‘धाम’ को जग्गा व्यक्तिको नाममा
२३ असोज २०८०
•
६ मिनेट पाठ
‘धाम’ को जग्गा व्यक्तिको नाममा
पुजारीको नाममा जग्गा राख्ने पुरानो परम्परा कायम राख्दा दाङको एक धार्मिक स्थल (धाम) को १५ बिघा जग्गा बिक्री भएको छ। केही वर्षदेखि बिक्री हुन सुरु भएको दाङ गढवा गाउँपालिका वडा नम्बर ४ मा रहेको जंगलकुटि बाबा धामको जग्गा अहिले जग्गा ‘कारोबारी’ देखि व्यक्तिको हातमा पुगेको छ। यसको खरिद बिक्री जग्गा कारोबारीहरु मार्फत सुरुवात भएको थियो। जंगलकुटि धाम थारु समुदायको पवित्र धार्मिक स्थल हो। अहिले यो देउखुरीकै पर्यटकीय क्षेत्रका रुपमा समेत चिनिँदै आएको छ।




यो जग्गा धाममा रहेका पुजारीकै नाममा पास हुँदै आएको थियो। बर्सौँ अघि यो धाममा बाघनाथ बाबा भन्ने पुजारी चयन भएका थिए। यी पुजारीकै पहलमा यो धामका लागि भन्दै ७५ बिघा जग्गा जोरजाम भएको थियो। स्थानीय एक महिलाले मात्रै पवित्र धार्मिक स्थललाई भन्दै २५ बिघा जग्गा दान गरेकी थिइन्। ‘मेरो हजुर आमाले उक्त मन्दिरका नाममा २५ बिघा जग्गा दान गर्नु भएको थियो,’ एक जानकार भन्छन्, ‘यो सहित मन्दिरका महन्थले मन्दिरको थैलीबाट खरिद गरेको गरी करिब ७५ बिघा जमिन जंगलकुटीका लागि जोडिएको थियो।’ 

त्यो बेला यो धाम दर्ता थिएन। फलतः धामका नाममा दर्ता भएको उक्त जग्गा धामको नाममा दर्ता गर्ने कानुनी बाटो थिएन। अनि उनै पुजारीकै नाममा पास गर्ने स्थानीयहरूका बिच सहमति भयो।  ‘त्यो बेला मन्दिर दर्ता थिएन, अनि मन्दिरको नाममा जग्गा दर्ता हुन सकेन,’ ती जानकार भन्छन्, ‘मन्दिरको नाममा पछि दर्ता गर्ने सहमति बमोजिम मन्दिरको पुजारी जो छ उसैको नाममा पास गर्ने सहमति भएको थियो।’ बाघ नाथ बाबाको नाममा पास हुन सुरु भएको यो जग्गा जो नयाँ पुजारी आउँछ उसकै नाममा पास हुने संस्कार बन्यो।

बाघनाध बाबाको निधन भएपछि त्यहाँ एक महिला पुजारी आइन्। अनि ती महिला पुजारीकै नाममा जग्गा नामसारी भयो। आफ्नो नाममा पास भएको जग्गामाथि ती महिला पुजारीको खराब नजर पर्न थाल्यो। उनले धामका लागि भन्दै जोरजाम भएको जग्गा आफ्ना ज्वाइँको नाममा पास गरिदिइन्। तर गाउँलेहरूले यसको विरोध गरे। पछि अर्का पुजारी मोहनदाश धाम प्रवेश गरे। यी पुजारीको नाममा जग्गा फर्कियो।

ती महिला पुजारीको पनि निधन भएपछि भित्रिएका मोहनदाश नामका अर्का पुजारीको नाममा जग्गा पास भएपछि भने यो जग्गा व्यक्ति विशेषको किनबेचमा पर्‍यो। मोहन दाशले जंगलकुटिका लागि भन्दै जोडिएको जग्गा आफ्ना छोरा देविसिङका नाममा पास गरिदिए। अहिलेका यी नै पुजारी देविसिङले आफ्ना चार छोराहरूको नाममा जग्गा भागबन्डा गरिदिएर पास गरिदिए। अनि उनका छोराहरूले धामका लागि जोरजाम भएको जग्गा बिक्री गर्न सुरु गरे। पुजारीले छोराहरूको नाममा जग्गा पास गरिदिँदा स्थानीय अगुवाहरू कसैले पनि यसको विरोध गरेनन्। फलतः जग्गा बिक्रीको अवस्थामा पुग्यो। ‘पुजारीले आफ्ना छोराहरूका नाममा जग्गा पास गरिइदिँदासम्म पनि कोही अगुवाले पनि यो कार्यको विरोध गरेनन्,’ एक स्थानीयले भने ‘विरोध त्यही बेला गरेको भए जग्गा जोगिन्थ्यो नि।’

यो जग्गा व्यक्तिको नाममा रहेको थाहा पाएपछि सुरुमा यो जग्गा माथि कारोबारीहरूले गिद्धे नजर लगाए। ‘यो जग्गा व्यक्तिको हो,यो जग्गा बिक्री गर्न पाइन्छ भनेर केही कारोबारीहरू खरिदका लागि निकै दौड थाले,’ यो वडाका पूर्व वडा अध्यक्ष गुलाम मोहम्मद जागा मुसलमानले भने ‘मैले यसको बिक्री रोक्नका लागि धेरै पहल गरेको थिएँ।’ तत्कालीन वडा अध्यक्ष गुलामलाई जग्गा बिक्रीका लागि वडाको सिफारिस दिन पटक पटक दबाब आयो। ‘तर मैले मानेको थिइन,’ उनले भने ‘अन्ततः व्यक्तिको नाममा रहेको जग्गा संविधान र कानुनी रुपमा रोक्न मिल्ने अवस्था रहेन।’ यो जग्गा धामको नाममा नभई पुजारी (व्यक्ति)को नाममा पास थियो।

व्यक्तिको नाममा भएको जग्गा बिक्री रोक्नका लागि कुनै प्रयासले सार्थकता पाउने सम्भावनै थिएन। ‘तैपनि मैले प्रमुख जिल्ला अधिकारी ज्यूलाई पनि यो जग्गाको बिक्री रोक्नका लागि भनसुन गरेको थिएँ,’ तत्कालीन वडा अध्यक्ष गुलामले भने ‘तर व्यक्तिको नाममा देखिएको उक्त जग्गा बिक्रीका लागि रोक्ने कानुनी अधिकार हुँदैन भनेर त्यो बेलाका प्रमुख जिल्ला अधिकारी ज्यूले भन्नु भएको थियो।’ वडा अध्यक्ष गुलाम मालपोत कार्यालयमा पुगेर उक्त जग्गाको प्रकृतिका बारेमा समेत बुझेका थिए।

तर कागजी प्रमाणमा स्पष्ट थियो कि ‘उक्त जग्गा तिन पुस्ता देखि व्यक्तिको नाममा नामसारी हुँदै आएको छ।’ वडा अध्यक्षले जग्गा बिक्रीको पास रोकेको भन्दै गुलाम विरुद्ध मुद्दा दर्ताको तयारी समेत थालियो। अनि बिक्री रोक्ने कानुनी आधार पनि नरहेको र मुद्दा मामिलाको झन्झटमा नपर्ने निर्णय लिएर गुलामले जग्गा बिक्रीका लागि पास दिन विवश भएको बताए। ‘जग्गा बिक्री रोक्ने कानुनी आधार पनि रहेन,’ उनले भने ‘अनि म माथि नै मुद्दा हाल्ने तयारी भयो, अनि मैले जग्गा विक्रीका लागि पास दिनै कर लाग्यो।’

उनले त्यो बेला १५ कट्टा जग्गा बिक्रीका लागि वडाबाट सिफारिस दिएको पनि बताए। ‘तर मैले किसानले भोगचलन गर्दै आएको, मस्जिदले उपभोग गर्दै आएको र विद्यालयले भोगचलन गर्दै आएको जग्गा भने उनीहरूले नै भोगचलन गर्न पाउने गरी सिफारिस दिने सर्त राखेको थिएँ,’ गुलाम भन्छन् ‘यो बाहेकको झण्डै १५ बिघा जग्गा बिक्रीका लागि मैले सिफारिस दिएको हुँ।’ यो जग्गा सुरुमा जग्गा कारोवारीहरुको हातमा परेको थियो।

जग्गा कारोवारीहरुको नाममा पास भएको यो जग्गा बिस्तारै अन्यले समेत खरिद गरेका छन्। ‘सुरुमा यो जग्गा जग्गा खरिदका लागि सुरुमा आँखा लगाएका जग्गा व्यवसायिहरुको नाममा पास भयो,’ गुलाम भन्छन्, ‘पछि उनीहरूबाट बिस्तारै अरु व्यक्तिले पनि यो जग्गा खरिद गर्न सुरु गरे।’

त्यसोत, माओवादी द्धन्दका क्रममा माओवादीलेको जग्गा किसानहरुहरु ‘गरी–खाऊ’ भन्दै बाँडिदिएका थिए। माओवादीको आडमा जग्गा कब्जा गरेका किसानहरूले जग्गाको उब्जनी एकलौटी खाए। तर जग्गाको तिरो भने धामका तर्फबाट पुजारीले तिर्दै आए। ‘माओवादीले किसानलाई जग्गा बाँडिदिए र गरिखाऊ भनिदिए,’ एक स्थानीयले भने ‘त्यो जग्गाको आम्दानी किसानहरूले एकलौटी खाए तर झण्डै १५ वर्ष सम्म उक्त जग्गाको तिरो भने धामका पुजारीले जेनतेन व्यवस्था गरेर तिर्दै आए।’ जानकारहरूले सुरुमा यो धामका लागि जोरजाम भएको जग्गा झण्डै ७५ बिघाको हाराहारीमा रहे पनि पछि कब्जामा पर्दै गएको थियो। यो कब्जा हुँदै गएको धामको जग्गा पछि झण्डै २५ बिघामा झरेको थियो। यो मध्ये १५ बिघा जग्गा बिक्री भैसकेको छ भने बाँकी जग्गा पनि धामका पुजारीकै छोराको नाममा छ।  

संरक्षण समिति मौन ! 

जंगलकुट्टि धामका लागि भन्दै जोरजाम भएको १५ बिघा जग्गा बिक्री हुँदा यसै धामको संरक्षणका लागि बनेको समिति भने मौन बस्यो। मानौँ की उसले जग्गा बिक्री हुन थालेको पत्तो समेत पाएन। यो धामको संरक्षण तथा प्रवर्धनका लागि भन्दै २०६७ देखि संरक्षण समिति बनेको छ। तर धामकै संरक्षणको उद्देश्य बोकेको यो समिति भने धामकै लागि जोरजाम भएको जग्गा बिक्री हुँदा कुनै ‘एक्सन’ नउत्रिनु समिति माथि नै आशंका गर्ने ठाउँ प्रशस्तै देखिएका छन्। ‘यो धामको संरक्षण गर्ने भनेर समिति बनेको छ, तर संरक्षणका लागि बनेको यो समितिले जग्गा बिक्री हुँदा सम्म के हेरेर बस्यो?’ एक स्थानीयले भने ‘समितिको यो निरीहता वा मौनताले उसकै भूमिका मागी प्रश्न उठ्ने ठुलो ठाउँ खडा गरिदिएको छ।’  

जंगलकुटिको जग्गा खरिद बिक्री भइ ब्यक्तिका नाममा पास भएको लालपुर्जा।
अर्को समाचार
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
५३ मिनेट अघि
•
१ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
जुम्ला। बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।




गुठीचौर गाउँपालिका-१, मणिसाँघुका ४६ वर्षीय कालीबहादुर रोकायालाई प्रहरीले शनिबार पक्राउ गरेको हो। गत मंसिर ८ गते बालिकालाई उपचार गर्ने बहानामा यातना दिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान थालेको थियो।

जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरी टोलीले रोकायालाई मणिसाँघुबाट नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पुर्‍याएको हो। उनीमाथि अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक तथा प्रवक्ता शालिकराम खनालले जानकारी दिए।

उनका अनुसार अन्धविश्वास तथा रूढिवादी अभ्यासका नाममा हुने यस्ता गतिविधिप्रति प्रहरी संवेदनशील छ। यस्ता कार्यमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याइने उनले बताए। साथै, यस्ता गतिविधिबारे जानकारी भए नजिकको प्रहरी कार्यालय वा १०० नम्बरमा खबर गर्न प्रहरीले आग्रह गरेको छ।
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
यो पनि पढौँ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस