धनुषाको कमला नदीमा आएको बाढीले बगाउँदा बेपत्ता भएका दम्पतीमध्ये श्रीमतीको शवको फेला परेको छ।
मंगलबार दिउँसो दाउरा टिप्न श्रीमानसँगै कमला नदि पुगेकी गणेशमान चारनाथ नगरपालिका- ७ पोर्ताहाकी ३० वर्षीय माया परियारको शव भेटिएको हो।
सोही नगरपालिका-९ बरमझियास्थित कमला नदीबाट बुधबार उनको शव फेला परेको धनुषाका प्रहरी नायब उपरीक्षक एवं प्रबक्ता बेदप्रसाद गौतमले जानकारी दिए।
उनका अनुसार दाउरा संकलन गर्ने क्रममा बेपत्ता भएको ठाँउबाट सात किलोमिटर दक्षिणमा उनको शव फेला परेको हो। तर मृतकसँगै बेपत्ता भएका उनको श्रीमान् जसान परियार अझै अज्ञात रहेका छन्। उनको खोजीकार्य भैरहेको प्रहरीले जनाइएको छ।
शव फेलापरेपछि उनको आफन्तबाट पहिचान गराएर पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाइएको प्रहरीले जनाएको छ।
मृतककी दुई छोराछोरी छन्। उनी तीनचार महिनाको गर्भवतीसमेत रहेकी स्थानीयलाई उदृत गर्दै प्रहरीले जनाएका छ।