जिल्ला प्रहरी कार्यालय बाराले आज पत्रकार सम्मेलन गरेर उपमहानगरपालिका ६ मा रहेको बाल एकता बोर्डिङ स्कुलका सञ्चालक तथा प्रधानाध्यापक ‘गुड्डु’ भनिने रुपेश सर्राफको हत्या आरोपमा पक्राउ परेका ५ जनालाई सार्वजनिक गरेको छ।सार्वजनिक गरिएकोमा राधा गुप्ता, चन्द यादव, अभिनफ कुमार सिह, जवेल अख्तर, रियाज अन्सारी गरि ५ जना रहेको पत्रकार सम्मेलनमा बाराका प्रहरी उपरीक्षक सुरेश काफ्लेले बताएका छन्।
हालसम्म १० जनालाई नियन्त्रणमा लिए पनि हत्यामा प्रत्यक्ष संलग्नता रहेकाको सार्वजनिक गरिरहेको काफ्लेले बताए।सार्वजनिक भएका मनोज गुप्ताको प्रेमी रहेकी राधा गुप्तासँग अनैतिक सम्बन्ध राख्दा सरार्फको हत्या मनोजकै संलग्नता गरिएको काफ्लेले बताए।
पक्राउ परेकी राधा गुप्ता तीन वर्ष देखि भारत बिहार छौडादनव निवासी मनोज गुप्तासँगको प्रेममा रहेकी र अहिले सरार्फसँग पनि अनैतिक सम्बन्ध राखेकी काफ्लेले बताए।बाल एकता बोर्डिङ स्कुलमा काम गर्न सुरु गरे पछि राधा सरार्फसँग नजिक हुन पुगेकी काफ्लेले बताए।
सरार्फसँग पनि राधाले अनैतिक सम्बन्ध राखेको थाहा पाए पछि मनोज गुप्ताले सरार्फलाई राधासँग टाढा रहन भन्दा दुवै जनाको बिचमा पटक पटक झगडा समेत भएको थियो।
दुई पटक भएको झगडालाई बाल एकता बोर्डिङ स्कुलकै शिक्षकहरूको रोहबरमा सरार्फ र गुप्ता बिच मिलापत्र गराउने प्रयास गरिएको अनुसन्धानबाट खुलेको काफ्लेले बताए।
अन्तमा राधा गुप्ताको परिवार र प्रेमी मनोज गुप्ताले बाल एकता बोर्डिङबाट सात महिना अघि नै राधालाई काम छोड्न लगाएको काफ्लेले बताए। स्कुलबाट काम छोडे पनि राधा र रुपेश बिचको अनैतिक सम्बन्ध कायमै रहेको देखेर मनोजले आक्रोशमा आएर सर्राफको हत्या गराउन पुगेको काफ्ले बताए। गोली हानिएको सोमबार भन्दा दुई महिना पहिला पनि रुपेशले राधालाई लिएर सिमराको एक होटलमा गएको देखेर त्यही मनोजले रुपेशलाई मार्ने प्रयास गरेको काफ्लेले बताए। हत्या हुनुबाट बचेर आए पछि पनि रुपेशले नत प्रहरीलाई नै जानकारी गराएको नत राधासँगको अनैतिक सम्बन्ध छोडेको काफ्लेले बताए।
जुम्ला। बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
गुठीचौर गाउँपालिका-१,मणिसाँघुका ४६ वर्षीय कालीबहादुर रोकायालाई प्रहरीले शनिबार पक्राउ गरेको हो। गत मंसिर ८ गते बालिकालाई उपचार गर्ने बहानामा यातना दिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान थालेको थियो।
जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरी टोलीले रोकायालाई मणिसाँघुबाट नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पुर्याएको हो। उनीमाथि अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक तथा प्रवक्ता शालिकराम खनालले जानकारी दिए।
उनका अनुसार अन्धविश्वास तथा रूढिवादी अभ्यासका नाममा हुने यस्ता गतिविधिप्रति प्रहरी संवेदनशील छ। यस्ता कार्यमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याइने उनले बताए। साथै, यस्ता गतिविधिबारे जानकारी भए नजिकको प्रहरी कार्यालय वा १०० नम्बरमा खबर गर्न प्रहरीले आग्रह गरेको छ।
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...