बँदेलले मकैबाली खाँदा किसान चिन्तित
२० साउन २०८०
•
३ मिनेट पाठ
बँदेलले मकैबाली खाँदा किसान चिन्तित
नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दुमा बँदेलले मकै खाइदिँदा कृषक चिन्तित भएका छन्। चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने मध्यविन्दु नगरपालिका–३ बह्मस्थानमा लगाइएको मकैबाली बँदेलले खाएको हो।




पछिल्लो एकसातादेखि राति बँदेल बारीमा पसेर मकैबालीमा क्षति पु र्‍याउन थालेको स्थानीय खिमादेवी उपाध्यायले बताइन। ‘सुरुसुरुमा एक दुईवटा मकै खाने गरेको थिया’, उनले भनिन, ‘तर हिजो राति बारीका सबै मकै खत्तमै बनाए छ।’ उपाध्यायले सात कठ्ठा बारीमा लगाउनुभएको मकै बँदेलले नष्ट गरिदिएको बताइन।

‘केही मकै भर्खरै हारी पस्दै गरेका थिए, कोही पोलेर खाने बेला भएका थिए’, उनले भनिन, ‘यो समयमा बर्सेनि बँदेल आएर हामीले लगाएको मकै खाने गरेको छ।’ निकुञ्जबाट वन्यजन्तु आएर कृषकको अन्नबाली खाइदिँदा पनि यसको नियन्त्रणमा निकुञ्ज तथा मध्यवर्तीले खासै चासो नदेखाएको उपाध्यायको भनाइ छ। ‘हिजो राति सुत्ने बेलासम्म बारीमा सबै मकै राम्रै थिए’, उनले भनिन, ‘आज बिहान उठेर बारीमा जाँदा सबै मकै ढलेका, मकैका घोगा कोपरेको थिए, बारीभरि बँदेलको पाइला थियो।’

गाउँमा लगाइएको धेरै कृषकको मकैबालीमा बँदेलले क्षति पु र्‍याएको स्थानीय टीका सापकोटाले बताइन। ‘दिउँसो सुगासहितका चराचुरुङ्गी र रातिमा बँदेलबाट मकै जोगाउनुपर्ने चुनौती हामीलाई छ’, उनले भनिन, ‘दिउँसोमा चराचुरुङ्गी धपाउन सकिन्छ, तर राति आउने बँदेल समूहमा आउँछन्, लखेट्न सकिँदैन।’ बँदेल लखेट्न गयो भने उल्टै मानिसलाई आक्रमण गर्न आउने सापकोटाले बताइन।

‘मकै छरेपछि लामोसमय खडेरी प र्‍यो, मोटरबाट पानी लगाएर जेनतेन मकै जोगाएका थियौँ’, उनले भने, ‘बारीमा बँदेर पसेर मकै सखाप पारेपछि गाईभैँसीलाई दाना खुवाउने मकै पनि किन्नुपर्ने अवस्था आउने भयो।’ गाउँमा जङ्गली जनावरको आतङ्कका कारण कृषकले खेती गर्न छाड्दै गएकोसमेत सापकोटाको गुनासो थियो। यस ठाउँमा निकुञ्जबाट आउने गैँडा र बँदेलका कारण बर्सेनि धनजनको क्षति हुने गरेको उनको भनाइ छ।

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले मध्यवर्ती क्षेत्रमा जङ्गली जनावरबाट अन्नबालीको क्षति पुगेको अवस्थामा निकुञ्जले राहत रकम उपलब्ध गराउने गरेको जानकारी दिए। ‘बँदेल, हात्ती, गैँडा, बाघसहित विभिन्न १६ प्रजातिका वन्यजन्तुबाट धनजनको क्षति भएमा अवस्था हेरेर राहत रकम प्रदान गर्नेगरी निर्देशिका बनेको छ’, उनले भने

, ‘राहत रकम कृषकले माग दाबी गरेको एक महिनाभित्र उनीहरुको बैंक खातामा दिने गरी निर्देशिकाले व्यवस्था गरेको छ।’ निर्देशिकामा उल्लेख भएअनुसार बँदेलबाट मानवीय क्षति (मृत्यु, घाइते) तथा निजी जमिनमा लगाएको बालीमा क्षति भएमा राहत पाइने व्यवस्था भएको तिवारीको भनाइ छ।

वन्यजन्तुबाट मानवीय क्षति, पशुधन, घरगोठ क्षति, खाद्यान्न बाली र भण्डारण गरेको अन्न तथा किसानले खोरमा पालेका कुखुरा तथा पोखरीमा पालेका माछा नष्ट भएमा पनि राहत पाइने निर्देशिकामा उल्लेख भएको उनले बताए। मगरगोहले माछामा क्षति गरेमा राहत पाइनेछ भने अजिङ्गर, जङ्गली कुकुर, ब्वाँसो, ध्वाँसे चितुवा, हिउँ चितुवा र चितुवाबाट कुखुरा नष्ट भएमा पनि क्षतिपूर्ति पाइने उनको भनाइ छ। निकुञ्जले उपलब्ध गराउने राहत क्षतिको मूल्याङ्कनका आधारमा वर्षमा एकपटक मात्र बढीमा रु १० हजार प्रदान गरिने उनले जानकारी दिए।
अर्को समाचार
फौजी किराले मकैबालीमा क्षति
०९ असार २०७७
•
२ मिनेट पाठ
फौजी किराले मकैबालीमा क्षति
बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर १ कुसुममा फौजी किराले नोक्सान गरेको मकै । तस्बिर :अर्जुन ओली/नागरिक
हुर्कदै गरेको मकैबालीलाई फौजी किराले क्षति गरेपछि राप्तीसोनारी गाउँपालिका वडा नम्बर १ कुसुम, बाँकेका किसान भोजराज केसी अचेल चिन्तित छन् । कोरोना भाइरसको महामारीका कारण बाहिरको सबै काम छाडेर कृषि पेशामा रमाइरहेका बेला फौजी किराले मकैमा क्षति गरेपछि उनी चिन्तित भएका हुन् । फौजी किराले हुर्कदै गरेको मकै बालीमा धेरै क्षति गरेको केसीले बताए । ‘मकैको कलिलो पातलाई फौजी किराले खाइदिएको छ,’ उनले भने ‘अनेक प्रयास गर्दा पनि पुर्ण रुपले किरा नियन्त्रणमा आउन सकेको छैन ।’  




फौजी किराले सताएपछि वडा कार्यालयबाट विषादी ल्याएर छर्किएपनि अझै नियन्त्रणमा नआएको केसीले सुनाए । सोही गाउँका अर्का किसान कृष्ण केसी पनि फौजी किराको आतंकबाट निराश बनेका छन् । किराले दिन रात मकैको बोटमा क्षति गरिरहँदा पनि नियन्त्रण गर्ने उपाय आफुसँग नभएको कृष्णले सुनाए । ‘किराले मकैको बोटमा नोक्सान गरिरहेको छ, किरा मार्ने उपाय हामीसँग केही छैन,’ उनले भने ‘गाउँका केहीले विषादी ल्याएर छर्किए, मैले त विषादी पनि छर्किन पाएको छैन ।’  

फौजी किराले राप्ती सोनारीका अधिकांस गाउँमा मकैबालीलाई नोक्सान गरेको छ । राप्तीसोनारी गाउँपालिका कृषि शाखा प्रमुख चन्द्रा शाहीले फौजी किराले मकैं बालीमा क्षति गरिरहेको बताईन् । गाउँपालिकाले वडा कार्यालयमार्फत किसानलाई विषादी वितरण गरेपनि फौजी किरा पुर्ण रुपले नियन्त्रणमा आउन नसकेको उनको भनाई छ । ‘हामीले विषादी वितरण गरेको ठाउँमा थोरै नियन्त्रणमा आएको जस्तो देखिन्छ, तर जहाँ विषादी पाएका छैनन्, त्यहाँ त झन् बढी क्षति गरेको छ,’ उनले भनिन् । फौजी किराको प्रकोप नियन्त्रण गर्न पुतलीलाई नै नष्ट गर्नुपर्ने कृषि शाखा प्रमुख शाही बताउँछिन् ।  

‘यो किराको लार्भा मकैको पातमै हुन्छ, तर पुतली चाही रातको समयमा मात्र देखिन्छ, त्यसकारण पुतलीलाई नष्ट गर्न चुनौतीपुर्ण छ,’ उनले थपिन् । फौजी किरा नियन्त्रण गर्न स्थानीय तहको एक्लो प्रयासले मात्र सम्भव नभएको भन्दै यसका लागि संघिय सरकारले विशेष अभियान सञ्चालन गर्नुपर्ने शाहीको सुझाव छ । फौजी किराले राप्तीसोनारीसहित डुडुवा, नरैनापुर, बैजनाथ, जानकी र खजुरा गाउँपालिका तथा नेपालगन्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिका क्षेत्रमा पनि आतंक मच्चाएको किसान बताउँछन् ।

कोरोना भाइरसको महामारी चलिरहेकै बेला मकैबालीलाई फौजी किराले क्षति गरिदिदाँ खाद्य संकट निम्तिने खतरा बढेको छ । डुडुवा गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार चौधरीले कोरोना महामारी चलिरहेको बेलामा मकैबालीलाई फौजी किराले क्षति गरिदिदाँ किसान समस्यामा परेको बताए । ‘फौजी किराले मकैबालीमा अहिले क्षति गरिरहेको छ, हामीले विषादी वितरणको काम गरिरहेका छौं, तरपनि नियन्त्रणमा आउन सकेको छैन,’ उनले भने ।
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock १० मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock २८ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस