बाराको एक विद्यालयका प्रधानाध्यापक माथि गोली प्रहार गर्ने अज्ञात समूहले भारतीय नम्बर प्लेटका मोटरसाइकल प्रयोग गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।
सोमबार कलैयाको बाल एकता बोर्डिङ स्कुलका संचालक तथा प्रधानाध्यापक रुपेश सराफ माथि गोली प्रहार भएको थियो। गोली लागेर घाइते भएका सराफको वीरगन्जस्थित वयोधा अस्पतालमा उपचारको क्रममा निधन भएको पर्साका प्रहरी उपरीक्षक (एसपी) कोमल शाहले जानकारी दिए।
भारतीय नम्बर प्लेटको मोटरसाइकलमा सवार गोली प्रहार गर्ने अज्ञात समूहका दुई जना कलैया बजार तर्फ भागेको हुन सक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको बाराका प्रहरी उपरीक्षक सुरेश काफ्लेले बताए। उनीहरुलाई नेपालबाट बाहिर जान नदिन नाकाहरुमा विशेष निगरानी गरिएको उपरीक्षक काफ्लेले जानकारी दिए।

‘गोली प्रहार गर्न अज्ञात समूहलाई नेपालबाट भाग्न नदिन निगरानी बढाइएको छ। कलैयाम जडान गरिएको विभिन्न सिसिटिभी क्यामरा चेक गर्दै छौं।’ उनले भने।गोली प्रहारमा मारिएका सराफको कलैया बजारमा सुन चाँदीको पसल समेत रहेको छ।