चाडपर्वमा यस वर्ष पनि हवाई टिकट पाउन सकस
१९ असोज २०८०
•
६ मिनेट पाठ
चाडपर्वमा यस वर्ष पनि हवाई टिकट पाउन सकस
बझाङका वसन्तराज जोशी दसैँको टिकटका लागि चिन्तित छन्। अनलाइन र प्रत्यक्ष रुपमा सम्पर्क गर्दा टिकट बुकिङ सकिएको जवाफले उनी निराश छन्। नजिकिएको दसैँमा गाउँघर पुगेर आफन्त र साथीभाइसँग रमाइलो गर्ने चाहना कस्लाई पो नहोला र! तर, दसैँको मुखमा एयरलाइन्सको टिकट पाउन मुस्किल छ।




केही गन्तव्यको टिकट त महिनादिनअघि नै बुकिङ सकिएको छ। अहिले कतिपय सुगम गन्तव्यको हवाई टिकट पाउन पनि ग्राहकलाई मुस्किल छ। चाडपर्वमा यात्रुले महङ्गो भाडा तिरेर पनि हवाई टिकट पाउन सास्ती छ।

गत वर्षको दसैँमा १७ हजार छ सय रुपैयाँ हवाई भाडा तिरेर काठमाडौँदेखि धनगढी हुँदै बझाङ पुगेका जोशीलाई यो वर्ष महङ्गोमै भए पनि टिकट लिएर घर पुग्ने सकस छ।  

“अघिल्लो वर्ष महङ्गो टिकट खरिद गरेर दसैँमा घर गइएको थियो, यो पटक त टिकट नै पाउन मुस्किल भइरहेको छ, दसैँको सङ्घारमा अब झन् टिकट पाउन सास्ती हुन्छ”, जोशीले भने।

महङ्गो टिकट भए पनि जहाज पाउनै कठिनाइ हुन्छ। दुर्गम रुटमा चल्ने थोरै सङ्ख्याका जहाजको कम उडान हुने हुनाले ‘हब’ विमानस्थलबाट दुर्गम भेगमा जानेलाई थप सास्ती बेहोर्नुपर्ने हुन्छ।

धनगढीकी निशा पाण्डे यतिखेर दसैँको टिकट जोहोका लागि एयरलाइन्स धाउँदै छिन्। अनलाइन बुकिङ सकिएको र सम्बन्धित एयरलाइन्सको टिकट काउन्टरमा पनि सिट नपाएर हैरानी खेप्नुपरेको पाण्डेले सुनाइन्।

खोटाङकी दीपा राई दसैँमा घर जान हवाई टिकटको खोजीमा छिन्। “जहाजको टिकट खोजिरहेको छु, अहिलेसम्म पाएको छैन, दसैँमा कसरी घर पुग्ने हो चिन्तित छु”, उनले भनिन्।

दसैमा आवतजावत गर्ने महत्वपूर्ण माध्यम भनेको सडक तथा हवाई यातायात नै हो। अझ प्रभावकारी यातायातका रुपमा हवाईसेवालाई लिइन्छ। दसैँ आउन दुई साता बाँकी रहँदा अहिले अधिकांश गन्तव्यको टिकट बुकिङ भइसकेको छ। वायु सेवा सञ्चालक सङ्घका प्रवक्ता योगराज कँडेल शर्माले दसैँका लागि धमाधम बुकिङ भइरहेको जानकारी दिए। अहिले धेरैजसो गन्तव्यको अनलाइन बुकिङ सकिएको उनले बताए।

सामान्यतया दसैँ आउन एक महिनाअघिदेखि नै हवाई टिकट खुलाइन्छ। अहिले अनलाइनबाट सहज रूपमा टिकट पाइने भएकाले अधिकांश हवाई गन्तव्यको टिकट बुकिङ भइसकेको एयरलाइन्सले जनाएका छन्। उनीहरूका अनुसार दसैलाई लक्षित गरेर अहिले ८० प्रतिशत हाराहारी टिकट बुकिङ भइसकेको छ।

बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णले दसैँका लागि अहिले ८० प्रतिशतसम्म बुकिङ भइसकेको बताए। “दसैँलाई लक्षित गरेर केही ‘सेक्टर’ मा ८० प्रतिशत र कतिपय सेक्टरमा ७० प्रतिशत बुकिङ भइसकेको छ”, उनले भने, “अब सहुलियत भाडा दरको टिकट पाउन मुस्किल छ, त्यसैले यात्रुले भटाभट टिकट लिनुपर्ने हुन्छ।”

तुम्लिङटारको महिनादिनअघि नै बुकिङ पूरा

सङ्खुवासभाका सविन कार्कीले तुम्लिङटारको टिकट पाउन सकेको छैन। उनी दसैँ नजिकिएकाले अब वैकल्पिक साधनको प्रयोगबाट गन्तव्यमा जाने निष्कर्षमा पुगेका छन्।

आन्तरिक उडानको महत्वपूर्ण ‘स्टल रुट’ मानिने तुम्लिङटार र सुर्खेत गन्तव्यको अग्रिम बुकिङ सकिएको एयरलाइन्सले जनाएका छन्। बुद्ध एयरका सूचना अधिकारी कर्णका अनुसार बुद्ध एयरको तुम्लिङटार गन्तव्यको टिकट सबै बुकिङ भइसकेको छ। सुर्खेतका लागि पनि अब टिकट पाउन मुस्किल छ।

बुद्ध एयरले अहिले १६ थान एटिआर जहाजमार्फत दैनिक दुईतर्फी एक सय ५० हाराहारी उडान गरिरहेको छ। “तुम्लिङटार ‘प्याक’ भइसक्यो, अब कसैले ‘सिट क्यान्सिल’ गरेमा मात्रै पाइएला, सहुलियत भाडाको दर पनि बढ्नेछ, यात्रुले तत्कालै टिकट काटे सहुलियत भाडादरमा पाउनसक्ने ढिला गरेमा त्यो पाउने सम्भावना कम हुन्छ”, सूचना अधिकारी कर्णले भने।

धनगढीका लागि १७ रूपैयाँ हजार बढी भाडा

बुद्ध एयरका अनुसार दसैँको घटस्थापनासम्मका लागि काठमाडौँदेखि धनगढीसम्म दसैँका लागि अधिकतम भाडादर १७ हजार एक सय ८६  रूपैयाँ रहेको छ। उक्त गन्तव्यमा अहिले सहुलियत भाडादर ११ हजार एक रूपैयाँ छ।

त्यस्तै सुर्खेतको महङ्गो १४ हजार एक सय ६८, नेपालगञ्जको महङ्गो भाडादर १३ हजार तीन सय ९४ रूपैयाँ रहेको छ। काठमाडौँदेखि भ्रद्रपुरको भाडादर अधिकतम १२ हजार तीन सय ८३ रूपैयाँ तोकिएको छ। उक्त गन्तव्यको सहुलियत भाडादर आठ हजार एक रूपैयाँ छ।

दसैँ, तिहार, छठ लगायत चाडपर्व नेपालीको महत्वपूर्ण उत्सव हुन्। दसैँमा गाउँघर जाने, आफन्तसँग भेटघाट गर्ने र नयाँ लुगा लगाउने परम्परा छ। वर्ष दिनको महत्वपूर्ण चाड भएकाले देश तथा विदेशबाट सहर, सदरमुकामदेखि गाउँबेसी पुग्नेको लर्को लाग्छ। उनीहररू आफन्त र मान्यजनबाट टीका तथा आशीर्वाद थाप्न लामो यात्रा तय गरेर गन्तव्यमा पुग्छन्।

“दसैँका लागि अधिकांश बुकिङ भइसकेको छ, यात्रुको मागका आधारमा उडान सङ्ख्या थप्ने योजनामा छौँ, ‘ट्रङ्क रुट’ मा त्यति समस्या छैन ‘स्टल रुट’ मा जहाज सीमित भएकाले अत्यधिक चाप हुन्छ”, उनले भने।

वायु सेवा सञ्चालक सङ्घका प्रवक्ता शर्माले दसैँ लक्षित अनलाइन बुकिङ सकिए पनि जहाज पर्याप्त रहेकाले थप उडान सञ्चालन गरिने बताए।

आन्तरिक उडानका बुद्ध एयर, यती एयरलाइन्स, श्री एयरलाइन्स, सौर्य, सिम्रिक, सीता र समिट एयरको अग्रिम बुकिङ धमाधम भइरहेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार अहिले आन्तरिकतर्फ ११ हेलिकप्टर कम्पनीसहित २० र अन्तर्राष्ट्रियमा तीन नेपालीसहित ३० वायुसेवा प्रदायकले उडान भर्दै आएका छन्।

विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार आन्तरिक उडानतर्फ अहिले दैनिक तीन सय हाराहारी दुईतर्फी उडानमार्फत झन्डै १५ हजार यात्रु आवतजावत गरिरहेका छन्। महाप्रबन्धक तिवारीले दसैँमा यो सङ्ख्या थप बढ्नसक्ने भएकाले उडान सङ्ख्या पनि बढ्ने बताए।

यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले अहिलेसम्म ५० प्रतिशतभन्दा माथि बढी टिकट बिक्री भइसकेको बताए। उनले भने, “पहिला जस्तो दसैँलाई मात्र भनेर बुकिङ खुलाउने गरिएको छैन, टिकट अनलाइनमा सहजै पाइने भएकाले बुकिङ धमाधम भइरहेको छ, घटस्थापनापछि बढी चाप हुन्छ।”

प्रवक्ता बर्ताैलाका अनुसार अहिले अनलाइन बुकिङ हुने र एयरलाइन्सले ठूला जहाज सञ्चालन गरेकाले विगतमा जस्तो टिकट अभाव नहुने विश्वास व्यक्त गरे। यती एयरलाइन्सले पाँच थान एटिआर जहाजमार्फत सेवा दिइरहेको छ।

तुलनात्मक रूपमा हवाई यात्रा महङ्गो भए पनि सहज, सुलभ र छिटोछरितो यातायात भएकाले हवाई यात्राप्रति यात्रुको आकर्षण बढ्दो छ। कमाइका हिसाबले पनि यो मौसम उपयुक्त मानिन्छ। त्यसैले केही महँगो भए पनि हवाई यात्राका लागि अधिकांश यात्रु लालायित हुन्छन्।

दसैँमा राजधानी काठमाडौँ छाडेर गाउँघर पुग्ने यात्रुको चहलपहल बढी हुन्छ। टीकाको भोलिपल्टदेखि राजधानी फर्किने यात्रुको चाप बढ्छ। वायुसेवा कम्पनीका अनुसार अहिले दसैँको अन्तिम दिनलाई लक्षित गरी उच्च दरमा टिकट लिने क्रम बढेको छ।

विशेष गरी फूलपातीदेखि विजयादशमी टीकासम्म चाप बढी हुन्छ। अग्रिम बुकिङ सोहीअनुरूप हुने गरेको एयरलाइन्स कम्पनीले जनाएका छन्। नेपाली पात्रोअनुसार यस वर्ष यही असोज २८ गते घटस्थापना र आगामी कात्तिक ७ गते  विजयादशमी टीका रहेको छ।

असी प्रतिशत बुकिङ

बुद्ध एयरको विभिन्न गन्तव्यमा ८० प्रतिशत हाराहारी बुकिङ भएको छ। यती एयरलाइन्सले आफ्नो करिब ६० प्रतिशत अनलाइन बुकिङ भइसकेको जनाएको छ। श्री एयरलाइन्सको पनि सोही हाराहारीमा बुकिङ भइसकेको छ। श्री एयरलाइन्सका व्यवस्थापक अनिल मानन्धरले दसैँका लागि कम्पनीको विभिन्न गन्तव्यमा बुकिङ भइरहेको बताए।

