सरकारी कार्यालयमा चरालाई पानी !
२२ असोज २०८०
•
२ मिनेट पाठ
सरकारी कार्यालयमा चरालाई पानी !
इलामको सन्दकपुर गाउँपालिकास्थित चोयाटार वनमा देखिएको चरा। तस्बिर सौजन्य: देवेन खरेल
सहर र गाउँमा खानेपानी हाहाकार भएपछि साना–ठूला लगानीका आयोजनालाई बजेट विनियोजन गरेको त हामीले देखे–सुनेका छौं। इलाममा पन्छी बचाएर प्रकृति संरक्षण गर्न सरकारले चरालाई पानी खुवाउने कार्यक्रम ल्याएको छ।




कोसी प्रदेश सरकारको लगानीमा डिभिजन वन कार्यालय मार्फत् सञ्चालन हुने गरी चराका लागि छतमा पानी व्यवस्थापन कार्यक्रम ल्याइएको हो। यो कार्यक्रम सहरी क्षेत्रलाई लक्षित गरी ल्याइएको डिभिजनले जनाएको छ।

पाइलट प्रोजेक्टका रूपमा सञ्चालन गर्न चालु वर्ष यो कार्यक्रमका लागि पाँच लाख रुपैयाँ बजेट विनियोजित रहेको डिभिजनका सूचना अधिकारी गजेन्द्रकुमार श्रेष्ठले बताए।

‘सहरी क्षेत्रमा प्रतिकूल (गर्मी) मौसममा चराचुरुङ्गी पिउने पानी अभावमा लोप भएको देखिन्छ,’ उनले भने, ‘चरालाई स्वच्छ पिउने पानी व्यवस्था गर्न यो कार्यक्रम डिभिजनकै अवधारणा र प्रस्तावमा ल्याइएको हो।’
जिल्ला सदरमुकाम रहेको इलाम बजार, फिक्कलगायत मुख्य सहरी क्षेत्रका सरकारी कार्यालयबाट यो कार्यक्रम सुरुआत गरिँदैछ। बजेटले पुगे अनुसार धेरैजसो सरकारी कार्यालय भवनको छतमा चराका लागि पानी पिउने विशेष खालको भाँडो राखिने छ। भाँडामा प्रत्येक दिन कर्मचारीले चराका लागि स्वच्छ पानी व्यवस्था गर्नुपर्नेछ। डिभिजनले चराका लागि भाँडो खरिदमा करिब साढे तीन लाख रुपैयाँ खर्चिने छ।

त्यसबाहेक डिभिजनले बर्ड कन्जर्भेसन नेपाल (बिसिएन) सँगको समन्वयमा चरा संरक्षणमा अध्ययनरत इलामे विद्यार्थीमा समेत यो कार्यक्रम विस्तार गर्नेछ। विद्यार्थी र अन्य सरोकारवालासँग चेतनामूलक कार्यक्रम सञ्चालन गर्ने पनि उनले जनाए।

‘इलाम बजारलगायत सहरी क्षेत्रमा चराका लागि स्वच्छ पानी पिउने ठाउँ हुँदैन,’ उनले भने, ‘कम्तीमा एउटा घरमा दिनमा एउटा मात्रै चराले पानी पियो भने पनि बिस्तारै यो संख्या बढ्छ, चरालाई पनि स्वच्छ पानीको पहुँच पुग्छ।’
उनले चरा संरक्षणबारेको चेतना सर्वसाधारणसम्म पुर्‍याउन पनि यो कार्यक्रमले सघाउने बताए।

बिसिएनका आजीवन सदस्य तथा चरा संरक्षणकर्मी देवेन खरेलले कुनै पनि हिसाबले चरा संरक्षणमा लाग्नु नै महत्त्वपूर्ण प्रयास भएको बताए।

‘इलाम जिल्ला नै चराका लागि अत्यन्त सम्भावनायुक्त छ, यसलाई पर्यटनसँग जोड्न सके अझ ठूलो उपलब्धि हासिल गर्न सकिन्छ,’ उनले भने, ‘चरालाई पानी खुवाउने कार्यक्रम ल्याउँदा मात्रै पनि नयाँ पुस्तामा कम्तीमा चरा संरक्षणको चेतना अभिवृद्धि हुन्छ।’
गर्मी मौसममा सहरी क्षेत्रमा चरालाई पिउने पानी अभाव हुने गरेको र चराले स्वच्छ पानी पिउन नपाएको बताए।

खरेलले डिभिजनले ल्याएको चरा संरक्षणको अवधारणामा आफू पनि व्यक्तिगत र संस्थागत हिसाबले सहभागी भई आवश्यक सहकार्य, सहयोग गर्न इच्छुक रहेको सुनाए।

‘चरा संरक्षणको महत्त्व बुझ्न सामान्यतया मानिसलाई समय लाग्छ,’ उनले भने, ‘तर, जसले महत्त्व बुझेर संरक्षणको प्रयास गरेको छ, त्यसको उपलब्धि दीर्घकालीन हुन्छ।’
अर्को समाचार
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
४४ मिनेट अघि
•
१ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
जुम्ला। बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।




गुठीचौर गाउँपालिका-१, मणिसाँघुका ४६ वर्षीय कालीबहादुर रोकायालाई प्रहरीले शनिबार पक्राउ गरेको हो। गत मंसिर ८ गते बालिकालाई उपचार गर्ने बहानामा यातना दिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान थालेको थियो।

जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरी टोलीले रोकायालाई मणिसाँघुबाट नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पुर्‍याएको हो। उनीमाथि अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक तथा प्रवक्ता शालिकराम खनालले जानकारी दिए।

उनका अनुसार अन्धविश्वास तथा रूढिवादी अभ्यासका नाममा हुने यस्ता गतिविधिप्रति प्रहरी संवेदनशील छ। यस्ता कार्यमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याइने उनले बताए। साथै, यस्ता गतिविधिबारे जानकारी भए नजिकको प्रहरी कार्यालय वा १०० नम्बरमा खबर गर्न प्रहरीले आग्रह गरेको छ।
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
यो पनि पढौँ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस