मोरङको केराबारीबाट ९ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालका अनुसार केराबारी गाउँपालिका–५ का ५० वर्षीय लोकबहादुर लिम्बूलाई बालिका बलात्कार गरेको आरोपमा मंगलबार राति पक्राउ गरिएको हो।
लिम्बूविरुद्ध इलाका प्रहरी कार्यालय बेलबारीमा बालिकालाई बलात्कार गरेको किटानी जाहेरी परेपछि पक्राउ गरेको डिएसपी दाहालले बताए।
मंगलबार राति १० बजेतिर लिम्बूलाई उनकै घरबाट पक्राउ गरिएको हो। बेलबार प्रहरी कार्यालयमा राखेर घटनाको थप अनुसन्धान अघि बढाइएको छ। लिम्बूविरुद्ध जबरजस्ती करणी मुद्दामा म्याद थप्ने र बालिकाको स्वास्थ्य परीक्षणको तयारी थालेको प्रहरीले जनाएको छ।