थारु समुदायको मेडरी नाच लोप हुने चिन्ता
१० कार्तिक २०८०
•
२ मिनेट पाठ
थारु समुदायको मेडरी नाच लोप हुने चिन्ता
थारु समुदायको पौराणिक महत्वको मेडरी नाचप्रति युवा पुस्ताले चासो नदिँदा लोप हुने अवस्थामा पुगेको छ।




नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा थारु समुदायले आफ्नो कला र संस्कृति जगेर्ना गर्न पहल गर्दै आए पनि पुरानो मेडरी नाच भने लोप हुने अवस्थामा पुगेको मेडरी नाच नचनिया दुलामणि गुरौले बताए।

“मेडरी नाच कृष्ण लीलामा आधारित भवरा, महाभारतमा आधारित र रामलीलामा आधारित सीताहरण गरी तीन प्रकारको हुन्छ, महाभारतको लडाइँमा पाँच पाण्डवले प्रयोग गरेका सामान लिएर समूहमा गोलाकार भएर नाचिन्छ, यस नाचमा कम्तीमा एक सयदेखि बढीमा एक सय ५० सम्म नचनिया गोलाकार रूपमा नाच्ने गरिन्छ”, उनले भने।

थारु समुदायका अन्य नाच भने युवा पुस्ताले जगेर्ना गर्दै आए पनि मेडरी नाचप्रति भने उनीहरूले चासो नदिएको नचनिया गुरौले बताए।

“दैवी शक्तिमा आधारित मेडरी नाच विशेष गरी दसैँ र तिहार लगायत पर्वमा नाच्ने गरिन्छ, अन्य शुभ कार्यमा पनि यो नाच नाच्ने गरिन्छ”, उनले भने, “पितृ औँसीमा पितृ विसर्जन गरेपछि सुरु हुने यो नाच प्रत्येक वर्ष हरिबोधनी एकादशीसम्म नचाइने गरिन्थ्यो।”

महाभारतको लडाइँमा अर्जुनको रथको ध्वजाका रूपमा बीचमा ध्वजापताकासहितको ठूलो बासको लिङ्गो लिएर घुम्ने गरिन्छ भने मेडरी नाच्दा मादल, झ्याली, तरवारको प्रयोग हुन्छ। यस नाचप्रति युवाको चासो भने हराउँदै गएको थारु अगुवा पुष्परत्न महतोले बताए।

“जिल्लामा यो नाचका लागि प्रत्येक घरबाट एकजना सहभागी हुनुपर्ने नियम बनाइएका कारण बाध्यताले पनि युवा जुट्छन्”, उनले भने, “तर आवश्यक सामान बनाउन  समस्या हुँदा यसको संरक्षणमा चुनौती छ। युवा पुस्तामा  हस्तान्तरण गर्न पनि कठिन भइरहेको छ।”

थारु समुदायको लाठी नाच र झाम्टा नाचप्रति युवा पुस्ताको आकर्षण देखिए पनि मेडरी नाचप्रति चासो नदिँदा लोप हुने अवस्थामा पुगेको हो। थारु संस्कृतिको पहिचान स्थापित गर्न यो नाचको निकै महत्व भए पनि  नयाँ पिँढीले भने महत्व बिर्सिंदै गएको अगुवा महतोले बताए।

“विगतमा मेडरी नाच धेरै नचाइने गरिन्थ्यो, गाउँघरमा सबै मिली नाच्ने गरिन्थ्यो, अहिले पुराना पुस्ताले यो नाचलाई निरन्तरता दिन सकेनन् भने नयाँले चासो पनि देखाउन छाडे”, उनले भने, “अहिले नाच हराउँदै जान थालेको छ।”

थारु समुदायमा कृष्णलीला र महाभारतमा आधारित मेडरी नाच मात्रै देखाउने गरिएको छ भने सीताहरण नाच लोप हुने अवस्थामा पुगेको सम्बद्ध बूढापाकाले बताए।
अर्को समाचार
हराउँदैछन् डेंहरी
०६ मंसिर २०८०
•
३ मिनेट पाठ
हराउँदैछन् डेंहरी
फाइल तस्बिर
कृष्णपुर नगरपालिका-१ सुन्दरीफाँटाकी ५५ वर्षीय बुधनीदेवी चौधरी खेतबारीको कामबाट फुर्सदिलो भएपछि माटोका भकारी (डेंहरी)  बनाउँदै आएकी छन्। माटोका भकारी बनाउने कार्य पुस्तौंँदेखि गरिँदै आएको हो। खेतबाट भित्र्याएको अन्नबाली राख्न परम्परागत रुपमा डेंहरी बनाउँदै आएको उनले बताइन्।




“चिम्टाइलो माटो, गहुँ, धानको भुषाको प्रयोग गरी बनाइएका भकारी वषौँंसम्म प्रयोगमा ल्याउन सकिन्छ” उनले भनिन्, “भकारी बनाउने कार्य पछिल्लो पुस्ताले आत्मसात् नगर्दा हराउँदै जान थालेको छ।”

थारु समुदायका माटो र काठले बनेका परम्परागत मौलिक घरका ठाउँमा पक्की घर ठड्याइन थालेपछि माटोका भकारी बनाउने कार्यमा कमी आएको उनले बताइन्।

“घरका बुढापाकाबाट भकारी बनाउन सिकेका हौं” उनले भनिन्, “नयाँ पिँढी भकारी बनाउने सीप सिक्न तयार छैनन्, यस कार्यले थारु समुदायको रहनसहनसँगै संस्कृतिसँग जोडिएको भकारी बनाउने कार्य ओझेलमा पर्न थालेको छ।”

भकारी बनाउन प्रयोग हुने चिम्टाइलो माटो तालतलैया र वन क्षेत्रबाट ल्याउँदै आएकोमा वन संरक्षणका कारण माटो ल्याउन नदिने गरेकाले बनाउने काममा अवरोध हुँदै आएको थारु अगुवा मीनादेवी डगौरा बताउँछिन्।

“परम्परागत घरमा डेंहरीले नै कोठा छुट्ट्याउने गरी राखिने गरेको थियो”, उनले भनिन्, “परम्परागत घरको सट्टा आधुनिक पक्की घर बनाइन थालेपछि राख्ने ठाउँको अभावमा थारु समुदायको रहनसहनको अभिन्न अङ्गका रूपमा रहेका भकारी बनाउन छाड्दै गएका छन्।”

“टिन, बाँस, निगालो र प्लास्टिकका भकारी सहजै बजारमा किन्न पाउन थालेपछि समेत भकारी बनाउने काममा यसको प्रभाव परेको छ”, परदेशी चौधरीले भने, “सहज रूपमा बजारमा भकारी खरिद गर्न पाइन थालेपछि माटोको जोहो किन गर्ने भन्ने भावनाले थारु संस्कृतिसँग जोडिएको भकारीलााई बिर्सदै जान थालेका छन्।”

भकारी थारु समुदायको संस्कृतिसँग मात्रै नभएर धार्मिक भावना समेत जोडिएको उनको भनाइ छ। “यसको आफ्नै धार्मिक महत्व छ यो कुरा नयाँ पिँढीलाई बुझाउन आवश्यक छ”, उनले भने।

भकारी खासगरी महिलाले बनाउने गर्दछन्। परम्परागत यस्ता भकारीमा गहुँ, धान, मकै, तोरी, केराउ लगायतका अन्न राख्ने गरिन्छ।

“यसमा राखिने अन्न वर्षौसम्म राख्दासमेत रोग कीरा लाग्ने र बिग्रने डर हुँदैन”, धनबहादुर कुश्मिले भने, “ढिकीमा कुटेको चामल धेरै वर्षसम्म यसमा राख्दासमेत बिग्रदैन।”

उनका अनुसार  हाल ग्रामीण क्षेत्रका अधिकांश घरमा बुढापाका महिलाले बनाएर राखेका माटाका भकारी केही घरमा लस्करै राखेको अझै पनि हेर्न सकिन्छ। धेरै थारु समुदायका घरमा त्यस्ता भकारी राख्ने क्रम हराउँदैसमेत गएको छ। भकारी(डेंहरी) धेरै प्रकारको हुने गरेको छ।

जसमा डेंहरी, पटाहा डेंहरी, जवरा, चारकुने, गोल र कुठली रहेका छन्। पटाहा डेंहरी देवता रहने कोठाको पश्चिममा राखिने गरिएको छ। यसले भान्छा र डिहुरार (देउथान) छुट्ट्याउने गर्दछ। अन्य डेंहरीको तुलनामा यो ठूलो हुने गर्दछ। यस डेंहरीलाई कहिल्यै पनि खाली राख्नु नपर्ने र राखेमा अशुभ हुने विश्वास थारु समुदायमा रहेको छ।

पटाहा डेंहरी फुटेमा, भत्किएमा यसमा राखिएको अन्न चेलीबेटीलाई दिने चलन रहेको थारु अगुवा हबल्दार चौधरीले बताए। उनका अनुसार पटाहा डेंहरीमा पाँच वटा हातको छाप र एउटा फलामको किला गाडेको हुन्छ।

त्यो किलामा झोरर्या (झोलि) राखी त्यसमा गुरुवाले मन्त्रसहित दिएको अक्षता र धूप राखिएको हुन्छ। डेंहरी विशेष गरी लाम्चो चार कुने विभिन्न आकार र उचाइको बनाइने गरिन्छ। कुठली अरू डेंहरीको तुलनामा सानो हुन्छ। यसलाई  पटाहा डेंहरीकै नजिक राखिन्छ। अन्यलाई आवश्यकताअनुसार घरका विभिन्न ठाउँमा राख्ने गरिन्छ। यसमा विशेष गरी दैनिक आवश्यक पर्ने नून, दाल, चामलसँगै अन्नको बीउलगायत राख्ने गरिन्छ।
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock ४३ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock ४८ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस