जमिन भासिँदै गएपछि पहिरोको जोखिममा गोरखाको खानीगाउँ
३२ साउन २०८०
•
१ मिनेट पाठ
जमिन भासिँदै गएपछि पहिरोको जोखिममा गोरखाको खानीगाउँ
उत्तरी गोरखाको धार्चे गाउँपालिका–७, खानीगाउँ पहिराको जोखिममा छ। पहिरोका कारण बस्ती भएको जमिन चिराचिरा परेको छ। यहाँ ३२ घर पहिरोको उच्च जोखिममा छन्।  




गाउँपालिकाकी उपाध्यक्ष सुनिला गुरुङका अनुसार बस्ती माथिको जमिन चिराचिरा परेको छ। जमिन खाल्डो पर्दै गएपछि बस्ती जोखिममा परेको उनको भनाइ छ। “विसं २०७२ वैशाखमा गएको भूकम्पले खानीगाउँको जमिनमा चिरा पर्न थालेको हो”, उपाध्यक्ष गुरुङले भनिन्, “केही दिनअघि परेको वर्षाले झन जोखिमपूर्ण बनेको छ।” वर्षाले जमिन भासिँदै गएपछि अधिकांश घरको भित्रि भागमा चिरा परेको छ। घरको जगसमेत तलतल सर्दै गएको छ। घरभित्र एक बित्तासम्म  चिरा परेपछि बास बस्न स्थानीय डराउने गरेका उनले बताइन्।  

“पहिरोको जोखिम बढेपछि बास बस्न खतरा छ, घरभित्र पसे अत्यास लाग्ने अवस्था छ”, उपाध्यक्ष गुरुङले भनिन्, “राति बास बस्न छिमेकीको घरमा जानुपर्ने बाध्यता छ।” पहिराको त्रासले स्थानीयवासी साँझपख छिटोछिटो घरमा खाना खाएर ओड्ने ओछ्याउने बोकेर आफन्तकहाँ बास बस्न जाने गरेका उनको भनाइ छ।

केही परिवार विद्यालयमा बास बस्न थालेका छन्। बस्ती खाली गरेर अन्यत्र सर्न स्थानीयवासीलाई गाउँपालिकाले आग्रह गरेको छ। पहिरोले खानीगाउँका ३२ परिवारका एक सय पाँच जना प्रभावित भएका छन्।  
अर्को समाचार
गोरखाको चुमनुब्रीमा भारी हिमपात, पर्यटक रोकिए
१२ असोज २०८१
•
२ मिनेट पाठ
गोरखाको चुमनुब्रीमा भारी हिमपात, पर्यटक रोकिए
गोरखाको माथिल्लो भेग चुमनुब्रीको साम्दोमा परेको हिउँ पन्छाउँदै सशस्त्र प्रहरी। तस्बिर सौजन्यः सशस्त्र प्रहरी
असोजको दोश्रो सातामै गोरखाको माथिल्लो भेगमा भारी हिमपात भएको छ। चुमनुब्री गाउँपालिका–१ साम्दो क्षेत्रमा भारी हिमपात भएको सशस्त्र प्रहरीले बताएको छ।  भारी हिमपातका कारण चिसो बढेको छ भने पदयात्राका लागि गएका विदेशी पर्यटक रोकिएको प्रहरीको भनाई छ। मनास्लु क्षेत्रको उक्त पदमार्गमा यो बेला पदयात्रीको भीडभाड हुने गर्छ।




साम्दोस्थित ३८७५ मिटर उचाईमा रहेको सशस्त्र प्रहरीको बोर्डर आउटपोष्ट (बिओपी)का प्रमुख प्रहरी निरिक्षक विश्व त्रिपाठीका अनुसार हिमपातले गर्दा करिब ३० जना विदेशी पर्यटक साम्दोमै रोकिएका छन्। ती पर्यटक धर्मशाला हुँदै लार्केपास गर्ने तयारीमा थिए। त्रिपाठीका अनुसार उक्त क्षेत्रमा एकदेखि पाँच फिटसम्म बाक्लो हिउँ जमेको छ। तापक्रम पनि माइनस ६ डिग्र्रीमा झरेको उनले बताए।  

उनका अनुसार हिमपातले हिडडुल प्रभावित भएपछि सशस्त्र प्रहरीको टोलीले पदमार्गको हिउँ हटाएको थियो। ‘शुक्रबार बेलुकीदेखि हिउँ पर्न थालेको थियो। रातभर हिमपात भयो। शनिबार दिउँसोसम्म पनि हिमपात जारी छ,’ उनले भने। उनका अनुसार चिसो र हिमपातका कारण त्यहाँको जनजीवन प्रभावित भएको उनले बताए।

उनका अनुसार ३५ सय मिटरको सामागाउ भन्दा माथिल्लो भेगमा हिमपात छ। सामागाउँमा एकफिटसम्म हिउँ जमेको छ। त्रिपाठीका अनुसार लार्केपास गर्न भनेर गएका विदेशी पर्यटक अहिले साम्दोमै रोकिएका छन्। उनीहरुको शनिबार नै लार्केपास गर्ने योजना थियो। तर, हिमपातले गर्दा बीचमै रोकिएका छन्।  

‘आइतबार मौसम खुल्यो र हिडडुल सहज भयो भने विदेशीहरु लार्केपास गर्न जानेछन्। नत्र साम्दोबाट गोरखातर्फ फर्किनेछन,’ उनले भने। चुमनुब्रीका साम्दो, सामागाउँ, धर्मशाला लगायतका क्षेत्रका बासिन्दा बढी प्रभावित भएका छन्। हिमपातको सिजन नभएपनि हिउँ परेपछि जनजीवन केही प्रभावित भएपनि पदयात्राका विदेशी पर्यटक भने रमाएको उनले बताए।  

स्थानीय वीरबहादुर लामाका अनुसार मनास्लु हिमाल आरोहण गर्न गएका विदेशी पर्यटकको आरोहण भने हिमपातले प्रभावित भएको छ। ‘आधारशिविरमा २ फिट बाक्लो हिउँ परेको छ। हिउँ पर्दा हिडडुल भने सहज छैन,’ उनले भने, ‘हिमपातले रोकिएको आरोहण मौसम सहज हुनासाथ सुरुवात भईहाल्छ।’ अक्टोवर पहिलो सातासम्म मनास्लु आरोहण गर्न उपयुक्त मौसम भएकोले अहिले पनि आधारशिविरमा आरोही रहेको उनले बताए।  

मनास्लु हिमाल (८,१६३मि) आरोहणका लागि यो बेला आधारशिविरमा आरोहीको भीडभाड रहेको छ। यो सिजनमा सबैभन्दा बढी आरोही मनास्लुमा आएको पर्यटन विभागको भनाई छ। पर्यटन विभागका अनुसार यो सिजनमा मनास्लु आरोहणका लागि २८ टिमले स्वीकृति लिएका छन्। ती टिममा २ सय २६ जना पुरुष र ८२ जना महिला छन्। सबैगरि यो वर्ष ३ सय ८ जनाले यो सिजनमा मनास्लु आरोहणका लागि स्वीकृति लिएको विभागको भनाई छ। यो सिजनमा विभिन्न १६ वटा हिमाल आरोहणका लागि विदेशी आरोहीले अनुमति लिएकोमा सबैभन्दा बढी मनास्लुका लागि छन्।
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ५६ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस