नेपाली काँग्रेस बाराका सचिव भैयाराम यादवलाई कुटेको विरुद्ध शनिबार पनि कलैयामा प्रदर्शन भएको छ।
नेपाली काँग्रेस बाराका उपाध्यक्ष मनोज भट्टको नेतृत्वमा नेपाली काँग्रेस बाराको पार्टी कार्यालयबाट निस्केको विरोध र्याली कलैयाको विभिन्न भाग परिक्रमा गरि कलैया विरगन्ज सडक खण्डको भरत चौक सडक अवरोध गरेर उनीहरुले प्रदर्शन गरेका हुन्। विरोध प्रदर्शनमा नेपाल कांग्रेस, माओवादी, जसपा, नेकपा एस लगाएत विभिन्न पार्टीका नेता, कर्याकर्ताहरुको सहभागीता रहेको छ।
सवारी दुर्घटनामा घाइते भएकालाई उपचार खर्च दिलाउनको लागि जिल्ला प्रहरी कार्यालय कलैयामा राखिएको छलफलमा पुगेको काँग्रेस बाराका सचिव यादवलाई मंगलबार बेलुका
बाराका प्रहरी नायब उपरिक्षक पुरुषोत्तम पाण्डे र प्रहरी निरीक्षक रुपेश साह लगायतका प्रहरीहरूले कुटपिट गरेर घाइते बनाए पछि जिल्लाका अधिकांश दलहरुल प्रहरीको ज्याजतीको विरुद्धमा आन्दोलित बनेको नेपाली काग्रेस कलैया उपमहानगरपालिकाक सचिव मुकेश यादवले बताए।
सवारी दुर्घटनामा घाइते भएका गाउँका स्थानीय सुनिल यादवलाई गाडी धनी कन्हैया गुप्ताबाट उपचार खर्च दिलाउनको लागि जिल्ला प्रहरी कार्यालय कलैयामा प्रहरी निरीक्षक साहको रोहबरमा गाडी धनी, घाइते बिच छलफल चलिरहेकै अवस्थामा प्रहरी निरीक्षक रुपेश साहले सबै नेताहरु दलाल रहेको भन्दै नेताहरुको काम नरहेको भन्दै गाली गलौज गर्न थाले पछि त्यसको प्रतिवाद गर्दा सचिव यादव लगायत छलफलमा सहभागीहरूलाई कुटेर लखेट्न प्रहरी नायब उपरिक्षक पाण्डेले निर्देशन गरे पछि प्रहरी निरीक्षक साह लगायतकाले सहभागीहरूलाई कुटपिट गरेका थिए।
छलफलमै चर्का चर्की भए पछि प्रहरी निरीक्षक साहले वर्दीको आडमा गुण्डागर्दी देखाउन भैयाराम काँग्रेस बाराका सचिव रहको थाहा हुँदा हुँदै पनि आफैले कुटेर घाइते बनाएको आरोप नेपाली काँग्रेस मधेश प्रदेशका सह महामन्त्री जयनारायण यादवले लगाएका छन्।
सचिव यादवलाई कुटपिट गर्ने डिएसपी पाण्डे र इन्स्पेकटर साहलाई बाराबाट तानेर आन्दोलनलाई साम्य बनाउने प्रहरीले कारवाही गरेको देखाए पनि उनीहरुलाई निलम्बन गरेर कारवाही नगरिएसम्म आन्दोलन जारी नै रहने सह महामन्त्री यादवले बताए।
प्रहरीको कुटाइबाट घाइते भएका भैयाराम यादव वीरगन्जको स्पर्श हस्पिटलमा उपचाररत छन्।
एसएसपी पोखरेलको नेतृत्वमा छालबिन टोली, डिएसपी पाण्डे र इन्स्पेक्टर साहलाई तानियो
जिल्ला प्रहरी कार्यालय बारामा मंगलबार बेलुका नेपाली काँग्रेस बाराका सचिव भैयाराम यादवलाई कुटपिट गरेर घाइते बनाएको घटनाको छानबिन गर्न मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरले एसएसपी प्रवीन पोखरेलको नेतृत्वमा शुक्रबार छानबिन टोली गठन गरेको छ।
मधेश प्रदेश प्रहरी प्रमुख डिआईजी गणेश भट्टराईले एसएसपी प्रबिण पोखरेलको नेतृत्वमा छलबिन टोली गठन गर्नुको साथ साथै काँग्रेस सचिव यादवलाई कुटपिट गर्ने आरोप लागेका डिएसपी पाण्डे र इन्स्पेकटर साहलाई बाराबाट तानेर अनुसन्धन गरिएको बताएका छन्।
बाराबाट तानिएका डिएसपी पाण्डेलाई धल्केवर दंगा नियन्त्रण गण र इन्स्पेकटर साहलाई उदयपुर जिल्ला प्रहरी कार्यालय काजमा पठाइएको डिआईजी भट्टराईले बताए।
पाण्डे र साह माथि संघातिक हमला मुद्दा
काँग्रेस सचिव यादवलाई प्रहरी कार्यालय भित्रै कुटपिट गरेर घाइते बनाउने कार्यमा संलग्न रहेको प्रहरी माथि शुक्रबार संघातिक हमला मुद्दा दिएको छ।
नेपाली काँग्रेस बाराका उपाध्यक्ष मनोज भट्टको नेतृत्वमा रहेको विभिन्न दलका नेताहरुले बाराका प्रहरी उपरिक्षक होबिन्द्र बोगटीलाई बाराका प्रहरी नाबय उपरिक्षक पुरुषोक्त पाण्डे र प्रहरी निरिक्षक रुपेश साह माथि संघातिक हमला मुद्दा दिएका हुन्।
भैयाराम यादव माथि जिल्ला प्रहरी कार्यालय बाराका डिएसपी र इन्स्पेक्टरले संघातिक हमला गरेर घाइते बनाए पछि हामीले फौज्दारी अभियोग अन्तर्गत रहेको संघातिक हमरा मुद्दा प्रहरी उपरिक्षक होबिन्द्र बोगटीलाई दिएको काँग्रेस उपाध्यक्ष भट्टले बताए।
डिएसपी र इन्स्पेक्टर विरुद्ध मुद्दा लिए पछि प्रहरी उपरिक्षक बोगटीले छलफल गरेर दर्ता प्रक्रिया अगाडी बढाउने आश्वासन दिएको भट्टले बताए।
भैयाराम यादवलाई कुटपिट गर्ने कार्यमा संलगन रहेको भन्दै डिएसपी पाण्डे र इन्स्पेक्टर साह लगाएत माथि कारबाही गर्न मुद्दा आएको र आएको मुद्दाको बारेमा जिल्लाको राजनीतिक दलहरुसँग छलफल गरेर टुग्याउने बाराका प्रहरी उपरिक्षक बोगटीले बताए।
गत असार १२ गते कलैया वीरगन्ज हुलाकी सडक खण्डको बघवनमा रोकिएर राखिएको कन्हैया गुप्ताले चलाएको पिक अप भ्यानमा मोटरसाइकल ठोक्दिा सुनिल यादव घाइते भएको थिए।
घाइते भएका यादवको बहुअरी अस्थित रहेको नए एस न्युरो हस्पिटलमा उपचार गराउँदा पाँच लाखको अस्पतालले उपचार खर्च बताए पछि अस्पतालको बिल तिर्नमा दुवै पक्ष बिच विवाद सृजना भएको बारा प्रहरीले बताएको छ।