मेचीको ‘लाइफ लाइन’ सडककै अवस्था नाजुक, मर्मतका नाममा करोडौं बजेट ‘बालुवामा पानी’
०७ असोज २०८०
•
३ मिनेट पाठ
मेचीको ‘लाइफ लाइन’ सडककै अवस्था नाजुक, मर्मतका नाममा करोडौं बजेट ‘बालुवामा पानी’
मेची राजमार्गको माइखोला–गोलाखर्क खण्डको बिग्रिएको मेची राजमार्ग।
मेचीको ‘लाइफ लाइन’ मेची राजमार्गको इलाम नगरपालिका–९ स्थित माइखोला–गोलाखर्क भञ्ज्याङ खण्डमा मर्मतका नाममा बर्सेनि करोडौं रुपैयाँ खर्च भइरहेको छ। तर, झापादेखि इलाम हुँदै पाँचथर र ताप्लेजुङ आऊ–जाऊ गर्ने मुख्य मार्गमै हिउँद र बर्खा सवारीका साधन सहज रूपमा गुड्न सक्दैनन्।




यो खण्डको करिब एक किलोमिटरभित्रमै मोटो रकम मर्मतका नाममा खर्च भइसकेको छ। तर, यो खण्डका दुई–तीन ठाउँमा राजमार्ग भासिने समस्याले सवारीका साधन गुड्न जटिल हुने गरेको हो। दुई दिनयता यो खण्ड फेरि बिग्रिएपछि सवारीका साधन अलपत्र परेका छन्।

हिलोमा चक्का भास्सिएपछि सवारीका साधन दिउँसो निकै कष्टले चलिरहेका छन् भने रातको समय यो खण्डबाट सवारी पास हुन असम्भव झैं भएको छ। यात्रुवाहक सवारीका साधन चलाउन समस्या छ भने मालवाहक सवारी साधन पास हुन निकै कष्ट छ।

करिब दशक यता यो खण्ड बर्सेनि बिग्रिने र मर्मत गर्ने काम भइरहेको छ। डिभिजन सडक कार्यालयले अहिलेसम्म यही खण्डको मर्मतका लागि मात्रै आठ करोड रुपैयाँभन्दा बढी खर्च गरिसकेको अनुमान छ। तर, सडक सुध्रिनुको साटो झन्–झन् बिग्रिरहेको छ। पछिल्लो समय ग्राभेलका नाममा माटो मात्रै प्रयोग भएपछि एक–दुई पटक पानी आउँदै सडक हिलामय भएर सवारी बन्द हुने अवस्था आएको हो।

गत आर्थिक वर्ष यो खण्डसमेत पर्ने माइखोला–बिब्ल्याँटे सडक मर्मतका लागि डिभिजनले ७२ लाख रुपैयाँमा ठेक्का लगाएको थियो। तर, यो खण्डमा चाहिँ यसअघिका वर्षहरूमा पनि सामान्य मर्मतदेखि ‘रक एन्करिङ’ सम्ममा मोटो रकम खर्च भएको छ। तर, सडक भास्सिएर हरेक बर्खा हिलो हुने गरेको छ भने हिउँदमा धुलोले गाडीको टायर डुब्ने गरेको सवारी चालकको गुनासो छ।

यो खण्डमा सवारी गुडाउँदा सडक बिग्रिएर दुर्घटनाको जोखिम पनि बढेको चालक साङ्गे तामाङले बताए। ‘यहाँ कहिल्यै मर्मत गर्न पनि छाड्दैनन्, सडक कहिल्यै राम्रो पनि हुँदैन,’ उनले भने, ‘अहिले फेरि यो ठाउँ असारको जस्तो हिलो भएको छ, पर्यटक बोकेका सवारी साधनसमेत छिचोलेर जान सकेका छैनन्।’

इलाम उद्योग वाणिज्य संघ अध्यक्ष तथा युवा व्यवसायी कृष्ण पौडेलले यो खण्ड बिसौँ वर्षदेखि चुनावी एजेन्डा र जिल्लाका तालुकदार अड्डाको छलफलको विषय बन्ने गरे पनि सडकको हालत उस्तै रहेको बताए।

‘जनताले कुटो–कोदालो बोकेर खोस्रेर नबन्ने, सरोकारवाला सबै आदेश मात्र दिने तर कहिल्यै दीर्घकालीन रूपमा मर्मत नगर्ने, बाटोको किलोमिटर हेरेर भाडा निर्धारण हुनुपर्छ भन्ने, दुई महिना कुद्ने टायर एक पटक घोटिँदा सकिने, वर्ष दिनको टुटफुट एकैछिनमा निस्किने। यो पीडा कसलाई भन्ने ? कति भन्ने ?’ उनले भने, ‘पर्यटकीय जिल्लामा प्रवेशसँगै कुट्टो–कोदालो बोकेर, फोर ह्विल गाडी चढेर, गमबुट लाएर आउनुहोला भनेर भन्ने अवस्था आयो। अब त लाज पनि लजाउने बेला भो।’
पौडेलले बरु मर्मत गर्ने स्रोत–साधन नभए ‘हामी गर्न सक्दैनौं’ भन्न सरोकारवाला कार्यालयलाई चुनौती समेत दिए। ‘यो बाटो उपलब्धिहीन कमाइखाने थलो नबनाइयोस्,’ उनले भने।

ग्राभेल हालेको ठाउँमा ट्रक फसेपछि राजमार्ग अवरुद्ध बनेको डिभिजन सडक कार्यालयका उद्धव अधिकारीले बताए। ‘गाडी फसेको थाहा पाएपछि हामीले फेरि ग्राभेल हालेर मर्मत गरिरहेका छौं,’ उनले भने, ‘अहिले गाडी सञ्चालन हुन सहज हुँदैछ।’

बर्खा लाग्ने बेला मेची राजमार्ग मर्मत गरिए पनि गत असारमा दुई महिना नपुग्दै भत्किन थालिसकेको थियो। असार अघि मात्र मर्मत गरिएको माइखोला–फिक्कलतर्फको खण्डका दर्जनौं ठाउँमा मेची राजमार्ग क्षत–विक्षत भइसकेको छ। मर्मतका नाममा फेरि माटो हाल्दा कालोपत्रे सडक झनै हेरि नसक्नु भएको छ।

माइखोला–बिब्ल्याँटे खण्डको कुलधारा–धोबीधाराबीचको भाग (पहिरो गएको) पनि कालोपत्रे गरेको केही महिनाभित्रै हिलामय भइसकेको छ। २०७८ सालमा पहिरोसँगै बगेको यहाँको करिब ३० मिटर सडक लामो समय लगाएर मर्मतसँगै भर्खरै कालोपत्रे गरिएको थियो। तर, कालोपत्रे गरेको ठाउँमा खाडल परेर गाडी चलाउनै समस्या छ।

राजमार्गको माइखोला–गोलाखर्क भञ्ज्याङ सडक वर्षाैंदेखि बिग्रिए पनि यो रुटकै विकल्प खोज्नु आवश्यक भएको जिल्लाका सरोकारवाला बताउँछन्। तर, उपयुक्त विकल्प नहुँदा राजमार्ग जति मर्मत गरे पनि भास्सिनेक्रम रोकिन नछाडेको हो।
अर्को समाचार
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
५२ मिनेट अघि
•
१ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
जुम्ला। बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।




गुठीचौर गाउँपालिका-१, मणिसाँघुका ४६ वर्षीय कालीबहादुर रोकायालाई प्रहरीले शनिबार पक्राउ गरेको हो। गत मंसिर ८ गते बालिकालाई उपचार गर्ने बहानामा यातना दिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान थालेको थियो।

जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरी टोलीले रोकायालाई मणिसाँघुबाट नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पुर्‍याएको हो। उनीमाथि अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक तथा प्रवक्ता शालिकराम खनालले जानकारी दिए।

उनका अनुसार अन्धविश्वास तथा रूढिवादी अभ्यासका नाममा हुने यस्ता गतिविधिप्रति प्रहरी संवेदनशील छ। यस्ता कार्यमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याइने उनले बताए। साथै, यस्ता गतिविधिबारे जानकारी भए नजिकको प्रहरी कार्यालय वा १०० नम्बरमा खबर गर्न प्रहरीले आग्रह गरेको छ।
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
यो पनि पढौँ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस