बारामा स्कुल सञ्चालकमाथी गोली प्रहार भएको छानबिन गर्न एसपीसहितको टोली घटनास्थलमा पुगेको छ। बाराका प्रहरी उपरीक्षक (एसपी) सुरेश काफ्ले नेतृत्वको प्रहरी टोली घटनास्थल पुगेको हो।
साेमबार दिउँसाे कलैया उपमहानगरपालिका-६ मा रहेको बाल एकता इङलिस बोर्डिङ स्कुलका संचालक रुपेश सराफमाथी गोली प्रहार भएको थियो।
बोर्डिङ स्कुलबाट कलैया बजार तर्फ आउदै गर्दा पन्ना देवी स्कुल अगाडि अपरिचित समुहले सराफमाथि गोली प्रहार गरेका हुन्। सराफको छातीमा गोली लागेको छ।
गोली लागेर गम्भीर घाइते भएका सराफलाई थप उपचारको लागि वीरगन्ज लगिएको बारा प्रहरीले जनाएको छ।