मधेशका यी एकल महिला जो संघर्ष र मेहनतले स्थापित छन्
१५ असोज २०८०
•
९ मिनेट पाठ
मधेशका यी एकल महिला जो संघर्ष र मेहनतले स्थापित छन्
पहिले पहिले एकल महिला भन्ने बित्तिकै श्रीमान बितेपछिको एक्लो जिवन बिताइरहेको भन्ने बुझ्ने गरिन्थ्यो। समयको परिवर्तनसँगै एकल महिलाको दायरा फराकिलो भएको छ। अहिले सम्बन्ध विच्छेद हुनु, श्रीमान बेपत्ता हुनु, अलग बस्नु तथा ३५ वर्ष माथिका अविवाहित महिलालाई एकल महिला भन्ने गरिन्छ।  समाजमा अझैपनि पुरुषको साथ र सहयोग बिना महिलाले केही गर्न सक्छन र? भन्नेहरु पनि छन्। तर मधेश प्रदेशका केही एकल महिला आफ्नो संघर्ष र मेहनतले यसरी स्थापित भएका छन्।  




राजनीतिक मोहले एकल जीवन

शान्ति कार्की मधेश प्रदेशको एक मात्र महानगर वीरगञ्ज महानगरपालिकाको पूर्व उपमेयर हुन्। २०७४ सालको स्थानीय तहको निर्वाचनमा उनी उपमेयरमा निर्वाचित भइन। सबैभन्दा जेष्ठ नागरिकका रुपमा उपमेयरमा निर्वाचित भएपछि उनको चर्चा बढ्यो। राजनीतिक मोहले गर्दा आजीवन एकल बसेकी ९२ वर्षिया कार्कीसँग कठोर संघर्ष र विद्रोह झलेको अनुभव छ। बीरगंजमा  जन्मिएकी कार्की कक्षा ८ मा पढ्दादेखि राजनीतिमा लागिन।  पढ्दा बेला देखि नै ख्याल ख्यलामै राजनीतिक यात्रा सुरु गरिन।  

त्यसबेला राजनीतिमा लागेका व्यक्तिले अनेकन कष्ट सहनुप¥र्थाे। घरको एक सदस्य राजनीतिमा लागेको छ भने पुरै परिवार र आफन्तलाई राणाहरुले निकै दुःख दिन्थे।  जसकारण समाजमा पनि इज्जत हुदैनथ्यो। सम्पन्न परिवारमा जन्मिए पनि राजनीतिमा लागेकै  कारण कार्की आफ्नो घर परिवारबाट बहिस्कृत भइन। त्यो सम्झदा कार्की भन्छिन्, 'जेल जानुभन्दा बढि कष्ट हुन्छ परिवारले बहिस्कार गर्दा।' एक्लो ज्यान लिएर साथी भाईको सहयोगमा १८ वर्षको उमेरमा उनी बिराटनगर पुगिन्। त्यहाँ सिपाहीहरुलाई पढाएर जीवीका चलाइन। र, एसएलसी पनि पूरा गरिन।  

विराटनगरको बसाई सकेर उनी फेरी वीरगञ्ज आइन। कार्कीले आफ्नो पार्टीका नेताहरुका लागि तरुण दल नामको पत्रिका ओसार्ने र भागेका नेता तथा कार्यकर्तालाई सिमा पारि पुर्‍याउने काम पनि गरिन। वीरगञ्जबाट भारतको सिमावर्ति शहर रक्सौल एक्लै पैदल जानुपर्‍थ्र्याे। कहिले विधवा बनेर,कहिले थारु समुदायको भेष बनाएर ठाउँ ठाउँमा अनेकन रुप बदलेर खेत खेल हुँदै भनेको ठाउँ सम्म पुर्‍याउने काम पनि कार्कीले गरिन।  

एकल भए पनि स्थानीय भाषा भेषभुषाले उनलाई राजनीतिमा स्थानीयको अपनत्व मिल्दै गयो। भोजपुरी, हिन्दी र नेपालीको राम्रो ज्ञान भएकोले उनलाई राजनीति गर्न सहज भयो। गाउँ गाउँमा बिरोध कार्यक्रम हुँदा अनेकन दुःख कष्ट सहेर पुग्नु परेको उनी सुनाउँछिन्।

'ट्रकमा रहेका सामानको बीचमा बोरा भित्र लुक्नुपर्ने,पक्राउ परेमा कहिले जंगलमा छोडिदिने नजरबन्दमा राख्ने जस्तो यातना सहनुपर्ने।' त्यसबेलाको पिटाईको कारण पिठ्युको हड्डि निस्केर कुप्रो परेर हिड्ने परेको उनको भनाइ छ। साथिभाईको बच्चाको मुख हेरेर पनि आफू अरुको लागि पनि जेल परेको कार्की बताउँछिन्।  

कार्कीको कहिल्यै आफ्नो घर भएन। तर पनि निरन्तर राजनीतिमा सक्रिय भइन। ८८ वर्षको उमेरमा सर्वाधिक भोटले वीरगञ्ज महानगरको उपमेयर बन्ने मौका पाइन। उपमेयर हुदाँ पनि गाडी चढ्ने, महंगो मोबाईल बोक्ने, महंगा साडी लगाउने, सुन लगाउने घरमा काम गर्ने मान्छे राखिनन्। कार्की भन्छिन् “म आफै जमिन्दार खानदानकी छोरी हुँ। म त जनताको सेवाको लागि घर त्यागेर हिडेको महिला हुँ। मलाई केही चहिदैन म जनताको सेवक हुँ।”  

शरीर कमजोर हुँदै गएपछि अहिले उनी आफन्तको घर मै बस्छिन्। आपूmमा निर्धक्कका साथ निर्णय लिनु नै सबै भन्दा ठूलो तागत रहेको कार्कीको भनाई छ। बिहान ४ बजे उठ्ने, गहवा माई मन्दिरमा पूजा गरेर मन्दिरको छेउको चिया पसलमा चिया खाने खुवाउने अहिले उनको दैनिकी बनेको छ। उनले सबैले दिदीको नजरले सम्मान गर्छन्।  

महिलाले चाहे हर कार्य सम्भव  

ओमकुमारी शर्मा ३६ वर्षकी थिइन्। त्यही बेला श्रीमानको निधन भयो। सम्हालिएर उनले आफ्नो कामलाई अघि बढाइन। छोराछोरीलाई उचित शिक्षा दिने मात्र होइन, यतिबेला उनी व्यूटी पार्लर सञ्चालक र समाजसेवीको रुपमा परिचित छिन्।

सर्लाहिको बरथवामा जन्मिएकी शर्माका विवाह नेपालगञ्जमा भयो। ठूलो दाईको घर विरगञ्ज भएकाले उनी र उनका श्रीमानले कार्यस्थल वीरगञ्जलाई बनाए। सुरुमा नीजि विद्यालय चलाए। नीजि विद्यालय घाटामा गएपछि बन्द गरे। घरको आर्थीक अवस्था कमजोर हुदै गएपछि शर्माले अर्काे नीजि विद्यालयमा पढाउन थालिन। पारिश्रमिक बढाउन नमानेपछि त्यहाँ पनि छोडिन। श्रीमानको आम्दानी पर्याप्त थिएन। व्यवहार चलाउन पनि केही न केही गर्नै पर्ने थियो। शर्माले सौन्दर्य पेशालाई आफ्नो व्यवसाय बनाउने निधो गरिन। साथीहरुसंग सापटि लिएर पहिले तालिम लिइन्। कानमा लगाएको झुम्का बिक्री गरेर पार्लर व्यवसाय सुरु गरिन। पछि  कामहरु बढाउँदै  लगिन। उनी भन्छिन–‘विवाहलगायत समारोहहरूमा दुलही सजावटको कार्यले व्यावसाय राम्रो हुँदै गयो।’  

२०७२ सालमा उनको पारिवारिक जीवनमा बज्रपात पर्‍यो। श्रीमान्को निधन पछि अचानक दुई सन्तान र घरव्यवहारको सम्पूर्ण जिम्मेवारी उनको एकल काँधमा आइपर्‍यो।  

दुई जनाले चलाउदै आएको परिवार अचानक एक जनाको काधमा आउदा जिवन संघर्षपूर्ण नै बन्छ। पतिको देहावसानको खबर सुनेर आफन्तजन वीरगंज आउनेक्रम जारी थियो। म किरियापुत्री बसेकी थिएँ। नानाथरीका शब्द र स्वरहरू कानमा ठोकिन्थ्यो। केहिले अर्को बिहे गर्ने सम्मको सुझाव दिए। छोरी कक्षा १२ र छोरा कक्षा १० अध्ययनरत थिए। एक दिन छोरीले भनी, 'मामु, सबैको कुरा सुन्नुहोला, तर भविष्यको लागि जुन निर्णय उचित हुन्छ, त्यही गर्नुहोला।'

उनले एकल जीवन अघि बढाइन। विभिन्न परिस्थितिसँग जुध्दै गरिन। स्नातकोत्तरतह पढाएर छोरीको गत वर्ष विवाह गरिदिइन। छोरीज्वाइ अमेरिका बस्छन्। छोरा भारतको बैंगलोरमा जागीर गर्दै ग्राफिक्स डिजाइन पढदै छन्। करिव तीन दशकअघि बरहथवाको सरकारी विद्यालयमा जिल्लास्तरीय नृत्य प्रतियोगितामा नृत्य गरिरहेको बेला लडेपछि उनी शारीरिक रुपमा कमजोर बनिन्। तै पनि व्युटीपार्लर र समाज सेवामा सक्रिय हुँदैछिन्।  

उनी वीरगंजस्थित मानवसेवा आश्रममा समय मिलाएर जाने गर्छिन। 'चाडपर्वमा आम जनजीवन रमाइरहेको बेला आश्रममा आबद्ध हामी सेवाकर्मीहरू उद्धार कार्यमा संलग्न रहन्छौं, राति राति सडकपेटीमा भएकाहरुको उद्धारमा जाने गर्छौ, चाडपर्वको अवसरमा आश्रमका आमा तथा दिदीबहिनीहरूलाई हामी सौन्दर्यकर्मीहरूको समूहले शृङ्गार, मेहदी लगाइदिएर सेवाको आनन्द प्राप्त गछौं।' एकल, असहाय र अपाङ्ग महिलाहरूका लागि निःशुल्क सौन्दर्यकर्मीको तालीम दिने गरेकी छिन्।  

कुनै बेला बेरोजगारीको जिवन बिताएकी शर्मा अहिले उनी संगै तालीम लिएर पाँच÷छ जना महिला स्वरोजगार भएको प्रति उनी खुशी व्यक्त गर्छिन। उनले एकल महिलाले पनि राम्रोसंग सन्तानको पालन पोषण गरेर सक्षम बनाएको उदहारण आफ्नै दिने गर्छिन। महिलाले चाहे हर कार्य सम्भव हुने उनको भनाइ छ।  

कठिन परिस्थितले महिलालाई आत्मनिर्भर बनाउछ  

उषा झाले, गृहणीको सिपलाई व्यवशायमा परिणत गरेर दुई सन्तानको पालन पोषण गरिन। सोचे जस्तो जिवन हुन्न र कठिन परिस्थितमा हाम्रो सिपले जिउन सिकाउछ भन्ने कुरा झाको जिवनीबाट सिक्न सकिन्छ।  

झा विवाह हुनु भन्दा पहिला जागिरे थिइन्। एसएलसी दिएपछि ०५६ सालमा सिद्दार्थ मा.वि.मा पढाउथिन। झाको बुवा निजी कम्पनीमा काम गर्थे। माइती घरको तुलनामा श्रीमानको घर धेरै धनी थियो। केटी पढेलेखेको राम्रो भन्दै बिना दाईजो विवाह भयो। पुरानो कुरा सम्झदै उनी भन्छिन, 'म स्कुल पढ्ने बेलादेखि नै घरमा भन्थे दाइजो दिने परिवारमा विवाह गर्दिन, मैले सोचे कै जस्तो कुरा भएपछि म खुशि थिए तर केटाको भनाइ थियो विवाह गरेपनि पछि जागिर गर्नु पर्दैन। म सर्त मान्न तयार भएँ किनभने विवाह बिना दाइजोको हुँदै थियो।'

१९ वर्षको उमेरमा उनको विवाह भयो। जागिर छुटेपछि उनी पूर्णरुपमा गृहणी भइन। श्रीमान र दुई छोराहरुसँग सुखद जीवन बिताउँदै थिइन। अचानक दास्रो चरणको कोरोनाले श्रीमानलाई लग्यो।  

झा आजको संघर्ष र विगतका दिन सम्झदै भन्छिन्, “मैले जागिर नगर्ने प्रस्ताव नमानेका भए म अहिल स्थायी शिक्षिका हुन्थे तर त्यसबेला होस पुगेन सोचे परिवार सम्पन्न छ काम नगरेपनि हुन्छ, तर समय सोचे जस्तो हुदैन्, म संगैका धेरै साथीहरु सिद्यार्थ स्कुलमा स्थायी शिक्षक छन् निरन्तर विद्यालयमा पढाएको भए म पनि अहिले स्थायी शिक्षिका हुन्थे।”

परिवारको एक सदस्य मरे पुरै परिवार नै मर्ने गरेको भोगाइ उनको छ। मानसिक रुपमा विक्षिप्त बनेको अवस्थामा आफ्नो भन्ने नै सबैभन्दा पहिला टाढा हुने त्यसपछि एकल संघर्षको सुरुवात हुने झाको भनाइ छ। एकल भएपछि अचानक आएको जिम्मेवारीमा श्रीमान घरबाट कुनै साथ सहयोग नपाएको उनी बताउँछिन्।  

नाम चलेको घरको बुहारी भएपछि आफ्नो एकल जिवनको समस्या कतै भन्न पनि गाह्रो हुनेको उनको भनाइ छ। 'डिप्रेशनमा गएको बेला ५ महिना पुरै थला परे जिउ सुन्निएर आफैलाइ चिन्न गाह्रो हुने अवस्था थियो, एकदिन म आफै उठे र आफूलाई सम्हाल्ने कोशिस गरे पहिलो पटक एक्लै घर बाट बाहिर निस्कने आट गरे,उनले भनीन्, 'भारतिय दुतावासको मार्फत नेपाली विद्यार्थीका लागी भारत छात्रवृति मार्फत पढ्न जाने फर्म भर्ने खुलेको थियो त्यसबेला उसको सबै कागजात वीरगञ्जको दुतावासमा बिना कुनै सोर्स पेश गरे र थप दौडधुपका लागी छोरा र भाइलाई लिएर काठमाडौं हिडे।'

अहिले कान्छो छोरा भारतको उत्तराखण्डको एपिएस आर्मी स्कुलमा अध्ययनरत छ। नेपाल भारत सरकारका सम्झौता अनुसार अन्य विद्यार्थीको सहर उनको छोरा निशुल्क शिक्षा हासिल गर्दैछ। जेठो छोरा काठमाडौंको केन्द्रिय विद्यालयमा नाम निकाल्न सफल भएपछि उनले आफ्नो गहना बेचेर छोराको भर्ना गराइन्।  

महिला कुनै पनि परिस्थितिले एकल भएपछि यहाँ रोजगारिको नाममा ठग्नेहरुको कमी नरहेको उनको भनाइ छ। साथीहरुको सुझाव अनुसार अचार, आलु चिप्स, कुविन्डोको मासको दालको अदौरी, तिसौरी बनाउन थालीन्। वर्षौ देखी बुहारीको रुपमा घर परिवारलाई बनाएर खुवाउदै आएको परम्परागत कुरालाई व्यवसायमा परिणत गरिन् र बजारिकणको लागी समूहका महिला साथीहरुको सहयोग लिइन्। उनले महिनामा १५ हजार रुपैयाँसम्म कमाउन थालिन। त्यसपछि उनको आम्दानीको मात्रा बढदै गएको छ। कुनै बेला घर भित्रबाट बाहिर निस्कन डराउने झा अहिले पढदै गरेका सानो छोरा भेट्न भारत पुग्छिन् भने जेठो छोरा भेट्न काठमाडौं।  

खुशी हुनका लागी जरुरी छैन पुरुष नै चाहिन्छ

'विवाह हुने वित्तकै मलाई पढाईको लागि अष्ट्रेलिया जाने कुरा आयो, श्रीमानले पनि भने तिमी पढ्नका लागि जाउँ तर श्रीमान प्रति धेरै माया भएकाले एक्लै छोड्नै सकिन। श्रीमानको खुशीको लागी होटेलको ऋण चुक्ता गर्न मैले आफ्नो गहना, दाइजो देखी बिस्तरा समेत बेचे तर केही सम्बन्ध जति जोड्न खोजे पनि टाढियो' यो भनाइ हो, ४२ वर्षिय बबिता श्रेष्ठको।

उनी पेशाले सरकारी विद्यालयकी शिक्षिका हुन्। श्रीमानसंग सम्बन्ध बिच्छेद भएर एकल बसेको ४ वर्ष भयो। माइतमा आमाबुवा बितिसकेका छन्। दिदी बहिनीको सहयोग र शिक्षण पेशाले गर्दा एकल जीवनमा पनि उनी दृढ विश्वासका साथ अघि बढिरहेकी छिन्। बबिता विवाह हुनु र एस.एल.सि दिनु भन्दा अघि ०५७ साल देखि नै निजी विद्यालयको शिक्षिका थिइन्। ०६४ सालमा उनी राहतको दरबन्दीमा पिप्रा सरकारी विद्यालयको निमाविमा तहको शिक्षिका भइन्। ८ सय रुपैयाँमा पढाउन सुरु गरेकी बबिताले अहिले मासिक ३५ हजारको तलब पाउछिन्।

०६४ सालमा मागी विवाह भएको र एक दशकपछि सम्बन्धमा बिश्वास हराउँदै गएपछि टाढिएर बसेको श्रेष्ठ बताउछिन्। बबिताका दुई छोरा भएपनि निमोनियले गर्दा बिते।  

श्रीमानसँग अलग र सन्तान नभएपनि बबिताका लागि पढाइ र जागिर सहारा बनेका छन्। समस्याहरु नआएका होइन तर पनि ती समस्याहरुलाई पन्छाउँदै अघि बढेरहेकी छिन्। शिक्षा सम्बन्धी नयाँ विधेयकले गर्दा लोकसेवाको तयारीमा लागेकी छिन्। उनी भन्छिन–‘सिलाइ कटाइ तथा व्यूटीसियन कोर्समा डिप्लोमा गरेकाले जस्तोसुकै परिस्थिति आएपनि सामना गर्न तयार छु।’

अशिक्षित भन्दा पनि शिक्षित वर्ग नै एकल महिलाको पीडा नबुझ्ने गरेको उनको भोगाई छ। अरुले के भन्छन भन्दा पनि आफूले के गरिन्छ भन्नेलाई उनी महत्व दिन्छिन।  
अर्को समाचार
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
२९ मिनेट अघि
•
१ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर। विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।




महानगरको सुशासनदेखि विकास निर्माणसम्मका धेरैजसो वाचा अधुरै रहेका हुन्। नगरप्रमुख कोइराला आफूले चुनावमा नगरवासीसँग गरेको संकल्प चुनाव जितेपछि व्यवहारमा लागु गर्न सफल नभएको पाइएको छ।

विराटनगरका नगरप्रमुख र उपप्रमुखले निर्वाचित हुनेबित्तिकै महानगरको यातायातलगायत कुनै पनि सेवासुविधा नलिने भन्दै गरेको घोषणा एक वर्ष पनि पुग्न नपाउँदै तुहिएको थियो। केही महिना महानगरपालिकाको गाडीको सुविधा नलिई आफ्नै गाडी प्रयोग गरेका प्रमुख र उपप्रमुखले पुनः महानगरपालिकाकै सवारीसाधन प्रयोग गरेका थिए। महानगरको गाडी सुविधा नलिने घोषणा सार्थक नभएजस्तै चुनावका बेला महानगरवासीसँग गरेका ६६ बुँदे संकल्पपत्रका अधिकांश बुँदाले सार्थकता पाउन सकेनन्। विराटनगरमा सुशासन कायम गर्ने, विकास निर्माणका कामलाई द्रुत गतिमा अघि बढाउनेलगायत संकल्पहरू व्यवहारतः कार्यान्वयनमा नआउँदै कार्यकाल अन्तिम चरणमा पुगिसकेको छ।

संकल्पपत्रको पहिलो बुँदा नै महानगरमा कार्यान्वयनमा आउन नसकेको पाइएको छ। उक्त बुँदामा उल्लेख थियो, ‘भ्रष्टाचार नियन्त्रणमा शून्य सहनशीलता अवलम्बन गर्दै यसको नियन्त्रणका लागि विशेष संयन्त्र बनाउने। सूचनाको हक प्रत्याभूत गर्दै पारदर्शी एवम् जवाफदेही महानगरपालिका निर्माण गर्ने।’

यस्तै दोस्रो बुँदामा महानगरले गर्ने विकास निर्माणका कामलाई प्राथमिकता दिन र व्यवस्थित गर्न अल्पकालीन, मध्यकालीन र दीर्घकालीन गरी तीन भागमा विभाजन गर्ने भनिएको थियो। तेस्रो बुँदामा उल्लेख ‘महानगरपालिका कार्यालयमा गरिँदै आएका अनावश्यक र अनुत्पादक खर्च नियन्त्रण गर्ने’ र ‘महानगरका खर्चलाई रचनात्मक क्षेत्रमा प्रयोग गर्न कठोर आर्थिक नीति र अनुशासनको तर्जुमा गर्ने’ विषय पनि कार्यान्वयनमा आउन नसकेको पाइएको छ। चौथो बुँदामा रहेको ‘महानगरपालिकाबाट प्रमुखलाई प्राप्त हुने सबै आर्थिक सेवा र सुविधा सामाजिक कार्यमा प्रदान गर्ने’ विषयत पूर्ण रूपमै कार्यान्वयनमा आउन नसकेको देखिन्छ।

महानगरपालिकाका कार्यसम्पादनलाई व्यवस्थित, सुचारु र प्रभावकारी बनाउन सम्बन्धित क्षेत्रका विशेषज्ञहरूको विज्ञ समूह गठन गर्ने, विराट राजाको दरबार रहेको विराटनगरको भेडियारी क्षेत्रलाई समुचित विकास गर्दै पर्यटन केन्द्रका रूपमा विकास गर्ने संकल्प संकल्पपत्रमै सीमित देखिएको छ।

सामुदायिक विद्यालयमा समयानुकूल शैक्षिक गुणस्तर सुधार गर्न नवप्रवर्तन केन्द्र (इनोभेसन सेन्टर) तथा अनुसन्धान केन्द्र (रिसर्च सेन्टर) निर्माण गर्ने, अनाथ, असहाय तथा विपन्नका पहुँचमा शिक्षाको समान अवसर पुर्‍याउन नमुना आवासीय विद्यालयको स्थापना गर्ने, सामुदायिक विद्यालयलाई छात्रामैत्री बनाउन भेन्डिङ मेसिनसहितको प्याड बैंक स्थापना गर्ने संकल्पपत्रका बुँदाहरू पनि कार्यान्वयनमा आउन सकेका छैनन्। जटिल शल्यक्रिया तथा विशेषज्ञ सेवासहित महानगर अस्पताल (मेट्रोसिटी हस्पिटल) स्थापना गर्ने, विराटनगर महानगरपालिका क्षेत्रमा भूमिगत पार्किङसहितको दुई हजार पाँच सय क्षमताको सुविधासम्पन्न सभागृहको निर्माण गर्ने विषयमा हालसम्म खासै प्रगति हुन सकेको छैन।

चुनाव जितेपछि सभागृह निर्माणको विषयलाई प्रमुख कोइरालाले औपचारिक कार्यक्रममा समेत उच्चारण गरेका छैनन्। विराटनगर–१९ मा सभागृह निर्माण गर्न डिपीआरसमेत बनाई भौतिक निर्माणको चरणमा पुगेको उक्त सभागृहका लागि अधिग्रहण गर्ने तयारी गरिएको जग्गामा महानगरपालिकाले काम अघि बढाउने संकेत नदेखाएपछि स्थानीयले आ–आफ्नो जग्गामा पुनः खेतीपाती गरिरहेका छन्।

विराटनगरमा एक औद्योगिक र राजनीतिक संग्र्रहालयको निर्माण गर्ने, रानीदेखि विराटनगर–१९ स्थित रंगशालासम्म सटल बस सञ्चालन गर्ने, बिजुली, टेलिफोन, इन्टरनेटलगायत तारका सञ्जाललाई भूमिगत गर्न संघीय र प्रदेश सरकारसँग समन्वय गरी ताररहित विराटनगर निर्माणको पहल गर्ने विषयमा पनि महानगरले कुनै प्रगति गरेको देखिएको छैन।

बिग्रन थालेका सडक, पेटी, ढल तथा अन्य संरचनालाई द्रुत गतिमा प्रारम्भिक चरणमै मर्मत गर्ने, ट्राफिकसम्बन्धी चापलाई घटाउन महानगरभित्र आवश्यक स्थानमा एस्केलेटर (विद्युतीय सिँढी) सहितको आकासे पुल निर्माण गर्ने काम पनि साढे चार वर्षको अवधिमा अघि बढ्न सकेका छैनन्। महानगरको सौन्दर्यीकरण अभियानअन्तर्गत सडक, बाल उद्यान, मनोरञ्जन केन्द्र निर्माण, संरक्षण र सरसफाइका काम अघि बढाउने विषयमा भने आंशिक रूपमा कामहरू भएका छन्।

सहरभित्र स्मार्ट पार्किङ स्थल निर्माण गर्ने र त्यसको व्यवस्थापनमा काम गर्ने, पिछडिएका समुदाय तथा सुकुम्बासीको पहिचान गरी लालपुर्जासहितको एकीकृत बस्ती निर्माण गरी हस्तान्तरण गर्ने कार्यलाई गति दिने संकल्पपत्रका बुँदाहरू पनि कार्यान्वयनमा आउन सकेका छैनन्। मनोरञ्जन तथा पारिवारिक वातावरणयुक्त पार्कहरू निर्माण गर्ने, केसलिया र सिंघिया खोलाका किनारमा वृक्षरोपण गरी ग्रिनबेल्ट करिडोरका रूपमा विकास गर्ने, प्रदेश राजधानीका लागि आवश्यक स्थायी संरचना निर्माण गर्न प्रदेश सरकारसँग समन्वय गर्ने विषयमा पनि काम अघि बढ्न नसकेको देखिएको छ। प्रतिमहिना ३० युनिटसम्म विद्युत् खपत गर्ने महानगरवासीलाई निःशुल्क विद्युत् उपलब्ध गराउनेलगायत थुप्रै लोकप्रिय कार्यक्रम संकल्पपत्रमै सीमित भएको छ।

समग्रमा हेर्दा महानगरपालिकाले नियमित गर्ने कामबाहेक उल्लेख्य रूपमा उदाहरणीय काम पछिल्लो कार्यकालमा हुन नसके पनि केही क्षेत्रमा भने विगतको तुलानामा राम्रो काम भएको छ। पछिल्लो कार्यकालमा विराटनगरको फोहोर व्यवस्थापन, सरसफाइ, सडक बत्तीको व्यवस्थापन, ट्राफिक लाइटको व्यवस्थापन, नाला सरसफाइलगायत काममा भने महानगरपालिकाले राम्रो गरेको देखिन्छ। यो कार्यकालमा विकास निर्माणतर्फ एउटा मात्रै ठुलो आयोजना कार्यान्वयन भएको पाइएको छ। विराटनगरमा स्वच्छ खानेपानी पुर्‍याउने उद्देश्यले जापान सरकारको सहयोगमा सञ्चालित खानेपानी परियोजना भने सम्पन्न भएको छ।

करिब अढाइ अर्बको यो आयोजनाले विराटनगरको खानेपानीको गुणस्तर सुधार गर्दै मुख्य सहरी क्षेत्रको ५९ किलोमिटर क्षेत्रमा पाइपलाइनसमेत विस्तार भएको छ। तर यो आयोजना पूर्ण रूपमा सफल बनाउन सहायक सडकको करिब एक सय किलोमिटर क्षेत्रमा नयाँ पाइपलाइन विस्तार गर्न आवश्यक रहेको नेपाल खानेपानी संस्थान विराटनगर कार्यालयले जनाएको छ।

यता विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले संकल्पपत्रका धेरै काम पूरा हुन नसके पनि आफ्नो कार्यकालमा उल्लेख्य काम भएको दाबी गरेका छन्। कोइरालाले संकल्पपत्रमार्फत चुनावामा गरेको वाचाअनुसार विराटनगर महानगरपालिका १५ स्थित नगर अस्पतालमा डाक्टर नियुक्ति, ल्याबलगायत पूर्वाधार निर्माणको काम भइरहेको जानकारी दिए।

यस्तै शिक्षा क्षेत्रमा पनि आफ्नो कार्यकालमा उल्लेख्य सुधार भएको प्रमुख कोइरालाले बताए। विगतमा तीन वटा मात्रै विद्यालयमा विद्यार्थीको आकर्षण रहेकोमा अहिले १५–२० वटा विद्यालयमा गुणस्तर सुधार गरिएको कोइरालाको दाबी छ। तर विद्यार्थीहरूलाई सेनेटरी प्याडको व्यवस्था गर्न विभिन्न कानुनी अड्चनहरूले सम्भव नभएको कोइरालाले बताए। सार्वजनिक शौचालयको व्यवस्था गर्न सहरी क्षेत्रमा जग्गा अभावका कारण नसिकिएको कोइरालाले बताए।

उनले सार्वजनिाक शौचालय महानगरपालिकाले निर्माण गर्न नसके पनि त्यसको विकल्पमा विराटनगरका पेट्रोल पम्पहरूमा शौचालय निर्माण गर्न लगाई सर्वसाधारणका लागि पनि प्रयोग खुला गरिएको बताए। विराटनगरमा नगरबस सञ्चालनका लागि प्रदेश सरकार र निजी क्षेत्रसँग सहकार्य गर्ने महानगरपालिकाको योजना भए पनि सटल बस सञ्चालनका लागि निजी क्षेत्र इच्छुक नदेखिँदा योजना सफल नभएको स्पष्ट पारे।

प्रदेशको स्थायी संरचनाका लागि जग्गा उपलब्ध गराउने विषय पनि एक महिनाभित्रै टुंगिने चरणमा रहेको कोइरालाले दाबी गरे। ‘प्रदेशको स्थायी संरचनाका लागि १० बिघा जग्गा आवश्यक रहेकोमा आठ बिघा प्राप्त भइसकेको र थप दुई बिघा पनि प्राप्त हुने क्रममा छ,’ कोइरालाले भने।

कोइरालाले बजेट अभाव र विभिन्न अवरोधका बिचमा पनि आफ्नो कार्यकालमा विकास निर्माण, फोहोर व्यवस्थापन, ट्राफिक व्यवस्थापनलगायत धेरै क्षेत्रमा उल्लेखनीय काम भएको दाबी गरे। कोइराला आफूले गरेका वाचा पूरा गर्न पाँच वर्षको कार्यकाल कम रहेको बताए। अझै एक कार्यकाल महानगरको जिम्मेवारी पाए आफूले परिकल्पना गरेका कामहरूले पूर्णता पाउने उनको भनाइ छ।

सुधारको प्रयास, न्यून उपलब्धि
विराटनगर महानगरपालिकाले स्थानीय कानुन निर्माण, विकास निर्माण र प्रशासनिक सुधारमा केही प्रगति गरे पनि वित्तीय अनुशासन, कर्मचारी व्यवस्थापन र बजेट कार्यान्वयनमा अपेक्षित सुधार गर्न सकेको छैन। नगर प्रमुख नागेश कोइरालाको कार्यकालमा बेरुजु घटाउने, प्रशासनिक खर्च नियन्त्रण गर्ने र विकास योजनालाई व्यवस्थित बनाउने प्रयास भए पनि अपेक्षित सुधार भने हुन नसकेको देखिएको छ।

महानगरको वित्तीय अवस्थासम्बन्धी विवरणअनुसार आर्थिक वर्ष २०७७/७८ सम्म महानगरको अद्यावधिक बेरुजु एक अर्ब ६३ करोड ५७ लाख ४३ हजार रुपैयाँ थियो।

त्यसपछि निरन्तर सम्परीक्षण हुँदा बेरुजु घट्दै आर्थिक वर्ष २०७८/७९ मा ६७ करोड एक लाख, २०७९/८० मा ५० करोड ३८ लाख ३८ हजार र २०८०/८१ मा ३९ करोड ५२ लाखमा झरेको थियो। यद्यपि आर्थिक वर्ष २०८१/८२ मा नयाँ बेरुजु आठ करोड दुई लाख थपिँदा कुल अद्यावधिक बेरुजु पुनः ३७ करोड ६८ लाख ८४ हजार रुपैयाँ पुगेको छ।

महानगरको प्रशासनिक खर्चमा पनि उल्लेख्य रकम विनियोजन हुँदै आएको छ। विविध खर्च, इन्धन, सवारी मर्मत, बैठक भत्ता, पत्रपत्रिका, भ्रमण र मसलन्द गरी सात वटा चालु शीर्षकको कुल खर्च आर्थिक वर्ष २०७९/८० मा ६ करोड ५ लाख १४ हजार रुपैयाँ थियो। आर्थिक वर्ष २०८०/८१ मा पाँच करोड ४७ लाख ४९ हजार र २०८१/८२ मा चार करोड १४ लाख नौ हजार रुपैयाँ खर्च भएको छ। यस अवधिमा बैठक भत्ता एक करोड पाँच लाखबाट घटाएर ३४ लाख ५० हजार रुपैयाँमा सीमित गरिएको छ। स्थानीय कानुन निर्माणलाई भने महानगरले तीव्रता दिएको छ।

आर्थिक वर्ष २०८१/८२ सम्म महानगरले पाँच वटा ऐन, ७५ वटा नियमावली र १९८ वटा कार्यविधि निर्माण गरेको छ। नगर विकास कोषबाट बस टर्मिनल, फोहोरमैला प्रशोधन केन्द्र र वीरेन्द्र सभागृहका लागि लिएको ऋणको साँवा–ब्याज नियमित भुक्तानी गरी बाँकी ऋण ३४ करोड १४ लाखबाट घटाएर ३२ करोड ६ लाखमा झारिएको विवरणमा उल्लेख छ।

नगर प्रमुख कोइरालाले पुरानो बेरुजु घटाउने, बजेटको आकार सानो बनाउने र प्रशासनिक शीर्षकमा खर्च कम गर्ने प्रयास गरे पनि महानगरको मूल आर्थिक संरचनामा परिवर्तन आउन सकेको देखिँदैन। आन्तरिक राजस्व ६० देखि ६१ करोड रुपैयाँकै वरिपरि अड्किनु, करार कर्मचारी र भत्ताको भार बढ्दै जानु तथा पुँजीगत खर्च घटेर कुल खर्चको एक तिहाइमा सीमित हुनु महानगरको वित्तीय व्यवस्थापनका प्रमुख चुनौती हुन्। महानगरको कर्मचारी व्यवस्थापन पनि खर्च बढ्नुको अर्को कारण बनेको छ।

श्वेतपत्रको पहिलो बुँदामा ६०९ कर्मचारी (३३१ करार र आठ अस्थायी) को जम्बो संरचनाले आर्थिक बोझ बढाएको उल्लेख थियो। आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षण प्रतिवेदनअनुसार महानगरमा कार्यरत कुल कर्मचारी संख्या घटेर ५४३ (२३८ स्थायी, ५ अस्थायी र ३०० करार) मा झरेको छ। तर कर्मचारी संख्या घटे पनि करार र दैनिक हाजिरीको खर्च भने बढेको छ। आर्थिक वर्ष २०७८/७९ मा करारतर्फ १० करोड ४३ लाख र दैनिक हाजिरीमा ६८ लाख ७६ हजार रुपैयाँ खर्च भएको थियो। आर्थिक वर्ष २०८१/८२ मा करार सेवा शुल्कमा १४ करोड ४४ लाख १३ हजार र दैनिक हाजिरीमा एक करोड ३५ लाख ११ हजार गरी करिब १५ करोड ८० लाख रुपैयाँ खर्च भएको छ।

त्यस्तै कोसी प्रदेशको कानुनविपरीत प्रतिस्पर्धाबिनै दैनिक हाजिरीका २४ जनालाई सोझै करारमा नियुक्त गरिएको, जिल्ला प्रशासन कार्यालय मोरङका ६ कर्मचारीलाई महानगरको कोषबाट २२ लाख ७५ हजार रुपैयाँ तलब खुवाइएको तथा विभिन्न शीर्षकमा प्रोत्साहन, अतिरिक्त समय र खाजा भत्ता वितरण गरिएको विवरणले कर्मचारी व्यवस्थापनमा प्रश्न उठाएको छ। महानगरले आवधिक योजना निर्माणमा पनि अपेक्षित उपलब्धि हासिल गर्न सकेको छैन।

विगतमा हचुवाका भरमा बजेट विनियोजन हुने र आवधिक योजना नबनाउने गरेको आलोचनापछि कोइरालाको कार्यकालमा आर्थिक वर्ष २०८०/८१ मा १९ लाख ६३ हजार रुपैयाँ खर्च गरेर आर्थिक वर्ष २०८१/८२ देखि २०८५/८६ सम्मको आवधिक योजना तयार पारिएको थियो। तर उक्त योजना पूर्ण कार्यान्वयनमा आउन सकेको छैन।

त्यस्तै बजेट रकमान्तर गर्ने प्रवृत्तिमा पनि सुधार देखिएको छैन। आर्थिक वर्ष २०८०/८१ मा २२ करोड ३५ लाख रुपैयाँ र आर्थिक वर्ष २०८१/८२ मा २७ करोड ८३ लाख ६१ हजार रुपैयाँ रकमान्तर गरिएको छ। विराटनगर महानगरपालिकाले कानुन निर्माण, ऋण भुक्तानी र केही प्रशासनिक खर्च कटौतीमा सुधार गरे पनि आन्तरिक राजस्व वृद्धि, कर्मचारी खर्च नियन्त्रण, बेरुजु व्यवस्थापन, योजना कार्यान्वयन र पुँजीगत खर्च बढाउने विषयमा अपेक्षित उपलब्धि हासिल गर्न सकेको देखिँदैन।

प्रमुख–उपप्रमुखबिच सुमधुर सम्बन्ध
विराटनगर महानगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसबाट नागेश कोइराला र नेकपा एमालेबाट शिल्पा निराला कार्की निर्वाचित भए पनि सम्बन्ध सुमधुर देखिएको छ। निर्वाचित भएदेखि हालसम्म प्रमुख–उपप्रमुखबिच कुनै दरार आएन। फरक पार्टीका प्रमुख–उपप्रमुख मात्रै होइन, एउटै पार्टीका प्रमुख–उपप्रमुख निर्वाचित भएका स्थानीय तहहरूमा प्रमुख–उपप्रमुखबिच समेत असमझदारी हुने गरेकोमा विराटनगर महानगरपालिकाको साढे चार वर्षे कालमा प्रमुख–उपप्रमुखबिचको सुमधुर सम्बन्ध उदाहरणीय नै देखिएको छ।

विगतमा नेपाली कांग्रेसबाटै प्रमुख र उपप्रमुख निर्वाचित हुँदा पनि बेलाबेला खटपट हुने गरेको थियो। यस्तै वडा अध्यक्षलगायत अन्य जनप्रतिनिधिहरूका बिचमा पनि यो कार्यकालमा खासै खटपट देखिएन। सबै पक्षबाट सहयोग पाउँदा पनि उल्लेख्य काम हुन नसक्दा भने नगरवासी निराश बनेका छन्।

विराटनगरका सामाजिक अभियन्ता पारुल क्षेत्री महानगरपालिकाका पदाधिकारीहरूले पाँच वर्षको अवधिमा गौरव गर्न लायक कुनै पनि काम गर्न नसकेको बताए। उनले चुनावमा आफैले गरेको संकल्पका अधिकांश बुँदा कार्यान्वयनमा ल्याउन नसक्नु विडम्बना भएको बताए। ‘केही पनि काम भएन भन्ने कुरा त होइन तर महानगरपालिकाको स्रोत र सामर्थले गर्न सक्ने जति काम पनि नभएकाले पाँच वर्षे कार्यकालको कामप्रति सन्तुष्ट हुने अवस्था छैन,’ क्षेत्रीले भने, ‘धाराको पानी ढुक्कसँगले पिउने बनाउने मुख्य वाचा गरेका नगरप्रमुखको कार्यकाल सकिनै लाग्दासम्म महानगरपालिकाका विद्यार्थीहरूले विद्यालय जाँदा घरबाटै खोनेपानीको बोतल बोकेर जानुपर्ने अवस्था अन्त्य नहुनुले के भनियो र के गरियो भन्ने स्पष्ट हुन्छ।’

रोजगारी सिर्जना र नगरवासीको आर्थिक अवस्था सुधारका विषयमा त कुनै पनि काम नभएको क्षेत्रीले बताए। महानगरपालिकाको विकासका लागि गुरुयोजना नबनाउनु महानगरपालिकाका जनप्रतिनिधिहरू चुक्नुको प्रमुख कारण भएको प्राध्यापक डा. भेषप्रसाद धमला बताउँछन्। उनका अनुसार आफूले पटकपटक गुरुयोजना बनाएर विकासका गतिविधिहरू सञ्चालन गर्न आग्रह गरेको भए पनि जनप्रतिनिधिहरूले ध्यान नदिएको गुनासो गरे। ‘के बनाउने, कसरी बनाउने, कस्तो बनाउने भन्ने नै स्पष्ट नभएपछि विकासका काम व्यवस्थित नभएको हो,’ धमलाले भने।

महानगरपालिकाको न्यून स्रोत सधान रहेको, साधारण खर्च धेरै रहेको र उपलब्ध स्रोतसाधनलाई पनि परिचालन गर्ने असमर्थ हुँदा नगरवासीको अपेक्षा र महानगरपालिकाको काम गराईबिच तालमेल नमिलेको उनी बताउँछन्। महानगरपालिकाका जनप्रतिनिधिले पछिल्लो कार्यकालमा आम्दानी बढाउने सम्भावना हुँदाहुँदै पनि आम्दानी बढाउन नसकेको र खर्च पनि घटाउन नसकेको धमला बताउँछन्।

महानगरपालिकाले गुरुयोजना बनाएर गुरुयोजनाअनुसार विकास निर्माण गर्ने, राजस्व संकलन बढाउने र साधारण खर्च घटाउनेतर्फ ध्यान दिन आवश्यक रहेको उनको सुझाव छ।
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock २९ सेकेन्ड अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १ घण्टा अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस