भारतबाट तस्करी गरी ल्याइएको ७० बोरा धान तस्कर र स्थानीयले लुटेर लगेको घटना सार्वजनिक भएको छ। धान नियन्त्रण गर्न जिल्लाबाट खटेको प्रहरी टोली माथि प्रहरी चौकी छतवामा तस्कर तथा स्थानीयले सोमबार आक्रमण गरेका थिए।
प्रहरी टोली माथि आक्रमण गराउने कार्यमा संलग्न रहेको भन्दै जिल्ला प्रहरी कार्यालय बाराले छानबिन गरिरहेको बाराका प्रहरी उपरीक्षक सुरेशप्रसाद काफ्लेले बताएका छन्।
छानबिनका लागि प्रहरी चौकी छतवाका इन्चार्ज वरिष्ठ सई श्यामबाबु यादव लगायत तीन जनालाई जिल्लामा तानिएको उपरीक्षक काफ्लेले जानकारी दिए।
तस्करीको धान नियन्त्रणमा लिन गएको इलाका प्रहरी कार्यालय प्रसौनीका इन्चार्ज बिनोद बोहराको नेतृत्वमा खटिएको टोली माथि वरिष्ठ सई यादवले तस्कर समूहलाई उचालेर आक्रमण गराएको आरोप आक्रमणमा परेका प्रहरीहरुले लगाएका छन्।
जिल्लाको प्रहरी टोली माथि आक्रमण गरेर तस्कर समूह तथा स्थानीयले धान लुटेर लगेका हुन्। स्थानीय प्रहरीको असहयोगको कारणले सोमबार तस्कर समूह र गाउँलेहरू मिलेर प्रहरी माथि नै आक्रमण भएको तथा तस्करीको धान समेत लिएर गएको इलाका प्रहरी कार्यालय प्रसौनीका प्रमुख प्रहरी निरीक्षक बिनोद बोहोराले जानकारी दिए।
आइतबार राति छतवामा पुगेको जिल्लाको टोलीले भारतबाट तस्करीको धान नेपालतर्फ ल्याइरहेको अवस्थामा भारतीय नम्बरको ४ वटा मोटरसाइकल र ५५ बोरा धान बरामद गरेको थियो।
बरामद गरिएको धान बाहेक पनि ठुलो मात्रामा दशगजा क्षेत्रमा बेवारिसे अवस्थामा धानको बोरा छोडिएको सूचनाका आधारमा त्यसलाई नियन्त्रणमा लिन जिल्लाबाट प्रहरी टोली खटिएको थियो।
दशगजा क्षेत्रमा रहेको धानको बोरालाई नियन्त्रण लिन पुगेको प्रहरीलाई सुरुमा स्थानीयहरुले धानको बोरा लैजान सहमति दिए पनि पछि घटनास्थलमा प्रहरी चौकी छतवाका इन्चार्ज वरिष्ठ सई श्याम यादव पुगेर तस्कर र केही स्थानीयलाई उचाले पछि एक्कासि प्रहरी माथि आक्रमण सुरु भएको थियो।
प्रहरी माथि गरिएको आक्रमणले स्थिति तनावग्रस्त बने पछि जिल्लाबाट गएका प्रहरी टोलीले दशगजा क्षेत्रबाट पछि हटेर प्रहरी चौकी भित्र पसेका थिए।
प्रहरी चौकी भित्र पनि तस्कर र स्थानीयहरु पसेर प्रहरीको भ्यान तोडफोड गर्न खोज्दा चौकी इन्चार्ज यादव भित्रै बसेर जिल्लाको प्रहरी टोलीलाई असहयोग गरेका थिए।
प्रहरी टोलीमाथि आक्रमण गरिदा जिल्लाको टोलीलाई असहयोग गरेको थियो। जिल्ला प्रहरी कार्यालय बाराले प्रहरी चौकी छतवाका एक जना प्रहरी हवल्दार र अर्का प्रहरी सहायक हवाल्दार गरी दुई जना प्रहरीलाई जिल्लामा ल्याएर क्वाटर गार्डमा राखी छानबिन गरिरहेको छ। पछि वरिष्ठ सई यादवलाई भने अहिलेसम्म कुनै कारबाही नभएको आक्रमणमा परेका प्रहरीले बताएका छन्।
जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक दधीराम न्यौपानेले तस्करीको धान नियन्त्रण गर्न जिल्लाबाट खटेको प्रहरी टोली माथि आक्रमण गरिएको घटनाको छानबिनको लागि प्रहरी चौकी छतवाबाट सई यादव, हवलदार र सहायक हवल्दारलाई ल्याइएको जानकारी दिएका छन्।
घटनामा प्रहरी चौकी इन्चार्ज वरिष्ठ सई यादवलाई के कारबाही गरियो ? भन्ने प्रश्नमा प्रवक्ता न्यौपानेले घटनाको छानबिन भइरहेको जानकारी मात्र दिए।
घटनामा दोषी देखिने चौकी इन्चार्ज श्याम यादवलाई समेत कारबाही गरिने उपरीक्षक काफ्लेले जानकारी दिए।
जुम्ला। बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
गुठीचौर गाउँपालिका-१,मणिसाँघुका ४६ वर्षीय कालीबहादुर रोकायालाई प्रहरीले शनिबार पक्राउ गरेको हो। गत मंसिर ८ गते बालिकालाई उपचार गर्ने बहानामा यातना दिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान थालेको थियो।
जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरी टोलीले रोकायालाई मणिसाँघुबाट नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पुर्याएको हो। उनीमाथि अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक तथा प्रवक्ता शालिकराम खनालले जानकारी दिए।
उनका अनुसार अन्धविश्वास तथा रूढिवादी अभ्यासका नाममा हुने यस्ता गतिविधिप्रति प्रहरी संवेदनशील छ। यस्ता कार्यमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याइने उनले बताए। साथै, यस्ता गतिविधिबारे जानकारी भए नजिकको प्रहरी कार्यालय वा १०० नम्बरमा खबर गर्न प्रहरीले आग्रह गरेको छ।
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...