सिमरामा अनियन्त्रित भई बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।
चितवनबाट वीरगन्ज तर्फ आउँदै गरेको ना ७ ख ४७४७ नम्बरको बस मोटरसाइकल सवारलाई बचाउन खोज्दा अनियन्त्रित भई सिमरामा रहेको राष्ट्रिय वाणिज्य बैँक भएको भवनमा ठोकिन् पुगेको थियो।
बाराका प्रहरी उपरीक्षक सुरेश काफ्लेका अनुसार दुर्घटनामा ज्यान गुमाएका एक जनाको परिचय खुल्न सकेको छैन।
बसमा सवार वीरगन्ज घर भएका यात्रुहरु चितवनबाट पिकनिक मनाएर फर्किँदै गर्दा शनिबार राती सिमरामा बस दुर्घटनामा परेको उपरीक्षक काफ्लेले जानकारी दिए।
बसमा सवार ५१ जना मध्ये छ जना गम्भीर घाइते भएको र घाइतेहरूको विभिन्न अस्पतालहरूमा उपचार भइरहेको उनले जनाए।