सिप सिक्दै दुर्गमका महिला
१० साउन २०८०
•
२ मिनेट पाठ
सिप सिक्दै दुर्गमका महिला
घोरखानीमा महिलाका लागि सञ्चालित ३ महिने ढाका बुनाइ तालिमको समापन कार्यक्रम।तस्बिर: नागरिक
कलम समाउने समयमा बन्दुक बोकाइएकाहरू वा परिबन्धले कलम समाउन नपाएकाहरू यतिबेला विभिन्न सिपसँगै जीविकोपार्जनमा लागेका छन्। कुनै बेला बुर्जवा शिक्षा भनेर विद्यालय छोडेर यँडेकाहरूलाई यतिबेला शिक्षाको महत्वले छोएको छ।




आफूले पढ्न नपाए पनि सन्तानको भविष्यले थिचेको हो। यतिबेला महिलाहरू गाउँमा गतिलो रोजगार नभएपछि विभिन्न सिप प्रयोग गरेर आत्म निर्भर हुने प्रयासमा छन्। घर चलाउन, उपचार अनि सन्तानको शिक्षाका खर्च जुटाउन आम्दानीको वैकल्पिक व्यवस्थाका लागि अग्रसर भएका हुन्।

कलम समाउने समयमा बन्दुक बोकाइएकाहरू वा परिबन्धले कलम समाउन नपाएकाहरू यतिबेला विभिन्न सिपसँगै जीविकोपार्जनमा लागेका छन्। कुनै बेला बुर्जवा शिक्षा भनेर विद्यालय छोडेर यँडेकाहरूलाई यतिबेला शिक्षाको महत्वले छोएको छ।
रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर ८ घोरखानीका महिलाहरू ढाका बुनाइलाई व्यावसायिक रूपमा सञ्चालन गरेर आय आर्जनको स्रोत बनाउने अपेक्षामा रहेका छन्।

तीन महिनासम्म सिप सिकेका उनीहरू लगनशील भएर उत्पादन गर्न सके दैनिक सहज हुने अपेक्षामा छन्। सहभागी भन्छन्, ‘स्थानीय सरकारले उद्योग अगाडि बढाउन सहयोग गरेमा गाउँमै केही गर्ने आशा छ।’ तीन पत्रको सरकारले रोजगारीमा ध्यान नदिएको स्थानीयको गुनासो आइरहँदा स्थानीय स्तरमा आत्मनिर्भर बनाउन सिप सिकाउन थालिएको हो।

मुसिकोट नगरपालिका, महिला पुनस्र्थापना केन्द्र ओरेक रुकुम र मेड्पाको संयुक्त आयोजनामा ३ महिने ढाका बुनाइ तालिम सञ्चालन गरिएको थियो। उक्त तालिममा ११ जना महिलाहरूले ढाकाको सल, साडी, ब्लाउज, गलबन्दी, बर्की लगायतका सामग्री उत्पादन गर्न सिकेका हुन्। दुर्गममा बसेर सिप सिकेका उनीहरू उत्पादन गर्न सक्षम भए पनि उद्योग खोल्न र बजारीकरणको पिरलोमा छन्।

तालिम समापन कार्यक्रममा मुसिकोट नगरपालिकाका नगर प्रमुख महेन्द्र केसीले महिलाहरूले आत्मनिर्भरताका लागि सिपमूलक कार्यमा जोड दिनुपर्ने बताए। स्थानीय उत्पादनका लागि सरकारले साथ दिने केसीले प्रतिबद्धता गरे।

वडा नम्बर ८ का अध्यक्ष जयबहादुर थापाले ढाका बुनाइलाई उद्योगका रूपमा विकास गर्न वडा सरकारले सहयोग गर्ने बताउँदै उत्पादन गरिएका ढाका बुनाइहरूलाई बजार अभाव हुन नदिने बताए।

रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर ८ घोरखानीका महिलाहरू ढाका बुनाइलाई व्यावसायिक रूपमा सञ्चालन गरेर आय आर्जनको स्रोत बनाउने अपेक्षामा रहेका छन्।
ओरेकका जिल्ला संयोजक दीपा धितालले ग्रामीण क्षेत्रका महिलाहरूलाई सिप र क्षमता प्रदान गरेर आर्थिक रूपले सक्षम बनाउन तालिम सञ्चालन गरिएको बताउँदै सहभागी ११ जना महिलाहरूलाई ढाका बुनाइसँगै महिला अधिकार, घरेलु हिंसा, बाल विवाह र यसको असरलगायतका विषयमा जानकारी समेत दिइएको बताइन्। 
अर्को समाचार
चार करोडभन्दा बढीको सुन्तला बिक्री
०३ माघ २०८०
•
३ मिनेट पाठ
चार करोडभन्दा बढीको सुन्तला बिक्री
रुकुम पश्चिमको मुसिकोट नगरपालिका–१० झ्याङका सुन्तला किसान झुपलाल खड्का गत वर्षको भन्दा दोब्बर मूल्यमा गाउँबाटै सुन्तला बिक्री गर्न पाउँदा दङ्ग छन्।




अघिल्लो वर्ष प्रतिकेजी २५ रुपैयाका दरले सुन्तला बिक्री भएकामा यस वर्ष प्रतिकेजी ५२ रुपैयामा सुन्तला बिक्री हुँदा आफू निकै खुशी भएको उनले बताए। ‘बारीबाट नौ क्विन्टल सुन्तला बिक्री भयो, सानो दानालाई प्रतिकिलो रु ३० का दरले र ठूलो दानालाई प्रतिकिलो रु ५२ का दरले सुन्तला बिक्री हुँदा खुशी लागेको छ। गत वर्ष रु २५ का दरले सुन्तला बिक्री गर्दा खर्चसमेत उठाउन मुस्किल भएको थियो।यस वर्ष दोब्बर मूल्यमा सुन्तला बिक्री हुँदा निकै खुशी छु,” खड्काले भने।

सुन्तला बिक्रीबाट ५३ हजार आम्दानी भएको र बिक्री गर्न अझै केही सुन्तला बाँकी रहेको उनले बताए । हाल खड्काको बारीमा एक सय बोटले फल दिन थालेको छ । सुन्तला राम्रो उत्पादन हुने भएकाले एक सय बोट थप गर्ने सोचमा खड्का छन।वडा कार्यालयको समन्वयमा गाउँबाटै सुन्तला बिक्री हुँदा अर्का सुन्तला किसान एक्कबहादुर खड्काले पनि निकै खुशी लागेको जानकारी गराए ।अघिल्लो सालको भन्दा दोब्बर आम्दानी हुनाका साथै बारीबाटै रु ८३ हजारको सुन्तला बिक्री गरिएको उनको भनाइ थियो।

गत वर्षको तुलनामा यस वर्ष उत्पादन र मूल्य दुवै वृद्धि भएकाले किसानले राम्रो मूल्य पाएको रुकुम पश्चिमस्थित कृषि विकास कार्यालले जनाएको छ । जिल्ला यस वर्ष एक हजार एक सय ५० मेट्रिक टन सुन्तला उत्पादन गरेर किसानले रु चार करोड ६० लाख आम्दानी गरेका उक्त कार्यालयका निमित्त प्रमुख मीनबहादुर केसीले जानकारी दिए।

उनका अनुसार गत वर्ष प्रतिकेजी रु २५ देखि रु ३० सम्ममा सुन्तला बिक्री भएकामा यस वर्ष प्रतिकेजी रु ४० देखि रु ६० सम्ममा बिक्री गरेका छन् । जिल्लामा विशेषगरी त्रिवेणी गाउँपालिकामा सुन्तला राम्रो उत्पादन हुने गरेको छ । त्यस्तै  अन्य पालिका मुसिकोट, आठबीसकोट र चौरजहारी नगरपालिका तथा सानीभेरी र बाफीकोट गाउँपालिकामा केही मात्रामा सुन्तला उत्पादन हुने गरेको निमित्त प्रमुख केसीले जानकारी दिए ।

थोरै उत्पादन गर्ने किसानका लागि  सुन्तला बिक्रीमा केही समस्या भए पनि पकेट क्षेत्रका किसान तथा व्यावसायिक रूपमा सुन्तला खेती गर्ने किसानलाई बजारको समस्या नरहेको उनको भनाइ थियो । सुन्तला खरिद गर्न किसानको बारीमै व्यापारी पुग्ने गरेका छन् । जिल्लामा उत्पादन भएको सुन्तला दाङ, सल्यान र नेपालगञ्जसम्म जाने गरेको छ । थोरै सुन्तला उत्पादन गर्ने किसानलाई भने ढोकामा बोकेर बजारसम्म लगेर बिक्री गर्नुपर्ने बाध्यता छ । जिल्लामा व्यावसायिक रूपले  सुन्तला खेती गर्ने किसानले वार्षिक रु आठ लाखदेखि रु नौ लाखसम्म आम्दानी गरेका छन् ।

व्यावसायिक रूपले सुन्तला खेती गर्ने किसानको सङ्ख्या आठ दशजना मात्र भए पनि सुन्तला उत्पादनमा जोडिएका किसानको सङ्ख्या भने जिल्लामा दुई सयभन्दा बढी रहेको निमित्त प्रमुख केसीले जानकारी दिए । ‘कृषि पेसाबाट किसानको आयस्तर बढेको छ । हरेक कृषि बालीमा व्यावसायिकीकरण हँुदै गएको छ । कृषि विकास कार्यालयले अनुदानभन्दा पनि किसानलाई बिक्री परिमाणका आधारमा प्रोत्साहन रकम उपलब्ध गराउँदै आएको छ । यसले गर्दा परिश्रम गर्ने किसानलाई थप उत्पादन गर्न हौसला मिलेको छ,’ उनले भने । राष्ट्रिय समाचार समिति
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock २ मिनेट अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस