कलैया उपमहानगरपालिका-६ मा रहेको बाल एकता बोर्डिङ स्कुलका सञ्चालक तथा प्रधानाध्यापक ‘गुड्डु’ भनिने रुपेश सर्राफको हत्या आरोपमा बारा प्रहरीले हालसम्म १० जनालाई नियन्त्रणमा लिएको छ।
पक्राउ पर्नेमा सरार्फसँग अनैतिक सम्बन्ध राखेकी एक युवती सहित १० जना रहेको बारा प्रहरीले जनाएको छ। उनीहरुको नाम भने पत्रकार सम्मेलन गरी सार्वजनिक गरिने जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक दाधीराम न्यौपानेले जानकारी दिए।
उनका अनुसार पक्राउ पर्ने १० जना मध्य पाँच भारतीय नागरिक र पाँच नेपाली नागरिक रहेका छन्।
सरार्फलाई गोली प्रहार गर्ने मुख्य ‘सुटर’ बाहेक घटनामा संलग्न रहेका अधिकांशलाई पक्राउ गरिएको बाराका प्रहरी उपरीक्षक सुरेश काफ्लेले जानकारी दिए।
‘अहिले सम्मको अनुसन्धानबाट खुले अनुसार घटनाको मुख्य कारण सरार्फले स्कुलको पूर्व कर्मचारी समेत रहेकी एक युवतीसँग अनैतिक सम्बन्ध राखेका कारण ती युवतीका पूर्व प्रेमी भारतीय छौडादानव निवासीले आक्रोशमा आएर सरार्फको हत्या हुनसक्छं।’ उनले भने।
पक्राउ परेकी ती युवतीसँग घटना हुनु भन्दा केही समय पहिला सरार्फले उनकै कोठाबाट भेटेर आएको र त्यही बेला देखि भारतीय प्रेमीले ‘सुटर’ सहित सरार्फलाई मार्न लगाएको उपरीक्षक सुरेश काफ्लेले जानकारी दिए।
‘सरार्फलाई गोली प्रहार गर्ने भारतीयहरू थिए भने सरार्फको अवस्थाको बारेमा रेकी गर्ने नेपालीहरु थिए’ उनी भन्छन् ‘घटनाबारे थप अनुसन्धान भइरहेको छ।’
हत्या गरिएका सरार्फ र आफ्ना प्रेमीसँग समानान्तर सम्बन्ध राखेकी ती युवतीलाई सोमबार नै कलैया बजारबाट पक्राउ गरी अनुसन्धान गर्दा यी कुराहरु बाहिरिएको उनले बताए।
सरार्फको हत्या पछि मंगलबार बिहानै देखि कलैया बजारको पसलहरु बन्द गरिएको थियो। सरार्फको मंगलबार बिहान पसाह खोलामा अन्त्यष्टी गरिएको छ।
सरार्फको हत्याको विरुद्धमा बन्द गरिएको कलैया बजार।सरार्फको शव अन्त्यष्टीका लागि लगिँदै।सोमबार पौने १ बजेको समयमा सरार्फ माथि कलैयाको मदार्सा टोलमा गोली प्रहार गरी हत्या गरिएको थियो।
जुम्ला। बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
गुठीचौर गाउँपालिका-१,मणिसाँघुका ४६ वर्षीय कालीबहादुर रोकायालाई प्रहरीले शनिबार पक्राउ गरेको हो। गत मंसिर ८ गते बालिकालाई उपचार गर्ने बहानामा यातना दिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान थालेको थियो।
जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरी टोलीले रोकायालाई मणिसाँघुबाट नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पुर्याएको हो। उनीमाथि अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक तथा प्रवक्ता शालिकराम खनालले जानकारी दिए।
उनका अनुसार अन्धविश्वास तथा रूढिवादी अभ्यासका नाममा हुने यस्ता गतिविधिप्रति प्रहरी संवेदनशील छ। यस्ता कार्यमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याइने उनले बताए। साथै, यस्ता गतिविधिबारे जानकारी भए नजिकको प्रहरी कार्यालय वा १०० नम्बरमा खबर गर्न प्रहरीले आग्रह गरेको छ।
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...