वैदेशिक रोजगारीका लागि असोजमा मात्रै ५६ हजार बाहिरिए
१३ कार्तिक २०८०
•
४ मिनेट पाठ
वैदेशिक रोजगारीका लागि असोजमा मात्रै ५६ हजार बाहिरिए
चाडबाडका बेलामा घर फर्किने परम्परा पछिल्ला वर्षहरूमा मेटिन थालेको छ । दसैंकै मुखमा असोजमा मात्रै करिब ५६ हजार युवा घर छाडेर बिदेसिएका छन् । स्वदेशमा रोजगारीको अवसर नहुँदा नेपाली युवाहरू धमाधम विदेश जाने क्रम रोकिएको छैन । मुलुकमा बेरोजगारी बढ्दै गएपछि वैदेशिक रोजगार विभागका अनुसार चालु आर्थिक वर्ष २०८०÷८१ सुरु भएयता असोज महिनामा मात्रै ५६ हजार दुई सय ३५ जना युवाहरू रोजगारीकै खोजीमा विदेश गएका हुन् । जसमध्ये ४९ हजार तीन सय ९८ जना पुरुष र ६ हजार आठ सय ३७ जना महिला कामको खोजीमा विदेशिएका छन् ।  




साउन महिनामा पनि सोही हाराहारीमा बिदेसिएका थिए । वैदेशिक रोजगारीमा बिदेसिने युवाको संख्या गत वर्षहरू भन्दा उच्च रहेको जानकारी विभागका सूचना अधिकारी कविराज उप्रेतीले दिए । भदौमा ५० हजार आठ सय ८४ जना युवा विदेशिएको वैदेशिक रोजगार विभागको तथ्यांकले देखाएको छ । यो नयाँ श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृति लिनेसमेतको संख्या हो ।  

तथ्यांकअनुसार असोज महिनामा मात्रै जिल्लागतको क्रममा सबैभन्दा बढी दुई हजार ६ सय ७३ जना युवाहरू झापाबाट वैदेशिक रोजगारीका लागि बिदेसिएका छन् । त्यस्तै, धनुषाबाट दुई हजार ६ सय २९ जना नेपालीहरू वैदेशिक रोजगारीको लागि विभिन्न मुलुक गएको विभागका तथ्यांकले देखाएको छ । मोरङबाट दुई हजार तीन सय १८, सिराहाबाट दुई हजार एक सय १३, महोत्तरीबाट एक हजार आठ सय ६०, रूपन्देहीबाट एक हजार सात सय ८३ र सर्लाहीबाट एक हजार पाँच सय ५९, सप्तरीबाट एक हजार तीन सय ५५, चितवनबाट एक हजार तीन सय ५२ जना र कपिलवस्तुबाट एक हजार एक सय ९४ जनाले श्रम स्वीकृति लिई बिदेसिएका छन् ।

मागअनुसार सम्बन्धित देशमा नेपाली कामदार जाने गरेको अधिकारीहरू बताउँछन् । ‘जहाँबाट जति धेरै कामदारको माग आउँछ त्यहीँ धेरै जाने हुन्,’ सूचना अधिकारी उप्रेतीले भने ।  

नेपाली कामदारहरू जाने गरेका अधिकांश काम कम तलब एवं सुविधा हुने खालका भएको पनि अधिकारीहरू स्वीकार्छन् । चालु आर्थिक वर्ष सुरु हुँदै गर्दा सबैभन्दा धेरै नेपालीहरू मजदुरका रूपमा गएको देखिन्छ । त्यसैगरी, कारखानाका कामदार, सरसफाइ गर्ने कामदार, घरेलु कामदार निर्माण क्षेत्रका कामदार र सुरक्षागार्डका रूपमा पनि धेरै नेपाली विदेश जाने गरेका छन् । म्यानपावरमार्फत नभई व्यक्तिगत प्रयासमा विदेश जानेमा वेटर, भान्से र परामर्शदातालगायतका रूपमा पनि जाने गरेको तथ्यांकले देखाएको छ ।

‘हाम्रा अधिकांश कामदार अदक्ष हुने गरेका छन्, जसका कारण उनीहरूले पाउने तलब, सुविधा पनि कम नै हुने गर्छ,’ सूचना अधिकारी उप्रेतीले थपे । घरेलु हिंसामा पर्ने, अलपत्र पर्ने नेपाली कामदारको उद्धारमा पनि राज्यको समय र रकम खर्च हुने गरेको अधिकारीहरू बताउँछन् । यो अवस्था सुधारका निम्ति प्रयास जारी रहे पनि अझै अपेक्षित उपलब्धि हुन नसकेको उप्रेतीको भनाइ छ । तलब एवं सेवासुविधाका आधारमा आकर्षक श्रम बजारमा भन्दा पनि जहाँबाट माग आयो त्यहीँ नै नेपालले कामदार पठाउने प्रवृत्ति रहेको कतिपय विज्ञ बताउँछन् । ‘एकातिर अदक्ष कामदार बोलाउँदा कम पैसा दिनुपर्ने भएर गन्तव्य मुलुकले फाइदा देख्ने भए भने अर्कोतिर नेपालमै रोजगारी नभएकाले वैदेशिक रोजगारीमा पठाइहाल्ने प्रवृत्ति भएको विभागका अधिकारीहरूको भनाइ छ ।

वैदेशिक रोजगारीका लागि असोज महिनामा सबैभन्दा बढी संयुक्त अरब इमिरेट्स (युएई), साउदी अरेबिया, कतार र मलेसियाका लागि श्रम स्वीकृति लिएका छन् । युएईका लागि १३ हजार नौ सय पाँचजना र साउदी अरेबियाका लागि ११ हजार एक सय २३ जनाले श्रम स्वीकृति लिएका थिए । त्यसैगरी, कतारका लागि १० हजार ६ सय १० जना र मलेसियाका लागि सात हजार नौ सय नौ जनाले श्रम स्वीकृति लिएको विभागको तथ्यांक छ । पछिल्लो समय वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या मलेसिया भन्दा खाडी देशतिर बढ्न थालेको छ ।  

कुवेतमा तीन हजार सात सय ८१ जनाले श्रम स्वीकृति लिएका छन् । यस्तै माल्टामा एक हजार एक सय ६० जनाले स्वीकृति लिएका छन् । जापानमा एक हजार ४८ जना, क्रोसियामा नौ सय ७० जना, रोमानियामा सात सय चार जना, बहराइनमा ६ सय आठ जनाको स्वीकृति जारी भएको छ । त्यस्तै साइप्रसमा ५ सय ३३ जनाले स्वीकृति लिएको विभागको तथ्यांक छ । असोजमा बिदेसिएका अधिकांश नेपाली युवा दक्ष योग्यताका छन् । विदेसिने क्रममा दक्ष योग्यताका ३८ हजार सात सय ३८ जना रहेका छन् भने अदक्ष योग्यताका १२ हजार पाँच सय २६ जना नेपाली युवा रहेका छन् ।  

दक्षभन्दा माथिल्लो स्तरको योग्यता भएका चार हजार आठ सय आठजना युवाले श्रम स्वीकृति लिएका छन् । प्रोफेसनल योग्यताका एक सय चार र उच्च दक्षता हासिल गरेका ५९ जना वैदेशिक रोजगारीका लागि गएको तथ्यांकले देखाएको छ ।
अर्को समाचार
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
८ मिनेट अघि
•
१ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा। झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ। 




कुनै समय राष्ट्रिय परिचयपत्र र राहदानीका लागि फोटो तथा जैविक विवरण (बायोमेट्रिक) दिन ३५ दिनसम्म पालो कुर्नु पर्नेमा अहिले त्यो अवस्था अन्त्य गरिएको छ। लामो समयदेखि थाती (पेन्डिङ)मा रहेका फाइल फर्छ्यौट गर्दै प्रशासनले सेवा प्रवाहलाई सहज र छरितो रूपमा सेवा उपलब्ध गराएको छ। 

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार गत भदौ २० गतेसम्म हाजिर राहदानीतर्फ ९९६ र राष्ट्रिय परिचयपत्रतर्फ पाँच हजार ४९१ जना सेवाग्राही पालोमा थिए। सेवाग्राहीले अनलाइन फारम भर्नसमेत पैसा तिर्नुपर्ने र बायोमेट्रिक विवरणका लागि लामो समय कुर्नुपर्ने अवस्था रहेकामा त्यो अहिले हटेको छ।

त्यस्तो अवस्था अन्त्य गर्न प्रशासनले बिहान ७:०० बजेदेखि बेलुका ६:०० बजेसम्म तथा सार्वजनिक बिदाका दिनसमेत सेवा सञ्चालन गर्ने अभियान सुरु गरेको थियो।

उक्त प्रयासबाट लामो समयदेखि प्रतीक्षामा रहेका सेवाग्राहीको चाप हटेपछि अहिले राष्ट्रिय परिचयपत्रको काम एकै दिनमा सम्पन्न हुन थालेको प्रजिअ पोखरेलले बताए।

'हाम्रो अभियानले बाँकी फाइल शून्यमा झार्ने लक्ष्य मात्र पूरा गरेन, सेवा प्रवाहको एउटा कार्यसंस्कृति नै विकास गर्यो,' उनले भने, 'अहिले सार्वजनिक बिदाका दिन पनि प्रशासनमा सेवा पाइन्छ भन्ने विश्वास सेवाग्राहीमा बसेको छ। त्यसैले यो अभ्यासलाई निरन्तरता दिएका हौँ।'

प्रशासनले यही कार्यसंस्कृतिलाई निरन्तरता दिँदै शनिबार र आइतबार पनि राष्ट्रिय परिचयपत्रका सबै सेवा तथा राहदानीका केही सेवा सञ्चालन गरेको छ। त्यस कार्यका लागि दुई जना कर्मचारी परिचालन गरिएको र बैंक काउन्टर बन्द रहने भएकाले राहदानीतर्फ भने राजस्व बुझाइसकेका सेवाग्राहीले मात्र सेवा लिन व्यवस्था मिलाइएको छ।

सेवा प्रवाहका नाममा अतिरिक्त शुल्क तिर्नु नपर्ने स्पष्ट पार्दै प्रशासनले कसैले रकम मागेमा जानकारी गराउन आग्रहसमेत गरेको छ। केही दिनअघि अतिरिक्त रकम लिने एक बिचौलियालाई नियन्त्रणमा लिएर कारबाही गरिएको कार्यालयले जनाएको छ।
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १० मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ३२ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस