कालिकोटको खाँडाचक्र नगरपालिका –१० की एक सुत्केरी महिलाको हेलिकोप्टरद्वारा उद्धार गरिएको छ। स्वास्थ्य चौकी पाखामा सुत्केरी भएकी वर्ष २० की विमला गोरालको हेलिकोप्टरमार्फत उद्धार गरी सुर्खेत लगिएको हो।
सुत्केरीपछि शरीरमा रगतको मात्रा घट्दै गएको र रगत बग्न नरोकिएपछि नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरी उनलाई प्रदेश अस्पताल सुर्खेत लगिएको छ। प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीले समयमै उद्धार भएकाले सुत्केरी गोराल र बच्चाको ज्यान जोगिएको बताए।
स्वास्थ्य चौकी पाखाका इन्चार्ज नयाँबहादुर विष्टले अस्पतालमा छोराको जन्म ‘नर्मल’ भए पनि ४२ हप्ता नाघिसकेका कारणले आमाको पाठेघरमा इन्जुरी भएकाले रगत बग्न नरोकिएको बताए।
गोरालको शरीरमा रगतको मात्र ८ प्वाइन्ट मात्र थियो। रगत बग्न समेत नरोकिएपछि आपत्कालीन हेलिकोप्टरमार्फत उद्धार गरिएको चिकित्सकको भनाइ छ। अहिले गोराल खतरामुक्त भएकी छन्। स्वास्थ्य चौकी नजिक हेलिप्याडको व्यवस्थापन नहुँदा जनज्योति माविसम्म बिरामीलाई स्टेचरमा राखेर लग्नुपरेको थियो।