बझाङको तलकोट केन्द्रबिन्दु बनाएर आएको भूकम्पले गर्दा घर भत्किनुका साथै जयपृथ्वी राजमार्ग उध्रिएर आवागमन अवरुद्ध भएको छ।
मंगलबार दिउँसो दुई पटक आएको भूकम्पको झट्काले तलकोट गाउँपालिका र चैनपुर क्षेत्रका स्थानीयका घर भत्किएका छन् भने जयपृथ्वी राजमार्ग उध्रिएर आवागमन अवरुद्ध भएको छ।
स्थानीयका अनुसार यहाँका गाउँ बस्तीमा केही घर भत्किनुका साथै अधिकांश घरहरु चिरा परेका छन् भने जयपृथ्वी राजमार्गको नदी छेउछाउको सडक चिरा पर्नुका साथै पहिरो गएर अवरुद्ध भएको छ।
हिलेसम्म भूकम्पबाट तलकोट गाउँपालिका, दुर्गाथली गाउँपालिका, जयपृथ्वी नगरपालिका, खप्तडछान्ना गाउँपालिका लगायतका क्षेत्रमा घर तथा विद्यालय भवन भत्किनुका साथै चिरा परेका छन्।
भूकम्पले गर्दा बझाङको जयपृथ्वी नगरपालिका वडा नम्बर-४ गोलाईस्थित बालविकास माध्यमिक विद्यालय तथा भवानी आधारभूत विद्यालय गडखेतको विद्यालय भवन भत्किएको छ।
पहिलो चरणको भूकम्प आउँदा विद्यार्थीहरुलाई बिदा दिइएको थियो। बिदा दिइए लगत्तै आएको भूकम्पको दोस्रो झड्काले भवन भत्किएको बालविकास माविका शिक्षक नरेन्द्र उपाध्यायले बताए।
उनका अनुसार भवन भत्किँदा मानवीय क्षति नभए पनि भौतिक क्षति भएको छ। शिक्षक उपाध्यायका अनुसार भूकम्पले गर्दा जयपृथ्वी नगरपालिका-४ का नरिलाल जोशी, डल्लो जोशी, कविराज जोशी र नरेन्द्र उपाध्यायको घर चर्किएको छ। सदरमुकाम चैनपुरमा रहेका पथ्थर र कर्कटपाताले छाएका पुराना घरहरु पनि चर्किएर बस्न नमिल्ने भएका छन्।
बझाङ जोड्ने एक मात्रै सडक जयपृथ्वी राजगमार्गका विभिन्न ठाउँमा पहिरो जानुका साथै चिरा परेर सडक उध्रिएको छ। कचाली खोलामा पहिरो जाँदा यातायात सेवा अवरुद्ध भएको उनले बताए। यस्तै बझाङकै भोपुरमा भूकम्पले गर्दा सुख्खा पहिरो र ढुंगा खसेका छन्। भूकम्पले गर्दा माथिबाट खसेको ढुंगा लागेर बझाङमा ५ जना घाइते भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
यस्तै भूकम्पकै कारण अछामको भाटाकाटियास्थित वडा कार्यालय समेत चर्केको छ। बैतडीमा भूकम्पकै समयमा ढुंगा खस्दा एक जना स्कुले बालक तथा एक जना घाँस काटिरहेकी महिला घाइते भएका छन्। सुदूरपश्चिमका अन्य जिल्लाका दुर्गम ठाउँमा फोन सम्पर्क हुन नसक्ने भएकाले भूकम्पका कारण वास्तविक क्षतिको विवरण आउन नसकेको प्रहरीले जनाएको छ।
भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार २ बजेर ४० मिनेटमा तलकोट केन्द्रबिन्दु बनाएर ५ दशमलव ३ रेक्टर स्केलको भूकम्पको धक्का महसुस भएको थियो भने दोस्रो धक्का दिउँसो ३ बजेर ६ मिनेटमा ६ दशमलव २ रेक्टर स्केलको भूकम्प चैनपुर आसपासमा गएको थियो।
यसअघि २०७९ कात्तिक २३ गते बिहान २ बजेर १२ मिनेट जाँदा खप्तड राष्ट्रिय निकुञ्ज वरपर केन्द्रबिन्दु बनाएर ६ दशमलव ६ म्याग्निच्युडको भूकम्प गएको थियो। भूकम्पका कारण डोटीको पूर्वीचौकी गाउँपालिकाका भौतिक संरचना भत्किँदा ६ जनाको मृत्यु भयो भने ७ जना घाइते भएका थिए।
पछिल्लो समयमा पश्चिम नेपाल त्यसमा पनि सुदूरपश्चिम प्रदेश उच्च भूकम्पीय जोखिमको खतरामा छ। भूकम्प मापन तथा अनुसन्धान केन्द्रका भूकम्पविद् भरतप्रसाद कोइरालाका अनुसार पछिल्लो ५ सय १८ वर्षदेखि नेपालको पश्चिम क्षेत्रमा ठुलो भूकम्प गएको छैन।
यति लामो समयदेखि पश्चिम नेपालको जमिनमुनि भूकम्प गराउने शक्ति सञ्चित भएर बसेको बताउँदै उनले भने,‘सन् १५०५ देखि नेपालको गोरखादेखि पश्चिम भारतको देहरादूनसम्मको पहाडी क्षेत्रमा ठुलो भूकम्प गएको छैन, जसले गर्दा यहाँ ठुलो मात्रामा भूकम्प गर्ने शक्ति सञ्चित भएर बसेको छ।’
मंगलबार बझाङ केन्द्रबिन्दु बनाएर गएको भूकम्प मझौला किसिमको भएको बताउँदै उनले भने, ‘सुदूरपश्चिममा ठुलै भूकम्प जान सक्ने अध्ययनले देखाएको छ। जुन साना साना भूकम्प जाँदा त्यसको भार कम पनि पर्न सक्छ।’
गोरखामा २०७२ सालमा ७ दशमलव ६ म्याग्निच्युटको भूकम्प गएको थियो। त्यसअघि र पछि भने (५ सय १८ वर्ष यता) यति ठुलो मात्रामा पश्चिम क्षेत्रमा भूकम्प नगएको भूकम्पविद् बताउँछन्। गोरखादेखि भारतको देहरादूनसम्मको पहाडी क्षेत्रमा भूकम्प निम्त्याउने ठुलो शक्ति सञ्चित भएको र त्यो शक्ति भनेकै भूकम्पबाट मात्रै निस्कन सक्ने उनले बताए।
‘भूकम्प सम्बन्धी गरिएको वैज्ञानिक अध्ययन अनुसन्धानबाट पश्चिम नेपाल (गोरखादेखि पश्चिम भारतको देहरादूनसम्म) मा सन् १५०५ देखि यता ठूला अझ विशेष गरी महाभूकम्प गएका छैनन्,’ उनले भने,‘त्यसैले पनि ठूला तथा महाभूकम्प उत्पन्न गर्न सक्ने शक्ति सञ्चित भएकाले पश्चिम नेपाललाई भूकम्प सम्भावित क्षेत्रका रुपमा लिइएको छ।’
त्यस्तो ठुलो तथा महाभूकम्प आजभोलि जान वा वर्षौँसम्म नजान पनि सक्ने बताउँदै उनले भने,‘शक्ति सञ्चित रहेको कुरा साँचो हो। तर, भूकम्प कहिले र कति रेक्टर स्केलको जान्छ भन्ने भने यकिन भन्न सकिँदैन। यो आजभोलि पनि जान सक्छ, या वर्षौँपछि पनि जान सक्छ। तर, जाने भने निश्चित नै हो।’
ठुलो मात्रामा भूकम्प जाने सञ्चित भएको शक्ति निष्कासित हुने भनेकै भूकम्पको माध्यम रहेको बताउँदै उनले भने, ‘साना ठूला भूकम्प गएरै त्यो शक्ति बिस्तारै निस्कने हो। त्यसैले पश्चिम नेपालमा भूकम्पबाट ठुलो धनजनको क्षति नहोस् भनेरै जनचेतनामूलक कार्यक्रम स्थानीय सरकार, प्रदेश सरकार तथा संघीय सरकारले गर्नु जरुरी छ।’
नेपालको जमिनमुनि भारतीय प्लेट र युरेसियन प्लेट एक आपसमा ठक्कर खाइरहेको बताउँदै उनले भने, ‘त्यही प्लेटको ठक्करले उत्पन्न शक्ति सञ्चित भइरहेको छ।’ त्यही शक्ति गोरखाको पश्चिमदेखि भारतको देहरादूनसम्ममा प्रभावित पार्न सक्ने आँकलन भूकम्पविद्हरू गर्छन्।
नेपालले करिब २५०० किलोमिटर लामो सक्रिय हिमश्रृङ्खलाको (पश्चिममा अफगानिस्तानदेखि पूर्वमा म्यानमार (बर्मा) सम्म) मध्य भागको एक तिहाइ (पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मको ८ सय किलोमिटर) भू–भाग लम्बाई ओगटेलकाले पनि सक्रिय हिमश्रृङ्खलाको एक तिहाइ भार ओगट्ने कुराले नेपाल भूकम्पीय जोखिममा रहेको उनले पुष्टि गरे।
जुम्ला। बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
गुठीचौर गाउँपालिका-१,मणिसाँघुका ४६ वर्षीय कालीबहादुर रोकायालाई प्रहरीले शनिबार पक्राउ गरेको हो। गत मंसिर ८ गते बालिकालाई उपचार गर्ने बहानामा यातना दिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान थालेको थियो।
जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरी टोलीले रोकायालाई मणिसाँघुबाट नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पुर्याएको हो। उनीमाथि अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक तथा प्रवक्ता शालिकराम खनालले जानकारी दिए।
उनका अनुसार अन्धविश्वास तथा रूढिवादी अभ्यासका नाममा हुने यस्ता गतिविधिप्रति प्रहरी संवेदनशील छ। यस्ता कार्यमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याइने उनले बताए। साथै, यस्ता गतिविधिबारे जानकारी भए नजिकको प्रहरी कार्यालय वा १०० नम्बरमा खबर गर्न प्रहरीले आग्रह गरेको छ।
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...