विगतमा जस्तो यस पटकको दसैँमा यात्रुले टिकट पाउन समस्या नहुने उनको भनाइ छ। श्री एयरलाइन्सले ‘ड्यास एट’ चार थान जहाजले आन्तरिक उडान गर्दै आएको छ। आन्तरिक उडानका सौर्य एयरलाइन्स र समिट एयरले पनि दसैँ र तिहारलाई केन्द्रित गरी अग्रिम बुकिङ खुला गरेको जनाएका छन्।
अर्को समाचार
चाडपर्वप्रतिका चिन्तन
१४ चैत्र २०८०
•
३ मिनेट पाठ
चाडपर्वप्रतिका चिन्तन
चाडपर्वले कामकाजबाट थाकेका मानिसलाई केही समय भए पनि आराम दिलाउँछन्। मीठोमसिनो खाने रहर पाल्नेलाई केही छाक भए पनि तिर्सना मेटाउँछन्। एकसरो गतिलो कपडाको चाहना चाडपर्वमा पूरा हुन्छ। एकोहोरो कामले थाकेकाहरूका निम्ति मनोरञ्जन मिल्छ। यस अर्थमा नेपालका प्रत्येक चाडपर्व महोत्सव हुन्। जसले सबैलाई पुनर्ताजगी गराउँछन्। अझ सबैभन्दा मुख्य कुरा यिनले संस्कृतिको जगेर्ना गर्छन् र सनातनी गतिविधिलाई निरन्तरता दिन्छन्। त्यसैले हाम्रा पर्व महान् छन्। अनुशरणीय छन्।  




तर पछिल्लो समय यस्ता पर्वका नाममा भइरहेका विकृति टाउको दुखाइ बन्न पुगेका छन्। भर्खरै सकिएको फागु पर्वका क्रममा भएको झडपमा ललितपुरको ढोलाहिटीमा दुई जनाको ज्यानै गएको छ। अर्कोतर्फ कैलालीको चिसापानीस्थित कर्णाली पुलबाट नदीमा हाम फालेका १७ जनामध्ये एकजना बेपत्ता छन्। अन्यत्र पनि झडपका दर्जनौँ घटना भएका छन्। जसले फागु पर्वलाई विकृत तुल्याउँदै लगेको प्रष्ट हुन्छ।

फागु आपसमा रङ दलेर रमाइलो गर्ने पर्वका रूपमा बुझिन्छ। तर आफू–आफूबाहेक अपरिचितलाई पनि इच्छाविपरित रङ दल्ने, उसका कपडा र शरीर बिटुल्याइदिने, पानी खन्याइदिने, रङ हालिएका बेलुन, प्लास्टिक आदि पोका प्रहारबाट कतिपय अवस्थामा घाउचोट लगाइदिने जस्ता कामसमेत यतिबेला हुँदै आएका छन्। त्यति मात्र हैन, मादक पदार्थ सेवन गर्ने, ठूलो ठूलो स्वरमा संगीत बजाएर अरूलाई अवरोध पुर्‍याउने जस्ता काम हुने गरेको छ। हेलमेट नलगाइ मोटरसाइकल चलाउने, चार–पाँच जना चढ्ने, तीव्र गतिमा कुदाउने गतिविधिसमेत फागु पर्वका बेला हुने गरेका छन्। यस्तै कार्य गरेको अभियोगमा दुई सय ७७ जना पक्राउ पर्नुले पनि विकृतिको आकार कति ठूलो छ भन्ने थाहा पाउन सघाउँछ।

पर्व मनाउन पाइन्छ। यो अधिकारकै कुरा हो। तर आफूले कुनै पनि अधिकार प्रयोग गर्दा अरूलाई अवरोध पुर्‍याउन पाइन्न भन्नेचाहिँ थाहा नहुनु विडम्बनाकै कुरा हो। पर्वमा सामेल नभएकालाई जबर्जस्ती गर्नु, होहल्ला मच्चाउनु, रिसइवी फेर्ने मौकाका रूपमा दुरूपयोग गर्नु, मौलिकता रक्षा गर्नुको बदला हिंसात्मक र भयमय बनाउनु दुःखद पक्ष हुन्। जसले हाम्रो चेतनाको स्तर झन् झन् खस्केको प्रमाणित गर्छ भने पर्वहरूप्रति पनि सतर्क हुनुपर्ने अवस्था सिर्जना गराउँछ।

मौलिकता हाम्रो सम्पदा हो। संस्कृति हाम्रो पहिचान हो। जात्रा, पर्व र मेला÷भेला हाम्रा संस्कार हुन्। यस्ता सम्पदा र संस्कार सबै शिक्षाप्रद् छन् जसबाट केही न केही शिक्षा अनुशरण गर्न सकिन्छ। हाम्रा पुर्खाले सुरु गरेका कुनै पर्व यस्ता छैनन् जसमा सिक्नलायक कुरा नहुन्। ती स्वास्थ्य, सफासुग्घर, अनुशासन, ममता र सम्मानसँग कुनै न कुनै रूपमा जोडिएकै छन्। मात्र यिनलाई अनुशरण कसरी गर्ने भन्ने विषय फरक हो। तर हामीले यी पक्षमा भन्दा पर्वलाई तडकभडक बनाउन बढी ध्यान दियौँ जसका कारण माथि उल्लिखित दुर्घटना हुन पुगे। यसले पक्कै पनि समाजमा राम्रो सन्देश गएको छैन।  

पर्वहरूलाई निरन्तरता दिनुको मतलब यी कालजयी रहून् भन्ने पनि हो। प्रत्येक नयाँ पुस्ताले यसलाई आत्मसात गरुन् भन्ने पनि हो। अनि यसका राम्रा पक्षबाट भरपुर फाइदा लिन सकून् भन्ने पनि हो। यस्तो कार्यले नेपालीपनलाई युगौँसम्म जीवित राख्न सक्छ। तर पछिल्लो समय पर्व मनाउने नाममा जे÷जस्ता हर्कत भइरहेका छन्, ती भत्र्सनायोग्य छन्। यस्ता घटनामा संलग्नले आफूलाई त डुबाए डुबाए, अन्यलाई पनि पीडा दिएका छन्। र, समग्रमा पर्वप्रति नै वितृष्ण फैलाउन मद्दत गरेका छन्। यो कार्य कुनै पनि दृष्टिकोणबाट सही मान्न सकिन्न।

नेपाल यस्तो मुलुक हो जहाँ वर्षको तीन सय ६५ दिन नै कुनै न कुनै पर्व परिरहेका हुन्छन्। कुनै दिन यस्तो हुन्न जुन दिन कुनै न कुनै जातको, कुनै न कुनै धर्मावलम्बीको, कुनै न कुनै भूगोलमा जात्रा÷पर्व परेको नहोस्। त्यसैले विशेषगरी यस्ता पर्वका नाममा हुन सक्ने विकृति तथा दुर्घटनाबाट सबैलाई सुरक्षित तुल्याउन र स्थिति भड्किन नदिन सुरक्षा निकायबाट यस्ता पर्वको तिथिमितिअघि नै आवश्यक तयारी गर्नु आवश्यक छ। घटना सुरक्षा निकायसँग मात्र सम्बन्धित छैन। पर्व मनाउनेहरूले पनि आफ्नो अधिकार प्रयोग गर्दा संयम अपनाउनु उत्तिकै आवश्यक छ। त्यसबाहेक पर्व मनाउने तरिका, यस क्रममा हुन सक्ने घटना र त्यसमा संलग्न भएमा हुने कारबाहीबारे अग्रिम जानकारी गराउन पनि उत्तिकै आवश्यक छ। खासमा यो राज्यको दायित्व पनि हो। 
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ९ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस