इलाम बजारका विभिन्न पसलमा खाना पकाउने ग्यास अनुमति नै नलिई विक्री भइरहेको पाइएको छ। अनुमति विना ग्यास बेच्ने दुई पसललाई बेच्न रोक लगाइएको छ।
जिल्ला प्रशासन कार्यालयले गरेको अनुगमनमा इलाम कुलधाराको एउटा र जिरो किलोमिटरमा रहेको अर्को पसलमा विक्रीका लागि राखिएका भरी र खाली सिलिन्डरसमेत कारोबार गर्न रोक लगाइएको हो।
कुलधाराको पसलमा भरिएका ५१ र खाली दुई सय दुई तथा जिरो किलोमिटरको पसलमा भरिएका ९८ र खाली छ सिलिन्डर ग्यास राखेकै ठाउँमा ‘सिल’ गरिएको सहायक सिडिओ ध्रुवप्रसाद कोइरालाले बताए।

‘विक्रेताले ग्यास बेच्ने अनुमति नलिएकाले विक्री बन्द गराइएको छ र प्रशासनमा हाजिर हुन बोलाइएको छ,’ उनले भने, ‘विभिन्न डिलर र पसलबाट म्याद नाघेका १३ सिलिन्डरसमेत बरामद गरिएको छ।’उनले खानेपानीको मिति उल्लेख नभएका खानेपानीको चार जार पनि बरामद गरिएको जानकारी दिए। कतिपय सिलिन्डर म्याद नाघेका, कुनै म्याद स्पष्ट नदेखिने अवस्थामा पाएको अनुगमन टोलीले जनाएको छ।