भूकम्पको त्रासले आकाशमुनी बास
१७ असोज २०८०
•
४ मिनेट पाठ
भूकम्पको त्रासले आकाशमुनी बास
भूकम्पको धक्काले घर भत्किनुका साथै चर्किएपछि बझाङ सदरमुकाम चैनपुरका स्थानीय खुला आकाशमुनि रात काट्दै। तस्बिर सौजन्य: ललित सिंह/बझाङ
मंगलबार दिउँसो २ बजेर ४ मिनेट र ३ बजेर ६ मिनेटमा बझाङ केन्द्रबिन्दु बनाएर गएको भूकम्पले ६४ घरमा पूर्णरुपमा क्षति पुगेको छ।




भूकम्पकै कारण २७७ घरमा आंशिक क्षति पुगेको छ। आंशिक क्षति पुगेका घर पनि बस्न नमिल्ने भएको छन्। घर चर्कनुका साथै सामान्य भूकम्पको पराकम्पनले पनि घर ढल्न सक्ने खतरा बढेको छ। भूकम्पकै कारण ९ वटा सरकारी कार्यालयमा क्षति पुगेको प्रारम्भिक विवरण आएको छ।

भूकम्पले गर्दा सबैभन्दा बढी थलारा गाउँपालिकामा क्षति पुगेको छ। थलारा गाउँपालिकामा १ सय २९ घरमा क्षति पुगेको छ। जिल्ला सदरमुकाम रहेको जयपृथ्वी नगरपालिकामा २ वटा सरकारी कार्यालयसहित ८१ घरमा क्षति पुगेको छ। छविसपाथिभेरा गाउँपालिकामा ४७ घरमा क्षति पुगेको तथ्याङ्क रहेको छ।

यस्तै खप्तडछान्ना गाउँपालिकामा ४१, दुर्गाथली गाउँपालिकामा २०, सुर्मा गाउँपालिकामा १०, मष्टा गाउँपालिकामा ९, बुंगल नगरपालिकामा ४, केदारस्यु गाउँपालिकामा १ र बित्थड गाउँपालिकामा १ घरमा क्षति पुगेको छ। भूकम्पकै कारण बझाङमा १ जनाको मृत्यु भएको छ भने २० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

भूकम्पका कारण मंगलबार रातभर स्थानीय खेत तथा खुल्ला ठाउँमा सुतेका थिए। ‘भूकम्पको घरीघरी पराकम्पन आउन थालेपछि गाउँभरिका सबै खेत तथा खुल्ला ठाउँमा रात काट्यौँ,’ स्थानीय शिक्षक नरेन्द्र उपाध्यायले भने, ‘मंगलबार रातभर र बुधबार पनि दिनभर जसो पराकम्पन आइरहेको छ। अझै मनमा डरै छ।’ पुराना सिलेटले छाएका घरहरु भत्किएको र चर्किएको बताउँदै उनले भने, ‘सदरमुकाम चैनपुरमा रहेका अधिकांश पुराना घर चर्किएको र भत्किएका छन्।’

भूकम्पले गर्दा स्थानीयमा त्रासदी कायमै रहेकाले यहाँका अधिकांश विद्यालय पनि तीन दिनका लागि बन्द गरिएका छन्। सदरमुकाम चैनपुरस्थित जयपृथ्वी नगरपालिका, मष्टा गाउँपालिका र थलारा गाउँपालिकाले सूचना नै जारी गरी तीन दिनका लागि विद्यालय बन्द गरेको छ। यस्तै भूकम्पकै कारण अवरुद्ध सडक सुचारु भए पनि सडकमा चिरा परेका छन्। सडकमा चिरा परेकाले जोखिमपूर्ण यात्रा गर्न यात्रु बाध्य छन्।

जोखिममै छ सुदूर

पछिल्लो समयमा पश्चिम नेपाल त्यसमा पनि सुदूरपश्चिम प्रदेश उच्च भूकम्पीय जोखिमको खतरामा छ। भूकम्प मापन तथा अनुसन्धान केन्द्रका भूकम्पविद् भरतप्रसाद कोइरालाका अनुसार पछिल्लो ५ सय १८ वर्षदेखि नेपालको पश्चिम क्षेत्रमा ठूलो भूकम्प गएको छैन। यति लामो समयदेखि पश्चिम नेपालको जमिनमुनि भूकम्प गराउने शक्ति सञ्चित भएर बसेको बताउँदै उनले भने, ‘सन् १५०५ देखि नेपालको गोरखादेखि पश्चिम भारतको देहरादूनसम्मको पहाडी क्षेत्रमा ठूलो भूकम्प गएको छैन, जसले गर्दा यहाँ ठूलो मात्रामा भूकम्प गर्ने शक्ति सञ्चित भएर बसेको छ।’

मंगलबार बझाङ केन्द्रबिन्दु बनाएर गएको भूकम्प मझौला किसिमको भएको बताउँदै उनले भने, ‘सुदूरपश्चिममा ठुलै भूकम्प जान सक्ने अध्ययनले देखाएको छ। जुन साना साना भूकम्प जाँदा त्यसको भार कम पनि पर्न सक्छ।’

गोरखामा २०७२ सालमा ७ दशमलव ६ म्याग्निच्युटको भूकम्प गएको थियो। त्यसअघि र पछि भने (५ सय १८ वर्ष यता) यति ठूलो मात्रामा पश्चिम क्षेत्रमा भूकम्प नगएको भूकम्पविद् बताउँछन्। गोरखादेखि भारतको देहरादूनसम्मको पहाडी क्षेत्रमा भूकम्प निम्त्याउने ठूलो शक्ति सञ्चित भएको र त्यो शक्ति भनेकै भूकम्पबाट मात्रै निस्कन सक्ने उनले बताए।

त्यस्तो ठूलो तथा महाभूकम्प आजभोलि जान वा वर्षौसम्म नजान पनि सक्ने बताउँदै उनले भने, ‘शक्ति सञ्चित रहेको कुरा साँचो हो। तर, भूकम्प कहिले र कति रेक्टर स्केलको जान्छ भन्ने भने यकिन भन्न सकिँदैन। यो आजभोलि पनि जान सक्छ, या वर्षौपछि पनि जान सक्छ। तर, जाने भने निश्चित नै हो।’ 

ठूलो मात्रामा भूकम्प जाने सञ्चित भएको शक्ति निस्काषित हुने भनेकै भूकम्पको माध्यम रहेको बताउँदै उनले भने, ‘साना ठूला भूकम्प गएरै त्यो शक्ति बिस्तारै निस्कने हो। त्यसैले पश्चिम नेपालमा भूकम्पबाट ठूलो धनजनको क्षति नहोस् भनेरै जनचेतनामूलक कार्यक्रम स्थानीय सरकार, प्रदेश सरकार तथा संघीय सरकारले गर्नु जरुरी छ।’

नेपालको जमिनमुनि भारतीय प्लेट र युरेसियन प्लेट एक आपसमा ठक्कर खाइरहेको बताउँदै उनले भने, ‘त्यही प्लेटको ठक्करले उत्पन्न शक्ति सञ्चित भइरहेको छ।’ त्यही शक्ति गोरखाको पश्चिमदेखि भारतको देहरादूनसम्ममा प्रभावित पार्न सक्ने आँकलन भूकम्पविद्हरू गर्छन्।

नेपालले करिब २५०० किलोमिटर लामो सक्रिय हिमश्रृङ्खलाको (पश्चिममा अफगानिस्तानदेखि पूर्वमा म्यानमार (बर्मा) सम्म) मध्य भागको एक तिहाई (पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मको ८ सय किलोमिटर) भू–भाग लम्बाई ओगटेलकाले पनि सक्रिय हिमश्रृङ्खलाको एक तिहाई भार ओगट्ने कुराले नेपाल भूकम्पीय जोखिममा रहेको उनले पुष्टि गरे।
अर्को समाचार
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
२८ मिनेट अघि
•
१ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
जुम्ला। बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।




गुठीचौर गाउँपालिका-१, मणिसाँघुका ४६ वर्षीय कालीबहादुर रोकायालाई प्रहरीले शनिबार पक्राउ गरेको हो। गत मंसिर ८ गते बालिकालाई उपचार गर्ने बहानामा यातना दिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान थालेको थियो।

जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरी टोलीले रोकायालाई मणिसाँघुबाट नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पुर्‍याएको हो। उनीमाथि अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक तथा प्रवक्ता शालिकराम खनालले जानकारी दिए।

उनका अनुसार अन्धविश्वास तथा रूढिवादी अभ्यासका नाममा हुने यस्ता गतिविधिप्रति प्रहरी संवेदनशील छ। यस्ता कार्यमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याइने उनले बताए। साथै, यस्ता गतिविधिबारे जानकारी भए नजिकको प्रहरी कार्यालय वा १०० नम्बरमा खबर गर्न प्रहरीले आग्रह गरेको छ।
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
यो पनि पढौँ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock २ घण्टा अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस