पर्यटकको गन्तव्य बन्दै ‘कुमसोत’
१४ असोज २०८०
•
२ मिनेट पाठ
पर्यटकको गन्तव्य बन्दै ‘कुमसोत’
पछिल्लो समय कुमसोत  पर्यटकीय गन्तव्य बन्दै गएको छ। नवलपरासी (बर्दघाटा सुस्तापूर्व) नवलपुरको देवचुली नगरपालिका-६ मा अवस्थित कुमसोत पर्यटकका लागि नयाँ गन्तव्य बन्दै गएको छ।




देवचुली, कावासोती र हुप्सेकोट गरी तीन पालिकालाई जोड्ने यो स्थानमा हिजोआज दैनिक रूपमा भ्रमणमा पुग्नेको संख्या बढ्दो रहेको छ। पूर्व-पश्चिम राजमार्गबाट करिब नौ किलोमिटर उत्तरमा कुमसोत अवस्थित रहेको छ। राजमार्गबाट नजिकको पहाडी क्षेत्रका रूपमा रहेको यहाँबाट नवलपुरको उत्तरतर्फ रहेका पहाडी भूभाग, जिल्लाकै अग्लो स्थान देवचुली डाँडो, दक्षिणतर्फ नवलपुरको समथर भूभाग, राजमार्ग आसपासका घना बस्ती सहज रूपमा अवलोकन गर्न सकिन्छ।

यसका साथै चितवनका भूभाग, चितवन राष्ट्रिय निकुञ्ज, नारायणी नदी, राप्ती नदीको मनोरम दृश्य समेत सहज रूपमा अवलोकन गर्न सकिने भएकाले कुमसोत आन्तरिक तथा छिमेकी जिल्लाका पर्यटकको गन्तव्य बन्दै गएको छ।

देवचुली नगरपालिकाको दुर्गम गाउँ भनेर चिनिने यहाँ  सडक, विद्युत्, खानेपानीको उपलब्धताले यहाँको विकासमा टेवा पुर्‍याएको देवचुली-६ का वडाध्यक्ष मीनबहादुर सोतीले बताए।

“विकासका विभिन्न पूर्वाधार निर्माणले यसको विकासमा सहयोग पुग्यो, राजमार्गको सहज पहुँच भयो, यो सँगै क्रमशः सुविधाजनक होटल खुल्न थाले, विस्तारै धेरै पर्यटकको रोजाइमा कुमसोत पर्न थाल्यो”, उनले भने।

आन्तरिक पर्यटक गर्मीको समयमा गर्मी छल्न पनि कुमसोत पुग्ने गरेका छन्। बिदाको दिन तथा चाडपर्वको समयमा कुमसोतमा उल्लेख्य रूपमा आन्तरिक पर्यटक आउने गरेको वडाध्यक्ष सोतीले बताए।

आन्तरिक र बाह्य पर्यटक भित्र्याउन योजना बनाई काम गरिरहेको उनले जानकारी दिए। उनका अनुसार मगर समुदायको बस्ती रहेको कुमसोत र नजिकै रहेको कीर्तिपुरमा मगर कला संस्कृति जगेर्ना गर्ने, कुमसोत कीर्तिपुर हुँदै नवलपुरको अग्लो पहाड जाने बाटोको स्तरोन्नति गर्ने योजनाका साथ काम अघि बढाइएको छ।

प्राकृतिक मनोरमस्थल भएकाले यसलाई पर्यटनसँग जोड्ने र पर्यटनलाई आर्थिक उपार्जनसँग जोड्दै जाने आफूहरूको योजना रहेको उनले बताए।

कुमसोत र जिल्लाकै अग्लो डाँडो देवचुलीको काखमा पर्ने कीर्तिपुरको विकासको प्रमुख आधार पर्यटन हुन सक्ने भएकाले सोहीअनुसारका काम वडा तथा नगरस्तरबाट बढाउँदै लैजाने वडाध्यक्ष सोतीले बताए।

पालिकाभित्रको प्रमुख पर्यटकीयस्थलका रूपमा देवचुली डाँडो पर्ने र यो सँगै जोडिएका कुमसोत र कीर्तिपुरमा समेत पर्यटनको प्रचुर सम्भावना भएकाले नगरस्तरबाट यस क्षेत्रमा थप पूर्वाधार विकास लगायतका काम अघि बढाउँदै लैजाने नगरप्रमुख हरिप्रसाद न्यौपानेले जानकारी दिए।

कुमसोतलाई  जिल्लाको पहाडी क्षेत्रको प्रवेशद्वारका रूपमा समेत लिइन्छ। यही स्थान हुँदै जिल्लाको पहाडी क्षेत्रमा पर्ने  पालिका बौदीकाली, बुलिङटार र हुप्सेकोट गाउँपालिकाको केही वडा पुग्न सकिन्छ। जिल्लाको तराई क्षेत्र र पहाडी क्षेत्रलाई जोड्ने स्थलका रूपमा समेत रहेको कुमसोतमा पर्यटकको आगमन बढ्दै गएकामा आफूहरु उत्साहित बनेको वडाध्यक्ष सोतीले बताए।  
अर्को समाचार
नयाँ वर्ष मनाउन भेडेटारमा आन्तरिक र बाह्य पर्यटकहरुको घुइँचो
१७ पौष २०७८
•
२ मिनेट पाठ
नयाँ वर्ष मनाउन भेडेटारमा आन्तरिक र बाह्य पर्यटकहरुको घुइँचो
अंग्रेजी नयाँ वर्ष २०२२ को पहिलो दिन शनिबार भेडेटारमा आन्तरिक तथा बाह्य पर्यटकहरु। तस्बिरः नागरिक
अंग्रेजी नयाँ वर्ष २०२२ लाई स्वागत गर्न पूर्वको प्रमुख पर्यटकीयस्थल भेडेटारमा पर्यटकहरुको भीड लागेको छ। नवौं फुड फेस्टिवल चलिरहेको कारण पनि पर्यटकहरुलाई भेडेटारले आकर्षित गरेको हो। भेडेटारका होटल तथा लजहरुमा शुक्रबारदेखि नै पर्यटकहरुको आगमन बढेको थियो।




नयाँ वर्षको अघिल्लो दिन शुक्रबारदेखि नै होटल तथा लजहरु प्याक भएको होटल एशोसिएशसन भेडेटारका अध्यक्ष जितेन्द्र रुम्दालीले जानकारी दिए। उनका अनुसार नयाँ वर्षको पहिलो दिन शनिबार भेडेटारमा थामिनसक्नु पर्यटकहरुको घुइँचो लागेको छ। आन्तरिकसँगै भारतीय पर्यटकहरु पनि उल्लेख्य संख्यामा आएको उनले बताए। अध्यक्ष रुम्दालीले भने,‘आज शनिबार मात्र १० हजार जति पर्यटकहरु भेडेटारमा आए, भारतीय पर्यटकहरु पनि राम्रो संख्यामा आएका छन्।’

भेडेटारमा शुक्रबारदेखि फुड फेस्टिवल शुरु भएको छ। फेस्टिवलमा आउने पर्यटकहरुलाई होटल तथा लजहरुले १० प्रतिशत छुट दिएका छन् भने जिपलाइनमा १५ प्रतिशत र प्याराग्लाइडिङमा ३० प्रतिशत छुट दिएका छन्। अघिल्लो २ वर्ष कोरोना संक्रमणले फेस्टिवल गर्न नपाएका भेडेटारका पर्यटन व्यवसायीहरु यसपालि भने पर्यटकहरुको आगमनले उत्साहित छन्। होटल मेजेस्टिका सञ्चालक आशिष राई भन्छन्,‘यसपालि पर्यटकहरुको आगमन राम्रो नै भयो, यसले उत्साह थपेको छ।’

भेडेटारमा नयाँ वर्ष मनाउन आउने पर्यटकहरुको गाडीले ट्राफिक जामसमेत भएको थियो। साँझ तिर मात्र यातायात आवागमनमा सहजता भएको भेडेटारका ट्राफिक इञ्चार्ज राजन श्रेष्ठले जानकारी दिए। भेडेटारमा व्यवस्थित पार्किङको अभावले गर्दा पनि समस्या भएको हो। व्यवसायीहरुले धेरै अघिदेखि व्यवस्थित पार्किङको माग गर्दै आएपनि पूरा भएको छैन।

सुनसरी र धनकुटाको सिमानामा अवस्थित भेडेटार प्रदेश १ को प्रमुख पर्यटकीय गन्तव्यमा पर्छ। भेडेटारका पर्यटन व्यवसायीहरुले अंग्रेजी नयाँ वर्ष मनाउन आउने पर्यटकहरुको बसाई लम्ब्याउन वर्षेनि फेस्टिवल अयाेजना गर्दै आएका छन्। बिशेष गरि भारतीय पर्यटकहरुलाई लक्षित गरेर फेस्टिवल आयोजना भएको हो।

तीन दिने फेस्टिवलमा २० देखि ३० हजार पर्यटकहरु भेडेटार घुम्न आउने र १ करोड बराबरको कारोबार हुने आयोजकको अपेक्षा छ। फेस्टिवलमा भेडेटार क्षेत्रमा उत्पादन भएको अर्गानिक खानेकुरा, कृषि, घरेलु उत्पादनको प्रवर्द्धन तथा स्टलहरु छन्। प्रत्येक दिन साँझ सांगीतिक कार्यक्रम पनि हुनेछ। भेडेटार घुम्न आउने पर्यटकहरुको लागि भेडेटार क्षेत्र र आसपासमा चार्ल्स भ्यु टावर, पाथीभारा देवी मन्दिर, शंखेश्वर महादेव र भेडेटार पार्क, थुम्किस्थित आत्माघर, नाम्जेको होम स्टे, सुर्योदय पार्क थुम्की, नमस्ते झरना, साँगुरीगढी, ओख्रे भ्यु टाँवर, राजारानीस्थित ध्वजे डाँडा, अजंगको वरको रुखलगायत पर्यटकीय गन्तव्यहरु पर्यटकको रोजाईका गन्तव्यहरु हुनेछन्।
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ३५ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस