धारापानीमा ‘एक घर, एक धारा’
०३ भदौ २०८०
•
२ मिनेट पाठ
धारापानीमा ‘एक घर, एक धारा’
म्याग्दी, जिल्लाको धवलागिरि गाउँपालिका-७ धारापानीमा ‘एक घर, एक धारा’सहितको खानेपानी आयोजना निर्माण भएको छ। खानेपानी,जलस्रोत तथा सिंचाइ डिभिजन कार्यालय म्याग्दीले धारापानीमा निजी धारा जडित खानेपानी आयोजना निर्माण भएको हो। एक करोड रुपैयाँभन्दा बढीको लागतमा निर्माण भएको आयोजनाबाट दुई सय १४ घरमा निजी धारा जडान गरेर खानेपानी वितरण गरिएको धारापानी खानेपानी आयोजनाको उपभोक्ता समितिका अध्यक्ष फतबहादुर खत्रीले बताए।




‘आर्थिक वर्ष २०७३/७४ मा विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार भएकामा २०७७/७८ देखि निर्माण सुरु भएको थियो’, उनले भने, ‘यो आयोजनाको काफलडाँडा र बगरको स्किम यसअघि नै निर्माण सकिएको थियो। धारापानीमा सबै घरमा धारा जडान गरेर खानेपानी वितरण भएको छ।’

धारापानीकी मञ्जु थापाले घरमै जडान भएको धारामा नियमित खानेपानी आपूर्ति हुन थालेपछि समयको बचत र झन्झट हटेको बताए।

‘पहिले सार्वजनिक धाराबाट पानी ल्याउन पालो कुर्नुपर्ने थियो’, उनले भने, ‘घरमै धारा बनेपछि खानेपानीका कारणले विवाद हुन छाडेको छ।’

यसअघि सार्वजनिक धारामार्फत खानेपानी वितरण हुने आयोजनाको संरचना जीर्ण हुँदा नियमित खानेपानी आपूर्ति नहुने समस्या थियो। धारापानीका बासिन्दा खानेपानी लिन, स्नान र कपडा धुन पँधेरा भन्ने ठाउँमा पुग्ने गर्दथे।

उपभोक्ताको श्रमदानबाहेक एक करोड ११ लाख ९८ हजार दुई सय ४२ रुपैयाँको लागतमा आयोजना निर्माण भएको खानेपानी, जलस्रोत तथा सिंचाइ डिभिजन कार्यालय म्याग्दीले जनाएको छ।

कार्यालयका प्रमुख सुरेन्द्र पौडेलले अनुमानित लागतभन्दा कम खर्चमा आयोजना निर्माण सकिएको बताए।

‘एक करोड ६५ लाख रुपैयाँ लागत अनुमान गरिएको थियो’, उनले भने, ‘ठेक्कामार्फत काम गर्ने हिसाबले तयार पारिएको लागत अनुमानमा उपभोक्ताले काम गर्दा कर, फिजिकल, आर्थिक प्रशासनिक परामर्श शीर्षकको खर्च घटेको छ।’

कुल लागतको २० प्रतिशत बराबर उपभोक्ताले श्रमदान गरेका छन्।

कोतखोलाको उत्तिसिनेमा मुहान रहेको आयोजनाको मुख्य पाइप लाइनमा ७५ एमएमको नौ हजार चार सय ९० मिटर पोलिथिन र एक हजार तीन सय आठ मिटर जिआइ पाइप जडान भएको छ। बीस हजार एक सय ३५ मिटर शाखा पाइप लाइन बनाइएको छ। मुख्य र शाखा पाइप लाइन खन्ने र पुर्ने काममा २९ लाख ७४ हजार आठ सय ९५ रुपैयाँ, पाइप र फिटिङका सामान खरिदमा २४ लाख ३२ हजार चार सय ६० रुपैयाँ खर्च भएको छ।

एक सय र २० घनमिटर क्षमताको रिजर्भ ट्यांकी, सामग्री भण्डारगृह, एकवटा डिसी र एकवटा विपिटीसहितका संरचना बनाउन ५७ लाख ९० हजार आठ सय ८६ रुपैयाँ खर्च भएको कार्यालयले जनाएको छ।
अर्को समाचार
पञ्चेश्वर परियोजना अब अघि बढ्ला?
२० चैत्र २०७८
•
४ मिनेट पाठ
पञ्चेश्वर परियोजना अब अघि बढ्ला?
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पञ्चेश्वर परियोजना तीव्र गतिले अगाडि बढाउनुपर्नेमा जोड दिइएको बताएका छन्।




प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा शनिबार नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा भएको दुई प्रधानमन्त्री बीचको भेटवार्तापछि आयोजित पत्रकार सम्मेलनमा मोदीले सो परियोजना लक्षित क्षेत्रको विकासका लागि ‘गेमचेन्जर’ सिद्ध हुने बताए।

देउवा–मोदी भेटवार्ता, प्रतिनिधिमण्डलस्तरीय छलफल र द्विपक्षीय सम्झौतापछि संयुक्त पत्रकार सम्मेलन आयोजना गरिएको थियो। प्रधानमन्त्रीस्तरीय भेटमा पञ्चेश्वर बहुद्देश्यीय परियोजनाबारे चर्चा चलेको यो पहिलोपटक भने होइन।

दुई दशक यता नेपालका प्रधानमन्त्रीहरू भारत जाँदा वा भारतीय प्रधानमन्त्रीहरू नेपाल आउँदा सो परियोजनाबारे चर्चा हुँदै आएको छ। तर परियोजनाले अहिलेसम्म खासै गति लिन सकेको छैन। परियोजनाले जुन आशा देखाएको थियो, त्यो अहिले समाप्तप्रायः छ। पछिल्ला चर्चाहरूले पनि परियोजना क्षेत्रका जनतालाई खासै उत्साहित तुल्याउने देखिँदैन।

महाकाली सन्धिको एक महत्त्वपूर्ण परियोजना

२६ वर्षअघि अर्थात् २०५२ साल माघ २९ गते नेपाल–भारत सरकारबीच बहुचर्चित महाकाली सन्धि सम्पन्न भएको थियो। सोही सन्धिभित्रको एउटा महत्त्वपूर्ण अंगका रूपमा पञ्चेश्वर परियोजना हो।

उक्त सन्धिमा दुवै देशको लगानीबाट बन्ने पञ्चेश्वर परियोजनाअन्तर्गत महाकाली नदीमा ३ सय १५ मिटर अग्लो बाँध बाँधेर बिजुली उत्पादन गर्ने र दुवै देशमा सिँचाइ सुविधा पुर्‍याउने लक्ष्य छ। परियोजनाबाट ६ हजार ७ सय २० मेगावाट विद्युत् निकाल्ने सकिने जनाइएको छ।

यसैकारण महाकाली सन्धिका पक्षधरहरू ‘परियोजना बनेपछि पश्चिमबाट सूर्य उदाउँछ’ भनेर भन्छन्। महाकाली सन्धि हुँदा नेपालमा देउवा नै प्रधानमन्त्री थिए। सन्धिमा देउवा र भारतका तत्कालीन प्रधानमन्त्री पिभी नरसिंह रावले हस्ताक्षर गरेका थिए।

सन्धिमा ६ महिनाभित्र पञ्चेश्वर परियोजनाको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार गर्ने, एक वर्षभित्रै लगानी जुटाउने र आठ वर्षमा परियोजना सम्पन्न गर्ने सयमसीमा तोकिएको थियो। त्यसपछि नेपालभित्रको राजनीतिक विवाद र भारतीय पक्षको आनाकानीका कारण परियोजना २६ वर्षसम्म ओझेलमा परेको हो।

देउवा आफैं महाकाली सन्धिमा हस्ताक्षरकर्ता भएकाले आफू प्रधानमन्त्री हुँदा सो परियोजनाको विषय कोट्याइरहन्छन्। अहिले पनि उनले भारत भ्रमणका बेला समकक्षी मोदीसँगको संवादमा समेत यो विषयलाई नै प्रमुख मुद्दा बनाएका हुन्।

‘उहाँ (प्रधानमन्त्री देउवा) पञ्चेश्वर परियोजनाबाट देशको आर्थिक विकास, त्यसमा पनि सुदूरपश्चिमको जीवनस्तर उकास्न सकिनेमा विश्वस्त हुनुहुन्छ। त्यसैले उहाँले आफ्नै जीवनकालमा यसलाई सञ्चालन गर्न चाहनुभएको हो,’ प्रधानमन्त्री देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाले भने, ‘यसपटक भारतीय प्रधानमन्त्रीलाई जसरी पनि यसमा प्रतिबद्ध बनाउँछु भनेर भ्रमणका निस्किनुभएको हो। त्यसकारण सो विषयमा गम्भीर छलफल भएको छ। छलफलकै आधारमा भारतीय प्रधानमन्त्री मोदीले पञ्चेश्वर परियोजनाबारे बोल्नुभएको हो।’

पञ्चेश्वर चर्चा

नेपाल–भारतको सीमा नदी रहेको महाकालीमा भारतले एकतर्फी रूपमा सन् १९५६ देखि नै अध्ययन सुरु गरेको देखिन्छ। त्यहीं अध्ययनपछि भारतले सन् १९७१ मा महाकालीबाट एक हजार मेगावाट विद्युत् उत्पादन गर्न सकिने निष्कर्ष निकालेको थियो।

त्यसपछि सन् १९९१ मा भारतले नै ३ सय १५ मिटर अग्लो बाँध बनाएर ६ हजार ४ सय ८० मेगावाट क्षमताको बनाउन सकिने प्रतिवेदन तयार पारेको थियो। सोही प्रतिवेदनअनुसार त्यसको पाँच वर्षपछि दुई देशबीच महाकाली सन्धि भएर पञ्चेश्वर बहुद्देश्यीय परियोजना निर्माण गर्ने समझदारी बनेको थियो। त्यो समझदारी तत्काल कार्यान्वयन हुन सकेन।

सन् २०१४ मा पहिलोपल्ट प्रधानमन्त्री बनेपछि नरेन्द्र मोदीले सुरुवातमा यो विषयलाई प्राथमिकताका साथ अगाडि बढाउन खोजेका थिए। त्यसबेला दुई देशका सरकारबीचमा परियोजना अघि बढाउने सहमतिसमेत भएको थियो। त्यसपछि २०७१ सालमा परियोजनालाई अगाडि बढाउन बनेको पञ्चेश्वर प्राधिकरणको सचिवस्तरीय बैठक नै ६ पटक बसेको स्रोतको भनाइ छ।

सोही क्रममा २०७१ सालमा काठमाडौंमा भएको ऊर्जासचिवस्तरीय बैठकमा उक्त परियोजना अगाडि बढाउन संयुक्त डिपिआर तयार गर्ने सहमति बनेको थियो। डिपिआरको काम भारतीय सरकारी स्वामित्वको कम्पनी वापकोस लिमिटेडलाई दिइयो।

वापकोसले बनाएको डिपिआर मस्यौदामा रहेका केही बुँदामा नेपाली पक्षले असहमति राख्दा दुवै पक्षका विज्ञहरूको समिति पनि बनेको थियो। त्यो समितिको पटकपटक बैठक पनि बसेको हो। तर अझै मस्यौदाले अन्तिम रूप पाइनसकेको स्रोतको भनाइ छ। तर भारतीय पक्षले अहिलेकै मोडालिटीमा परियोजना अगाडि बनाउन नसक्ने बताएपछि त्यसमा अन्योल सिर्जना भएको छ।

झन्डै २६ वर्षसम्म अन्योलमा रुमलिएको बहुप्रतिष्ठित परियोजना प्रधानमन्त्री देउवाको तदारुकता र भारतीय प्रधानमन्त्री मोदीको सकारात्मक धारणापछि अगाडि बढ्नेमा केही आशा पलाएको छ। तर कार्यान्वय पक्ष कसरी अगाडि बढ्छ र दुई प्रधानमन्त्रीले त्यो छलफललाई अभ्यासमा कसरी उतार्छन् भन्नेमा केही समय पर्खनुपर्ने ऊर्जा क्षेत्रका जानकार बताउँछन्।
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ५१ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस