा स्टल छन्।

‘लोक, कला र संस्कृतिको संरक्षण, रूपान्तरण, समुद्री हाम्रो अभियान कृषि संस्कृति र संस्कार हाम्रो पहिचान कृषि पर्यटन र स्थानीय उत्पादनको प्रवर्द्धन हाम्रो अभियान’ भन्ने महोत्सवको नारा रहेको छ।

महोत्सवमा देउडा, दोहोरी, एकल नाच प्रतियोगिता गरिने लोक तथा दोहोरी गीत प्रतिष्ठानका सचिव विश्वराज खत्रीले बताए। प्रतिष्ठानका अनुसार स्थानीय कलाकारलाई पनि प्राथमिकता दिइने छ।
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock ३ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस