क–कसले खोले सुन तस्करी गर्न हङकङमा कार्यालय ?
०९ साउन २०८०
•
५ मिनेट पाठ
क–कसले खोले सुन तस्करी गर्न हङकङमा कार्यालय ?
नेपालमा सुन तस्करी गर्न हङकङमा कार्यालय खोल्नेहरूमा अधिकांश भारतीय नागरिक र भारतीय मूलका नेपाली छन्।




‘नेपाली र भारतीय व्यापारीहरूको हङकङमा संयुक्त कार्यालय रहेको छ, जहाँबाट सेटिङ मिलाएर मात्रै नेपालमा सुन पठाउने गर्छन्। कुनै बेला सेटिङ भत्कियो भने वा कमिसनमा कुरा मिलेन भने मात्रै सुन बरामद हुने गरेको छ,’ स्रोतले भन्यो।

स्रोतका अनुसार सुन तस्करीका लागि हङकङमा कार्यालय खोल्नेमा अधिकांश भारतीय नागरिक तथा भारतीय मूलका नेपाली व्यापारी छन्। उनीहरूले चिनियाँ एजेन्टमार्फत हङकङबाट सुन नेपाल पठाउने गरेका छन्। उनीहरूले नेपाल र भारतमा बसेर हङकङका कार्यालयमा रहेका चिनियाँ एजेन्टहरूसँग सेटिङ मिलाउने गरेको स्रोतको दाबी छ।

स्रोतका अनुसार हङकङमा कार्यालय रहेका सुन कारोबारीहरूमा किसन अग्रवाल, मोहन अग्रवाल, राजेन्द्र शाक्य, महावीरप्रसाद गोल्यान, विमल पोद्दार, राजकुमार दारुका, सञ्जय खेतान, मुरारीलाल गोयल, बालकृष्ण अग्रवाल, सत्यनारायण सोनी, विनोदकुमार सोनी सुमन अग्रवाल छन्।

पछिल्लो पटक बैङ्क ठगी र सेयर बजारका एक खेलाडीको पनि हङकङमा कार्यालय रहेको खुलेको छ। ती व्यक्तिले त्यहाँ चाँदी र चाँदीका सामानहरूको कारोबार गरिरहेको र नेपालतिर पनि पठाइरहेको स्रोतको दाबी छ। तत्कालीन गोरखा विकास बैङ्क धराशायी बनाउने र कमलादीमा फाइनान्स टावर बनाउने नाममा बैङ्क ठगी अभियोग लागेको ती व्यक्तिको पनि हङकङमा कार्यालय रहेको स्रोतले जनाएको छ। राजस्व अनुसन्धान विभागले उनको विषयमा निगरानी राखिरहेको छ। 

विभाग स्रोतका अनुसार उनी पछिल्लो पटक जुन २६ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारत गएको देखिएको छ। त्यतैबाट हङकङ पुगेका उनी जुलाई ५ मा दुबई हुँदै नेपाल आएको देखिएको छ। उनी नेपाल आएपछि हङकङबाटै नेपालमा सुन आएको थियो। ‘ती व्यक्तिको ट्राभल हिस्ट्री शङ्कास्पद छ,’ विभाग स्रोतले भन्यो।

हङकङमा कार्यालय खोल्नेहरूले चिनियाँ नागरिकलाई एजेन्ट राखेर नेपालको बाटो हुँदै भारततर्फ सुन पठाउने गरेका छन्। उनीहरूको नेपाल र भारतमा पनि सुनको कारोबार रहेको छ। मुरारीलाल गोयलको दरबारमार्गमा सुन पसल थियो भने शाक्यको न्युरोडमा पसल छ। अन्य व्यापारीहरूले आफैँ लगानी पनि गर्ने र कतिपय सन्दर्भमा भारतीय व्यापारीहरूलाई सहजीकरण पनि गरिदिने गरेका छन्।

यसअघि गृह मन्त्रालयले गरेको ३३ किलो सुनको अनुसन्धानका क्रममा पनि नेपाली सुन व्यापारीहरूले हङकङमा कार्यालय खोलेर कारोबार गरिरहेको खुलेको थियो। त्यतिबेला दुबई र हङकङमा समानान्तर कार्यालय खोलेर सुन तस्करी गरेको प्रतिवेदनमा उल्लेख थियो।

गृह मन्त्रालयका सहसचिव ईश्वर पौडेलको संयोजकत्वमा बनेको समितिले नेपाल र भारतका सुन व्यापारीहरू हङकङ र दुबईमा कार्यालय नै खोलेर सुन तस्करी गर्छन् भन्ने प्रतिवेदन दिएको थियो तर सो प्रतिवेदन अहिलेसम्म सार्वजनिक गरिएको छैन। त्यतिबेला सुन तस्करी प्रकरणको अनुसन्धानका लागि गृह मन्त्रालयले गठन गरेको उच्चस्तरीय छानबिन समितिले राजेन्द्र शाक्यको आरके ज्वेलर्सबाट ३० करोड बराबरको सुन बरामद गरेको थियो। शाक्यको सुनमा त्यतिबेला पोद्दार महावीर गोल्यानको पनि लगानी भएको अनुसन्धानबाट खुलेको थियो।

त्यति मात्र होइन, हङकङबाट नेपाल आउने सुन भारतीय व्यापारीहरूको अवरोधबिना सिधै मुम्बई जाने भएकाले पनि नेपाली सुन कारोबारीहरूले त्यसलाई भारत पुर्‍याउन बिना लगानी जोखिम मोल्ने गरेको पनि प्रतिवेदनमा उल्लेख थियो।

‘खास गरी मुम्बई जाने सुनमा नेपाली र भारतीय व्यापारीको लगानी हुँदैनथ्यो, नेपाली कारोबारीले सहजीकरण मात्रै गर्ने हो,’ विगतमा सुन तस्करीसम्बन्धी अनुसन्धान गरेका एक सुरक्षा अधिकारीले भने। उनका अनुसार हङकङबाट आउने सुन सधैँ मुम्बई जान्छ। दुबई र चिनियाँ नाका हुँदै आउने सुनमा मात्रै भारतीय र चिनियाँ व्यापारीहरूको लगानी हुने गरेको छ।

‘विमानस्थलबाट हङकङ हुँदै आउने सुनमा लगानीको मात्रा निकै कमजोर हुन्छ,’ अनुसन्धानमा पोख्त मानिएका पूर्व डिआइजी हेमन्त मल्लले भने। उनका अनुसार यस्तो कारोबारमा नेपालीहरूले बिचौलियाको भूमिका खेलेका हुन्छन्।

सुन तस्करीमा अनुसन्धान गरिरहेको उच्च सुरक्षा स्रोतका अनुसार नेपाल र भारतका सुन कारोबारी मिलेर हङकङमा कार्यालय खोली तस्करीलाई सहयोग गरिरहेको पाइएको छ। विगतदेखि अहिलेसम्म सुन तस्करीमा नाम जोडिएका केही व्यक्ति र नयाँ व्यापारीहरू मिलेर हङकङमा कार्यालय नै सञ्चालन गरेर सुन तस्करीमा लागेको उच्च सुरक्षा स्रोतले जानकारी दियो।

स्रोतका अनुसार हङकङका नेपाली र भारतीय व्यापारीहरूले कार्यालय खोलेर नेपालमा अनुकूल वातावरण तयार पारी सुन पठाउने गरेका छन्।

पछिल्लो पटक राजस्व अनुसन्धान विभागले करिब १ सय किलो सुन बरामद गरेपछि सुन तस्करीमा अनेकन् प्रश्न उठिरहेका बेला नेपाली र भारतीय व्यापारीको मिलेमतोमा हङकङमा कार्यालय खोलेर नेपालको बाटोबाट भारततर्फ सुन तस्करी गर्न सहयोगी भूमिका खेलिरहेको खुल्न आएको स्रोतले जनाएको छ। गत बुधवार मात्रै राजस्व अनुसन्धान विभागले भन्सार क्षेत्रभन्दा बाहिर सिनामंगलबाट करिब १ सय किलो सुन बरामद गरेको थियो।

‘नेपाली व्यापारीहरूले भारतीय र चिनियासँग समन्वय गर्ने काम गर्छन्। पछिल्लो पटक उनीहरूले आफ्नो लगानीभन्दा पनि भारतीय र चिनियाँ व्यापारीको लगानीलाई मध्यस्थता गरेर नेपालको भूमिबाट भारतीय भूमिसम्म सुन पुर्‍याउने काम गर्छन्। त्यसबापत उनीहरूले प्रतिकिलो २ लाख रुपैयाँ कमिसन लिने गरेका छन्,’ स्रोतले भन्यो।
पछिल्लो पटक उनीहरूले आफ्नो लगानीभन्दा पनि भारतीय र चिनियाँ व्यापारीको लगानीलाई मध्यस्थता गरेर नेपालको भूमिबाट भारतीय भूमिसम्म सुन पुर्‍याउने काम गर्छन्। त्यसबापत उनीहरूले प्रतिकिलो २ लाख रुपैयाँ कमिसन लिने गरेका छन्,’ स्रोतले भन्यो।
अर्को समाचार
सुन तस्करीको अनुसन्धान सिआईबीले नै टुंगोमा पुर्‍याउँछः गृहमन्त्री
०३ भदौ २०८०
•
१ मिनेट पाठ
सुन तस्करीको अनुसन्धान सिआईबीले नै टुंगोमा पुर्‍याउँछः गृहमन्त्री
उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले ६१ किलो सुन तस्करीको अनुसन्धान नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो (सिआईबी) ले नै टुंगोमा पुर्‍याउने बताएका छन्।




आइतबार सिंहदरबारमा बसेको सर्वदलीय बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। उनले सुन प्रकरणको सम्बन्धमा सिआईबीले अनुसन्धान गरिरहेको र सिआईबीले नै यसलाई टुंगोमा पुर्‍याउने दाबी गरे। संसद गतिरोध अन्त्य गर्ने सन्दर्भमा छलफल सकारात्मक भएको उनको भनाइ छ।

उनले भने, ‘संसदको अवरोध अन्त्य गर्ने सन्दर्भमा बैठक केन्द्रित थियो। राम्रोसँग छलफल भएको छ, आज नै निस्कर्षमा पुगेको छैन। तर छलफल सकारात्मक छ। हामीलाई विश्वास छ, भोलिसम्ममा निस्कर्ष सकारात्मक निस्केला र पर्सिसम्ममा सदन खुल्ला की भन्ने आशावादी छौँ। सुन प्रकरणको सम्बन्धमा सिआईबीले अनुसन्धान गरिरहेको छ। सिआईबीले नै यसलाई टुंगोमा पु¥याउनेछ।’
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
यो पनि पढौँ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ४७ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस