अश्लील गतिविधि गर्ने अधिकृतलाई कारबाही सिफारिस,महिलाको जिम्मेवारी खोसियो
२२ भदौ २०८०
•
३ मिनेट पाठ
अश्लील गतिविधि गर्ने अधिकृतलाई कारबाही सिफारिस,महिलाको जिम्मेवारी खोसियो
पालिकामै पत्रकार सम्मेलन गर्दै माइजोगमाई गाउँपालिका अध्यक्ष कुशबहादुर थेबे । तस्बिर: भीम/नागरिक <br>
माइजोगमाई गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत काजीमान राईलाई विभागीय कारबाही सिफारिस गरिएको छ। लेखा अधिकृत महिलासँग शाखाको कार्यकक्षमै अश्लील गतिविधि गरेको भनिएको भिडियो बाहिरिएपछि राईलाई कारबाहीका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सिफारिसको निर्णय गरिएको हो।




गाउँ कार्यपालिका बैठकले घटनामा संलग्न लेखा अधिकृतलाई तत्कालका लागि जिम्मेवारीमुक्त गर्ने र सात दिनको म्याद दिई स्पष्टीकरण सोध्ने निर्णय पनि गरेको पालिका अध्यक्ष कुशबहादुर थेबेले जानकारी दिए । ‘ती कर्मचारीको हर्कतले सिङ्गो गाउँपालिका परिवार दुःखी भएको छ,’ पालिकामै आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष थेबेले भने, ‘यो घटनाले गाउँपालिका, जनप्रतिनिधि, कर्मचारी र गाउँवासीको मान–प्रतिष्ठामा आँच पुगेको, मानमर्दन भएको हामीले महसुस गरेका छौँ।’ 

मंगलबार बाहिरिएको भिडियो सिसिटिभीको हो वा होइन र कसरी बाहिरियो भन्नेबारे सत्य–तथ्य पत्ता लगाउन मन्त्रालयलाई नै छानबिनका लागि अनुरोध गर्ने निर्णय पनि बैठकले गरेको छ । पालिकाको पुरानो भवनमा साउन १८ मा भएको आगलागीको घटना छानबिन गर्न पालिका अध्यक्षकै अध्यक्षतामा साउन २१ मा समिति गठन भएपनि अहिलेसम्म कुनै तथ्य बाहिर आउन सकेको छैन। ‘आगलागीको घटना छानबिन गर्न समितिमा विज्ञ प्राविधिक समेत आवश्यक परेकाले उनकै परामर्शमा अध्ययन प्रतिवेदन तयार गरिनेछ,’ उनले भने। 

अश्लील क्रियाकलापको भिडियो बाहिर आएपछि प्रमुख प्रशासकीय अधिकृत राईले पाएको ‘इन्टिग्रिटी आइकन अवार्ड–२०१९’ समेत खोसिएको थियो । एकान्टबिलिटी ल्याबका सहायक निर्देशक सुरेश चन्दले बिहीबार विज्ञप्ति जारी गरी राईले पाएको अवार्ड रद्द गरिएको जानकारी दिएका थिए । राईले इलामकै चुलाचुली गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत हुँदा यो अवार्ड पाएका थिए । तर, चुलाचुलीकै प्रमुख प्रशासकीय अधिकृत रहेका बेलासमेत राईले एक महिलालाई यौन दुर्व्यवहार गरेको आरोप लागेको थियो । घटना बाहिर आउन नदिई दुवै पक्षलाई राखेर ‘सामसुम’ पारिएको थियो। 

राई अहिले माइजोगमाई गाउँपालिकाबाट सरुवा भइसकेका छन् । प्रदेश मन्त्रालयमा सरुवा भएका राई त्यहाँबाट पनि झापाको बाहदशी गाउँपालिका सरुवा गएका छन् । तर, उनलाई माइजोगमाईको घटनाको सिसिटिभी फुटेज बाहिरिएपछि बाहदशीमा पनि हाजिर गर्न रोक लगाइएको छ। सरुवा भई भदौ १४ मै बाहदशी पुगेका राईलाई शुक्रवार बसेको कार्यपालिका बैठकले आइन्दा हाजिर गर्न नदिई फिर्ता पठाउने निर्णय गरेको पालिकाले जनाएको छ। 

गत असारमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत राई र लेखाकी कर्मचारीले लेखाको कार्यकक्षमा अश्लील क्रियाकलाप गरेको दाबी गरिएको सिसिटिभी फुटेज मंगलबार बाहिरिएको थियो । भिडियो सामाजिक सञ्जालमा ‘भाइरल’ बनिरहेको छ। सार्वजनिक भिडियोमा चुम्बन गरेका, हात समाएको, अँगालो हालेको र नगद लेनदेन समेत गरेको देखिन् । 

केही साताअघि गाउँपालिकाको कार्यालयमा आगलागीसमेत भएको थियो । तर, तत्कालै आगो नियन्त्रणमा लिइएपछि  धेरै क्षति हुन पाएको थिएन । केही स्थानीयले पालिकाको कार्यालयमा आगलागी भएको नभई आर्थिक अनियमितता र यौन क्रियाकलाप ढाकछोप गर्न कर्मचारीले नै आगजनी प्रयास गरेको भन्दै सामाजिक सञ्जालमा विरोध जनाएका थिए। 

नेपाली कांग्रेस गाउँपालिका समितिले विज्ञप्ति जारी गरी घटनाको गहन छानबिन गर्न र सत्य–तथ्य बाहिर ल्याउन अनुरोध पनि गरेको छ । पालिका सभापति नरेन्द्रकुमार देवानले विज्ञप्ति जारी गरी दोषीमाथि कडा कारबाही गर्न तथा पालिकाको गोप्य सिसिटिभी फुटेज बाहिर ल्याउने विषयमा समेत शंका पैदा भएको उल्लेख गरेका छन्।
अर्को समाचार
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
२ घण्टा अघि
•
१ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
जुम्ला। डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।




नागरिकता प्रमाणपत्रलगायत जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने सेवा उपलब्ध गराउने उद्देश्यले धोमा इलाका प्रशासन कार्यालय स्थापना गरिएको छ।यसअघि शे–फोक्सुण्डो, छार्काताङसोङ र डोल्पोबुद्ध गाउँपालिकाका नागरिक प्रशासनिक कामका लागि दुनै पुग्न बाध्य थिए।

भौगोलिक विकटताका कारण सेवा लिनै २५ देखि ३० हजार रुपैयाँसम्म खर्च गर्नुपर्ने अवस्था थियो। अब धोमा कार्यालय स्थापना भएपछि तीनवटै स्थानीय तहका नागरिकलाई प्रशासनिक सेवा लिन सहज हुने भएको छ।

इलाका प्रशासन कार्यालयका प्रमुख पदमबहादुर शाहीको अध्यक्षता तथा डोल्पोबुद्ध गाउँपालिकाका अध्यक्ष कार्मा छोइवेल गुरुङले कार्यालय उद्घाटन गरेका हुन्।

जिल्ला प्रशासन कार्यालय डोल्पाले २०८० असोज २५ गते गृह मन्त्रालयलाई पत्राचार गर्दै माथिल्लो डोल्पामा इलाका प्रशासन कार्यालय स्थापना गर्न प्रस्ताव गरेको थियो। २०८० चैत ५ गते मन्त्रालयलाई पठाइएको अर्को पत्रमा तीनवटै स्थानीय तहका नागरिकको प्रशासनिक पहुँच सहज बनाउन धोमा कार्यालय स्थापना गर्नुपर्ने आवश्यकता औंल्याइएको थियो।

जिल्ला प्रशासन कार्यालयका अनुसार शे–फोक्सुण्डोमा एक हजार ९४२, छार्काताङसोङमा आठ हजार ७४२ र डोल्पोबुद्धमा एक हजार २५६ जनसंख्या छ। भौगोलिक विकटताका कारण लामो समयदेखि प्रशासनिक सेवाबाट कठिनाइ भोगिरहेका यी क्षेत्रका नागरिकका लागि कार्यालय स्थापना राज्यको सेवा गाउँसम्म पुर्‍याउने महत्वपूर्ण कदम बनेको छ।
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock २० मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस