सर्पको टोकाइबाट सुत्केरीसहित दुई महिलाको मृत्यु
२० भदौ २०८०
•
१ मिनेट पाठ
सर्पको टोकाइबाट सुत्केरीसहित दुई महिलाको मृत्यु
रुकुम पश्चिममा सर्पको टोकाइबाट सुत्केरीसहित दुई महिलाको मृत्यु भएको छ।जिल्लाको चौरजहारी नगरपालिका–१३ रातामाटाकी २२ वर्षीया सुत्केरी विनिता ओली विष्ट र जिल्लाको सानीभेरी गाउँपालिका–१ जगल गाउँकी ६१ वर्षीया गङ्गी पुनको मृत्यु भएको हो।




सुत्केरी २२ वर्षीया विष्टलाई मङ्गलबार दिउँसो बारीमा गाईवस्तुलाई घाँस काट्ने क्रम सर्पले टोकेको थियो।सोही दिन राति विष्टले छोरीलाई जन्म दिएकी थिइन तर सुत्केरी आमाको रक्तश्राव नरोकिएपछि उपचारका लागि चौरजहारी अस्पताल लगिएको थियो।सर्पको विष शरीरमा फैलिएको र रक्तश्रावका कारण आज बिहान मुत्यृ भएको चौरजहारी अस्पतालका प्रशासक डिलबहादुर गिरीले बताए।

शिशुको पनि अवस्था गम्भीर रहेकाले रेफर गर्न लागिएको अस्पतालले जनाएको छ।शिशु जन्मने अवधि कात्तिक महिना भए पनि समय नपुग्दै शिशुको जन्म मङ्गलबार नै भएको थियो।

गङ्गी पुनलाई भने सर्पले भदौ ४ गते नै टोकेको थियो।सर्पले टोकेपछि पुनलाई चौरजारी अस्पताल हुँदै प्रादेशिक अस्पताल सुर्खेत पु¥याइएको थियो।अस्पतालबाट गाउँमै उपचार गर्ने भनेर घर परिवारले घर ल्याएको चार दिनपछि पुनको हिजो घरमै मृत्यु भएको वडाध्यक्ष टेकबहादुर पुनले जानकारी दिए।
अर्को समाचार
तीन ठाउँमा कार्यकर्ताबीच दोहोरो झडप
२४ वैशाख २०७९
•
३ मिनेट पाठ
तीन ठाउँमा कार्यकर्ताबीच दोहोरो झडप
चुनाव नजिकिँदै जाँदा रुकुम (पश्चिम) मा हप्तादिनभित्र माओवादी केन्द्र र नेपाली कांग्रेसका कार्यकर्ताबीच दोहोरो झडप तीन ठाउँमा भएको छ। आठविसकोट –८, त्रिवेणी गाउँपालिका र चौरजहारी नगरपालिकामा झडप भएको हो। जसका कारण चुनाव शान्तिपूर्ण नहुने आंशका गरिएको छ।




माओवादी केन्द्रका कार्यकर्ताहरु एक गाउँदेखि अर्को गाउँमा पसेर कांग्रेसको चुनावी गतिविधि रोक्न लागेको आरोप कांग्रेसले लगाएको छ। आफ्ना चुनावी कार्यक्रम रोक्न माओवादी कार्यकर्ताहरुले लुटपाटदेखि भौतिक आक्रमणमा उत्रिएको आरोप कांग्रेसले लगाएको छ।

जसका कारण हप्ता दिनदेखि रुकुम (पश्चिम) शान्त छैन्। माओवादीले कुनै रुकुमा भएको घटनाको प्रतिक्रिया समेत दिएको छैन्। शुक्रबार राती रूकुम (पश्चिम) को चौरजहारीमा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ।

कांग्रेसको चुनावी कार्यक्रम विथोल्न माओवादी कार्यकर्ता पुगेपछि दुई पक्षबीच झडप हुँदा पाँच जना घाइते भएका हुन्। चुनाव गतिविधिका क्रममा चौरजहारी नगरपालिका –१ घारीगाउँमा माओवादी र कांग्रेस कार्यकर्ताहरुबीच झडप भएको हो।

कांग्रेस चौरजहारी नगरपालिका –१ का सभापति योगेश विष्ट, तरुण दल चौरजहारीका अध्यक्ष त्रिलोचन गिरी, कांग्रेस कार्यकर्ता मनबहादुर बिक र वाइसिएलका रुवराज विष्ट र समीर स्वर्णकार घाइते भएको जिल्ला प्रहरी कार्यालय रूकुम (पश्चिम) का प्रहरी प्रमुख (डिएसपी) विष्णुप्रसाद सोतीले बताए।

घाइते बिष्ट र बिकको टाउकोमा गम्भीर चोट लागेकाले थप उपचारका लागि नेपालगन्ज रिफर गरिएको जनाइएको छ। अन्य घाइतेहरुको चौरजहारीस्थित मिसन अस्पतालमा उपचार भइरहेको छ। ईलाका प्रहरी कार्यालय चौरजहारीबाट घटनामा संलग्नहरूको खोजी गर्न प्रहरी परिचालन गरिएको छ।

त्यस्तै माओवादी कार्यकर्ताहरु एक गाउँबाट अर्को गाउँ गएर कांग्रेस कार्यकर्तामाथि आक्रमण गर्दा पनि प्रहरी मुकदर्शक बनेको नेपाली कांग्रेसका नेता कार्यकर्ताहरुको आक्रोश रहेको छ। रुकुम माओवादीको पटक क्षेत्र हो। रूकुम (पश्चिम)मा नेपाली कांग्रेसको पक्षमा चुनावी माहोल बलियो देखेर माओवादी केन्द्रले विभिन्न तवरले आफ्ना कार्यकर्तामाथि आक्रमण गर्ने गरेको रुकुम कांग्रेसले एक विज्ञप्तीमा भनेको छ।

आठविसकोट नगरपालिका– ८ का उम्मेदवार चन्द्रबहादुर बुढा लगायतका कांग्रेस नेताहरुमाथि आक्रमण गरेको र त्रिवेणी गाउँपालिका उपाध्यक्षले प्रयोग गरेको गाडी कब्जामा लिएको र अध्यक्ष उम्मेदवार अमरसिंह खड्काले प्रयोग गरेको गाडी तोडफोड गरेको गरी घर आगजनी गर्ने प्रयास गरेर गरगहना लुटपात गरेको आरोप रुकुम कांग्रेसले विज्ञप्ती जारी गरेर गरेको छ।

त्रिवेणीमा माओवादी आक्रमणबाट कृष्ण पुन, विरबहादुर ओली, दुर्गाबहादुर ओली, विरबहादुर ओली, झुपलाल ओली, नविन खड्का र चित्र खड्कालगायतका आफ्ना कार्यकर्ताहरु घाइते भएको रुकुम (पश्चिम) कांग्रेसले विज्ञप्तीमा जनाएको छ। त्रिवेणीमा माओवादी कार्यकर्ताले नुवाकोट प्रहरी चौकीमा समेत आक्रमण गरेको थियो।

‘कांग्रेसको पक्षमा रुकुममा माहोल राम्रो बन्दै गइरहेको बेला माओवादीहरु लुटपाट र भौतिक आक्रमण निस्किएका छन्।’ नेपाली कांग्रेस रुकुम (पश्चिम) का सभापति प्रेम प्रकाश ओलीले एक विज्ञप्ती जारी गरेर भने, घटनामा संग्लग्न व्यक्तिलाई तत्काल कारबाही गर्नु र शान्ति सुरक्षाका लागि अपिल गर्दै आफ्ना कार्यकर्तालाई धम्कीबाट विचलित नहुँन र उच्च मनोवलका साथ चुनावी मैदानमा खटिन अनुरोध गरिएको छ।’ कर्णालीप्रदेश प्रहरी कार्यालय सुर्खेतबाट डिएसपीको नेतृत्वमा छानविन र शान्ति सुरक्षाको लागि थप टोली रुकुम पुगेको छ।
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock २३ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस