इजरायल हमलामा परी धनुषाको लक्ष्मीनियाँ गाउँपालिका–४ सपहीका २२ वर्षीय आनन्द साहको मृत्यु भएको खबरले यतीखेर गाउँ नै शोकमा डुबेको छ।
आइतबार इजरायलमा आनन्दको मृत्यु भएको खबरसँगै घरका सदस्यहरू मुर्छित छन्। आनन्दका बुवा सोमन साह घर बाहिर मूल ढोकामा, आमा शुभकली र जेठी बाहिनी सुनिता घरभित्र आँगनमा ढलिएकी छिन्।
अर्की माहिली सरस्वती र कान्छी बाहिनी आरती अचेत भएपछि उनीहरुलाई आफन्तले अस्पताल पुर्याएका छन्। आइतबार राती देखिनै घरमा आफन्त र छर-छिमेकीको भिड छ। सबैले उनीहरुलाई सम्झाउने प्रयास गरिरहेकां छन्। जेठी बहिनी सुनिता दाइ आनन्दसँग शुक्रबार भएको कुराकानी अलापविलाप शैलीमा सुनाउँदै छिन्।
तीन छोरी र एक छोरामध्ये सोमनका जेठो छोरा थिए आनन्द। छोराछोरी पढाउन सोमन करिब ८/९ वर्ष विदेशमा पसिना बगाए। तर बुवाले भोगेको दुख सुखमा बदल्न उभिएका आनन्द आइतबार प्यालेस्टायनी कट्टरपन्थी समूहको हमलामा परी आमाबुवालाई सुनाएका सपना पूरा गर्न नपाउँर्दै सादाका अस्ताए।
आनन्द कक्षा पाँचसम्म गाउँकै बोर्डिङ स्कुलमा पढे। छोराछोरीलाई पढाउनुपर्नेमा सचेत रहेका बुवा सोमनले छोरा आनन्दलाई गाउँको स्कुलबाट निकालेर कक्षा छ मा जनकपुरको एन्जल्स बोर्डिङ स्कुलमा भर्ना गराए। एन्जल्सबाट एसइई पास गरेका आनन्द जनकपुरकै मिट कलेजमा विज्ञान विषय लिएर कक्षा १२ पास गरेका थिए।
कक्षा १२ पास गरेपछि स्कोलोरशिपमा नाम निकाल्नका तयारी गर्न काठमाडौं पुगे। एक वर्षमा नाम निकाल्न सफल भएनन् तर अर्को वर्ष नाम निकाल्न सफल भए। आनन्दका बुवा सोमनले भने ‘पछि काठमाण्डौंबाट सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गत टीकापुर मल्टिफ क्याम्पस, कैलालीमा एग्रिकल्चर बीएससीएजी पढे, अन्तिम वर्षको पढाइ सकिएपछि क्याम्पसले नै अभ्यासका इजरायल पठायो। आनन्द भदै २४ मा मात्रै इजराइल पुगेका थिए।’
आनन्द इजराइल पुगेको अन्तिम पटक शुक्रबार फोन गरेका थिए। उनको जेठी बहिनी सुनिताले भनिन् ‘दाइसँग शुक्रवार भिडियो कलमा कुरा भएको थियो दाइले बुवासँग कुरा गर्न खोजे तर बुवा बाहिर हुँदा कुरा हुन सकेन, शनिबार कुरा गर्न फोन गर्दा रिङ गइरहेको थियो रिसिभ भएनन्, दिनभरि प्रयास गरे पनि दाईसँग कुरा भएनन्। आइतबार इजरायलमा १० नेपाली विद्यार्थाीको मृत्यु भएको समाचार आउन थाल्यो। मेरो परिवारको बेचैनी बढ्दै गयो, चार/पाँच बजेतिर दाईको पनि मृत्यु भएको खबर पाए।’
‘मेरो छोराले छोराछोरीमा विभेद गर्नु हुँदैन भनिरहन्थ्यो त्यसैले मैले छोराछोरीमा कहिले विभेद गरिन। छोरीहरुलाई पनि बोर्डिङ स्कुलमै पढाए।’ बुवा सोमनले भने। जेठी छोरीकी बिहे भइसकेको छ। माहिली सरस्वती भेटनरी र कान्छी छोरी आरती जनकपुरमै स्नातक गरिरहेकी छिन्।
उदयपुर । नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ। शनिबार सदरमुकाम गाईघाटमा सम्पन्न अधिवेशनले खत्रीको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।
पदाधिकारीमा सर्वसम्मत नेतृत्व चयनको प्रयास असफल भएपछि चुनावी प्रक्रियामार्फत समिति गठन भएको हो। अध्यक्ष, प्रथम उपाध्यक्ष र सचिवमा ३३ जना तथा कोषाध्यक्षमा २ जना आकांक्षी भएपछि चुनाव गराउनुपरेको निर्वाचन समिति संयोजक तथा पूर्व अध्यक्ष प्रकाशकुमार बस्नेतले बताए।
चुनावमार्फत पवित्र निर्माण सेवाका प्रबन्ध निर्देशक रहेका खत्री १ सय ९ मतका साथ अध्यक्ष विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी सुनिल कार्की (गोविन्द)ले ७२ मत पाउँदा अर्का प्रतिस्पर्धी प्रेमप्रसाद तिम्सिनालाई २१ मत प्राप्त भएको संयोजक बस्नेतले बताए।
त्यसैगरी १ सय २ मत प्राप्त गर्दै प्रथम उपाध्यक्षमा राकेश खत्री विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी वीरेन्द्रकुमार खड्काले ७९ मत पाए। अर्का प्रतिस्पर्धी सुभाष भट्टराईलाई २१ मत प्राप्त भयो। कोषाध्यक्षमा विजयी अनिल खड्कालाई १ सय १० मत पर्दा उनका प्रतिस्पर्धी प्रमोद पोखरेल (सानु)ले ९२ मतमा चित्त बुझाउनुपर्यो।
सचिवका प्रतिस्पर्धी ३ मध्ये डिसी कन्स्ट्रक्सनका सञ्चालक हेमराज दाहाल ७७ मतका साथ बाजी मार्न सफल भए। उनका निकटतम प्रतिस्पर्धी दोधकुमार राई (दोर्जे)लाई ६९ मत पर्यो भने भुवन खड्का ५५ मतमा सीमित भए।
अधिवेशनले द्वितीय र तृतीय उपाध्यक्ष, महासचिव तथा सहकोषाध्यक्ष र सदस्यहरू भने निर्विरोध निर्वाचित गरेको छ। निर्विरोध निर्वाचित हुने पदाधिकारीमा द्वितीय उपाध्यक्ष कुलबहादुर राउत, तृतीय उपाध्यक्ष अनिल आचार्य, महासचिव अश्विन खड्का र सहकोषाध्यक्ष चुलबहादुर आलेमगर रहेका छन्।
त्यसैगरी निर्विरोध निर्वाचित कार्यसमितिका १२ सदस्यहरू क्रमशः अभिशेष गौतम, एकबहादुर कार्की, कुमार क्षेत्री (डिल्ली), खेमराज राउत, दीपक तामाङ, निरज घिसिङ र प्रकाश कार्की रहेका छन्। अधिवेशनले विकासकुमार राई, विनोद बस्नेत (हिमाल), लक्ष्मणप्रसाद देव, सन्तोषीकला तामाङ र हरिबहादुर हमाललाई पनि निर्विरोध सदस्य चयन गरेको छ।
नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष धीरेन्द्र दाहाल र प्रदेश अध्यक्ष केशर बुढाथोकीको उपस्थितिमा ३ दिनअघि सुरु भएको अधिवेशनमा सर्वसम्मत नेतृत्व चयनका लागि लामो छलफल भए पनि पार नलागेको पूर्व अध्यक्ष तथा निर्वाचन समिति सदस्य भीम राई भुस्नाम्छाले बताए।
पदाधिकारीका आकांक्षी बढी भएपछि लोकतान्त्रिक प्रक्रिया अपनाउँदै अध्यक्ष, प्रथम उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा चुनाव गराउन पूर्व अध्यक्ष बस्नेतको संयोजकत्वमा पूर्व अध्यक्ष भुस्नाम्छा, अधिवक्ता प्रमेश्वर घिमिरे र हेम खड्का सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो।
समितिले शनिबार बिहानदेखि गराएको मतदानको परिणाम साँझ घोषणा गरेको हो। निर्वाचन समिति सदस्य हेम खड्काका अनुसार नवनिर्वाचित कार्यसमितिलाई शनिबार साँझै केन्द्रीय उपाध्यक्ष दाहाल र प्रदेश अध्यक्ष बुढाथोकीले शपथ ग्रहण गराएका छन्।
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
गत मङ्सिर ५ गतेदेखि आजसम्म दिउँसो सवारी आवागमन रोकेर पहिरो व्यवस्थापन तथा सडक सुरक्षित बनाउने काम गरिएको थियो। पहरो काट्ने, जोखिमयुक्त भाग हटाउने तथा...
नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोलीले ती पवित्र उद्यान, शान्ति दीप तथा अन्तर्राष्ट्रिय विहार क्षेत्रलगायत निषेधित स्थानबाट पसलहरू खाली गराएको हो...