चाडपर्वलाई ‘सुरक्षित’ बनाउन सहकार्य
२३ असोज २०८०
•
३ मिनेट पाठ
चाडपर्वलाई ‘सुरक्षित’ बनाउन सहकार्य
नजिकिँदा ठूला चाडपर्व दसैँ र तिहारमा हुनसक्ने सुरक्षा जोखिमका विषयमा काभ्रेपलाञ्चोकमा सर्वपक्षीय छलफल गरी पूर्वतयारी योजना बनाइएको छ। स्थानीय जनप्रतिनिधि, जिल्लास्थित प्रशासन, सुरक्षा निकाय, यातायात व्यवसायी तथा सरोकारवालासँगको छलफलले चाडपर्वलाई ‘सुरक्षित’ बनाउन तदारुकता देखाएका हुन्।




चाडपर्वलक्षित सुरक्षा योजना तथा ट्राफिक व्यवस्थापन लगायतका विषयमा सर्वपक्षीय छलफल गरी शान्ति–सुरक्षा, आवश्यक उपभोग्य वस्तुको आपूर्ति र बिक्री–वितरण सहज बनाउने, कृत्रिम अभाव, कालोबजारी, अस्वभाविक मूल्यवृद्धि नियन्त्रण गर्न र सवारी आवागमन सुरक्षित बनाउन स्थानीय तह, जनप्रतिनिधि र सुरक्षा समितिसँग सहकार्य, समन्वय र सूचना आदान–प्रदान गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताइन।

बैठकमा स्थानीय जनप्रतिनिधिले नागरिकलाई सुरक्षित राख्ने प्रतिबद्धतासमेत जनाएका छन्। साथै उनीहरूले अन्य समयमा ज्येष्ठ नागरिक, विद्यार्थीका लागि सार्वजनिक यातायातमा हुँदै आएको सहुलियत चाडपर्वको बेलामा पनि हुनुपर्ने बताएका छन्।

प्रजिअ शर्माका अनुसार बैठकले एकीकृतरूपमा बजार अनुगमन गर्ने, विद्युत्, टेलिफोन, इन्टरनेट, स्वास्थ्य सेवा, एम्बुलेन्सजस्ता अत्यावश्यक सेवा नियमित राख्ने, तीनै तहका सरकारको समन्वयमा सडक सहज बनाउन अवरोध हटाउने, खाल्डाखुल्डी पुर्ने, सडक सुरक्षाबारे अभिमुखीकरणका साथै ट्राफिक सप्ताह सञ्चालन गर्ने, चाडपर्वको मौका छोपेर बढी भाडा असुल्ने सवारीसाधनलाई कारबाही गर्ने र प्रचलित भाडादर टाँस्नेलगायत निर्णय भएको छ।

जिल्ला समन्वय समितिका प्रमुख दीपककुमार गौतमले चाडपर्वको समयमा बजार अनुगमनलाई विशेष बनाइनुपर्ने बताए। पनौती नगरप्रमुख रामशरण भण्डारीले टिपरले निर्माण सामग्री ढुवानीका क्रममा पानी चुहाएर सडकमा जोखिम बढेको बताए। जिल्ला समन्वय समिति काभ्रेका उपप्रमुख रिमबहादुर तामाङले विपी तथा अरनिको राजमार्गमा सवारीको चाप हुने भएकाले सडक स्तरोन्नति गरी प्रयोगमा ल्याइनुपर्ने बताए।

यस्तै नमोबुद्ध नगरप्रमुख कुनसाङ लामाले चाडपर्वको बेलामा नागरिकले दुःख खेप्न नपरोस् भन्ने उद्देश्यले विपी राजमार्गअन्तर्गत नमोबुद्धतर्फको सडकमा खाल्डाखुल्डी छ÷छैन, अनुगमन गर्ने तथा ग्रामीण सडक सुधार गर्न सुरु गरिसकेको बताए। रोशी गाउँपालिका अध्यक्ष दिनेश लामा, बेथानचोक गाउँपालिका अध्यक्ष भगवान् अधिकारी र भुम्लु गाउँपालिका अध्यक्ष प्रेमबहादुर भुजेलले सामान्य विषय व्यवस्थापन गर्न नसक्दा मानिसले ज्यान गुमाइरहेको जनाउँदै सडकमा विशेष ध्यान दिनुपर्ने तर्क राखेका थिए।

यसैगरी नेकपा (माओवादी केन्द्र)का जिल्ला संयोजक भोला अर्यालले हरेक विषयका अनुगमनलाई नियमित गरी सेवा चुस्तदुरुस्त बनाउन सुझाए। नेपाली कांग्रेस काभ्रेका उपसभापति रमेश हुमागाईँले चाडपर्वमा चोरी, डकैती, दुव्र्यवहार, आत्महत्या नियन्त्रण हुने गरी सम्बन्धित नियकायले आ–आफ्नो कर्तव्य पूरा गर्नुपर्ने बताए। नेकपा ९एमाले०का जिल्ला सचिवालय सदस्य प्रकाश रोक्का र राप्रपाका जिल्ला नेता पूर्णबहादुर विश्वकर्माले चाडपर्वमा सवारीले यात्रु बढी बोक्ने र बढी भाडा असुल्ने समस्या हरेक वर्ष हुँदै आएकाले नियन्त्रण गर्न आग्रह गरेका थिए।

यस्तै जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक भाग्येन्द्र पुरुष ढकालले चाडपर्व लक्षित सुरक्षा योजना बनिसकेकाले सुरक्षित महसुस गरेर चाडपर्व मनाउन अनुरोध गर्दै आत्महत्या, यौन दुव्र्यवहार र साइबर अपराध बढेको उल्लेख गर्दै काभ्रेपलाञ्चोकको स्थानीय तहसम्मै पुगेर अनुशिक्षण गरिने बताउनुभयो। काभ्रेपलाञ्चोक उद्योग वाणिज्य सङ्घका महासचिव रवीन्द्र बैदार र गणेश हिमाल तराई यातायात प्रालिका अध्यक्ष आत्माराम थापाले ग्रामीण सडकको अवस्था दयनीय भएकाले स्तरोन्नति गर्न स्थानीय तहसँग अनुरोध गरे।
अर्को समाचार
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
१ घण्टा अघि
•
१ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
जुम्ला। डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।




नागरिकता प्रमाणपत्रलगायत जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने सेवा उपलब्ध गराउने उद्देश्यले धोमा इलाका प्रशासन कार्यालय स्थापना गरिएको छ।यसअघि शे–फोक्सुण्डो, छार्काताङसोङ र डोल्पोबुद्ध गाउँपालिकाका नागरिक प्रशासनिक कामका लागि दुनै पुग्न बाध्य थिए।

भौगोलिक विकटताका कारण सेवा लिनै २५ देखि ३० हजार रुपैयाँसम्म खर्च गर्नुपर्ने अवस्था थियो। अब धोमा कार्यालय स्थापना भएपछि तीनवटै स्थानीय तहका नागरिकलाई प्रशासनिक सेवा लिन सहज हुने भएको छ।

इलाका प्रशासन कार्यालयका प्रमुख पदमबहादुर शाहीको अध्यक्षता तथा डोल्पोबुद्ध गाउँपालिकाका अध्यक्ष कार्मा छोइवेल गुरुङले कार्यालय उद्घाटन गरेका हुन्।

जिल्ला प्रशासन कार्यालय डोल्पाले २०८० असोज २५ गते गृह मन्त्रालयलाई पत्राचार गर्दै माथिल्लो डोल्पामा इलाका प्रशासन कार्यालय स्थापना गर्न प्रस्ताव गरेको थियो। २०८० चैत ५ गते मन्त्रालयलाई पठाइएको अर्को पत्रमा तीनवटै स्थानीय तहका नागरिकको प्रशासनिक पहुँच सहज बनाउन धोमा कार्यालय स्थापना गर्नुपर्ने आवश्यकता औंल्याइएको थियो।

जिल्ला प्रशासन कार्यालयका अनुसार शे–फोक्सुण्डोमा एक हजार ९४२, छार्काताङसोङमा आठ हजार ७४२ र डोल्पोबुद्धमा एक हजार २५६ जनसंख्या छ। भौगोलिक विकटताका कारण लामो समयदेखि प्रशासनिक सेवाबाट कठिनाइ भोगिरहेका यी क्षेत्रका नागरिकका लागि कार्यालय स्थापना राज्यको सेवा गाउँसम्म पुर्‍याउने महत्वपूर्ण कदम बनेको छ।
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ५६ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस