कर्तव्य ज्यान मुद्दामा १३ वर्षदेखि फरार अभियुक्तलाई उदयपुर प्रहरीले भर्खरै नियन्त्रणमा लिएको छ।
जिल्ला अदालत उदयपुरले ०६७ पुस २१ गतेको फैसला अनुसार ५ वर्ष कैद सजाय सुनाइएका जिल्लाको बेलका नगरपालिका २ बेलहाका ३१ वर्षीय चित्रमान राईलाई पक्राउ गरेको हो।
घटना लगत्तै फरार अभियुक्त राईलाई प्रहरी चौकी भागलपुरबाट खटेको विशेष टोलीले बिहीबार बिहान ९ः१० बजे घरमै लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।
पक्राउ परे लगत्तै इलाका प्रहरी कार्यालय रामपुर ठोक्शीलाले उनलाई जिल्ला प्रहरी कार्यालय सदरमुकाम पठाएको छ।
जिल्ला प्रहरीले फैसला कार्यान्वयनका लागि जिल्ला अदालत पठाउन तयारी भइरहेको प्रहरी प्रवक्ता डिएसपी हरिनन्दन चौधरीले बताए। उनलाई अदालत बुझाएपछि अदालतले तत्काल कैद सजाय भुक्तानका लागि कारागार शाखा गाईघाट पठाउने बताइएको छ।