धनुषाको मिथिला बिहारी नगरपालिकाको कागजात अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ।
ज्येष्ठ नागरिकहरुको सम्मानका लागि नगरपालिकाबाट रकम निकासा गरे पनि सम्मान नगरिएको उजुरी परेपछि छानबिनका लागि सो सम्बन्धित कागजातहरू अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबासको टोलीले आइतबार नियन्त्रणमा लिएको हो।
वडा नम्बर ९ को वडाध्यक्ष विन्देश्वर यादवले आर्थिक अनियमितता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासमा उजुरी परेपछि आइतबार नगरपालिकामा पुगी सो सम्बन्धित कागजात नियन्त्रणमा लिएको बर्दिबासका सूचना अधिकारी कृष्ण प्रसाद हुमागाईँले जानकारी दिए।
वडाध्यक्ष यादवले ज्येष्ठ नागरिकहरुलाई सम्मान कार्यक्रमको लागि छुट्टयाइएको ४ लाखको बजेटमा नगरपालिकाको कर्मचारी राजकुमार मण्डलको नाममा भुक्तानी लिएको तर सम्मान नगरेको उक्त उजुरीमा उल्लेख गरिएको छ।
त्यस्तै, वैदेशिक रोजगारबाट फर्केका युवाहरुको लागि सीपमूलक तालिमको नाममा ४ लाखको बजेटमा ३ लाख ९८ हजार ३ सय २५ रुपैयाँ, सोही वडामा स्ट्रिट लाइट जडानका लागि ८ लाखमा जम्मा ७ लाख ९२ हजार ९ सय २१ रुपैयाँ भुक्तानी लिएको, वडा कार्यालय संचालन खर्च, मसलन्द, फर्निचर, इन्धन तथा सवारी मर्मतका लागि साढे चार लाखको विल भरपाई पेस गरिएकोमा १ लाख ७८ हजार मात्र भुक्तानी लिएको भन्दै उजुरी परेको हो।
त्यस्तै २ इन्चको कृषि पम्पिंगसेटका लागि छुट्टयाइएको ५ लाखमा ४ लाख ८५ हजार ३२ रुपैयाँ भुक्तानी लिएको, विद्यार्थीहरुका सिकाइ उपलब्धिको लागि श्री राम जानकी आधारभूत विद्यालय कटरैत तथा आधारभूत विद्यालय अन्दुपट्टिको लागि शैक्षिक सामग्री तथा पोशाक वितरण नगरी ९ लाख ९६ हजार ६ सय ६० रुपैयाँ भुक्तानी लिएको उजुरी पत्रमा उल्लेख गरिएको छ।
उजुरी परेको योजना सम्बन्धित कागजात अनुसन्धानका लागि अख्तियारको टोलीले लिएको अख्तियार दुरुपयोग अनुसन्धान बर्दिबासले जनाएका छ।