कर्णालीकै पर्यटकीय गन्तव्यको रूपमा विकसित गर्ने लक्ष्यका साथ सुरु गरिएको कालिकोटको मान्म–कोडवाडा केबुलकार सम्भाव्यता अध्ययनमै सीमित रहेको छ।
जिल्ला सदरमुकाम मान्मको कोटदरवार देखी कोडवाडा जोड्ने २ हजार १ सय ५७ मिटरको दुरीमा रहने केबलकारको अधुरो डिपीआर सार्वजनिक भएपनि अहिलेसम्म यसको निर्माणबारे अन्यौलता रहेको छ।
कर्णाली प्रदेशलाई पर्यटकीय गन्तव्य बनाउन, विमानमा कोटवाडा आएका यात्रुहरूलाई सदरमुकाम मान्मसम्म ल्याउन र सुनथराली विमानस्थलबाट बडीमालिका जान केबलकारको माध्यमबाट यात्रा सहज हुने अपेक्षाका साथ यसको सम्भाव्यता अध्ययन सुरु गरिएको थियो।
केबलकार निर्माणमा १ अर्ब १४ करोड ८४ लाख ६५ हजार ८ सय ९० रुपैयाँ ६८ पैसा लागत अनुमान गरिएको पूर्वाधार विकास कार्यालय कालिकोटका प्रमुख रामचन्द्र बिसीले बताए। प्रमुख बिसीका अनुसार यस वर्षका लागि प्रदेश सरकारले ५ करोड बजेट विनियोजन गरिसकेको छ। केबलकार निर्माण नयाँ काम भएकाले के र कसरी सुरु गर्न भन्नेबारे अन्योल हुँदा काम सुरु हुन नसकेको उनले जनाए।
प्रमुख बिसीले कर्णाली प्रदेशका लागि नयाँ काम भएकाले काम गर्न ढिलाइ हुने र बजेट पनि ठुलो लाग्ने भएकाले निरन्तर बजेटको अभाव हुनसक्ने औँल्याए।
स्थानीयका अनुसार केबुलकार बनाउने कुरा २०६४ सालदेखि उठेको थियो तर सम्भाव्यता अध्ययन गर्न मात्र १५ वर्षको समय लागिसकेको छ।
मान्म–कोडवाडा केबुलकार निर्माणपछि पर्यटन प्रवर्द्धनका साथै आवतजावत गर्न पनि सहज हुने आम अपेक्षा छ। अहिले मान्मदेखि कोडवाडा जान गाडीमा ३ घण्टा र पैदल यात्रामा ६ घण्टा लाग्ने गरेको छ।
नरहरिनाथको कोडवाडामा सुनथराली विमानस्थल निर्माण गरिएको छ। केबुलकार तयार भए मात्र आवतजावतमा सहजता हुने स्थानीयले बताएका छन्। मान्म–कोडवाडा केबुलकार निर्माणको लागि प्रतिनिधिसभाका सांसद महेन्द्रबहादुर शाहीले आफ्नो तर्फबाट पहल गरिरहेको बताए।
यस्तै कर्णाली प्रदेशका सांसद हिक्मत विष्टले निरन्तर पहल गरिरहेको बताएका छन्। उनले आफू निर्वाचित भएदेखि केबलकार निर्माण गर्न सबैतिर पहल गरिरहेको सुनाए। कालिकोटवासीले मान्म–कोडवाडा केबुलकार निर्माण छिटो गर्न सांसद र मन्त्रीहरूलाई अनुरोध गर्दै आइरहेको छन्।

‘एक किसिमले यहाँको लागी नयाँ काम हो। सीमित बजेट र यसको लागी सम्पूर्ण अध्ययन गर्न समय लाग्ने देखिन्छ। यस वर्षको ५ करोड बजेटले के काम गर्ने, कसरी गर्ने भन्नेमा अल्मलिएका छौँ।’ उनले भने।डिपीआर रिपोट पनि अधुरै रहेकाले बजेट आएको भएता पनि काम भने सुरु हुन सकेको छैन। निर्माण कम्पनीले १७ लाख ३० हजारमा डिपीआर सम्झौता गरे पनि अहिले ७ लाख पेष्की लगिसकेको छ।