बढ्दै बलात्कारका घटना: यो वर्ष मात्रै कालिकोटमा १५ जना बलात्कृत
०५ साउन २०८०
•
४ मिनेट पाठ
बढ्दै बलात्कारका घटना: यो वर्ष मात्रै कालिकोटमा १५ जना बलात्कृत
पछिल्लो समय समाजमा बढ्दो अपराधको रूप लिइरहेको बलात्कारका घटना तीव्र रुपमा बढिरहेका छन्। सानी बच्चीदेखि हजुरआमाको उमेरका महिलाहरूसम्म बलात्कारको शिकार भइरहेका छन्। कतिपय बालिका र महिलाको बलात्कारपछि हत्या भएको छ। बलात्कारले महिलालाई शारीरिक मात्र नभई मानसिक रूपमा पनि त्यत्तिकै असर पुर्‍याउँछ।




कालिकोटभर बलात्कार विरुद्धका अभियान, कार्यक्रमहरू सञ्चालन गरिए पनि बलात्कारका घटनाहरू प्रत्येक वर्ष बढी नै रहेको कालिकोट प्रहरीको तथ्यांकले देखाएको छ। जसमध्ये आर्थिक अवस्था कमजोर भएका, विपन्न, अपाङ्गता भएका, नाबालिका, गर्भवतीदेखि वृद्ध उमेरसम्मका महिला बलात्कारको शिकार हुने गरेका छन्।

कर्णालीमा दिनानुदिन बलात्कारको घटनाहरू बढिरहेको छ। अचम्मलाग्दो कुरा त के छ भने मानिसहरू शिक्षित र सभ्य भएका रिपोर्ट सार्वजनिक हुँदै गर्दा हत्या, बलात्कार, लुटपाट, अपहरणजस्ता जघन्य अपराध बढ्दै गइरहेका छन्।

कालिकोट जिलामा पछिल्लो वर्ष बलात्कारका घटना बढ्न थालेका छन्। जिल्ला प्रहरी कार्यालयमा बलात्कारकाे घटना दर्ता गर्नेको सङ्ख्या बढेको हो। पहिलेका वर्षहरुमा प्रहरीमा नआउने मुद्दा अहिले दर्ता हुने गरेका छन्।

घटना १– १४ वर्षीया बालिका ६७ वर्षीय वृद्धबाट बलात्कृत

वैशाख ११ गते १४ वर्षीया बालिकालाई ६६ वर्षीय वृद्धबाट बलात्कृत भइन्। प्रहरीले बलात्कार आरोपी ६७ वर्षीय तिलागुफा नगरपालिकाका खाम्मा रानालाई पक्राउ गर्‍यो। फागुनदेखि लगातार बलात्कारको सिकार हुँदै आएकी बालिकाको बुवाको जाहेरीका आधारमा रानालाई प्रहरीले पक्राउ गरे। उनको अनुसन्धान सुरु गरेको छ। यता बालिका अझै उपचारमा रहेको प्रहरीले जनाएको छ।

घटना २– महिला बलात्कृत

गत सोमबार (जेठ १६ गते) रास्कोट नगरपालिकाका ५८ वर्षिया अविलाल धमलाले बलात्कार गरे। आफूमाथि बलात्कार गरेको भन्दै पीडित पक्षले आरोपी विरुद्ध मुद्दा दर्ता गराएका छन्। यता प्रहरीले अदालतबाट अनुसन्धान गर्न अनुमति लिई अनुसन्धान गरेको र हाल आफन्तको जिम्मामा राखी थप अनुसन्धान चलाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

घटना ३- दलित महिलामाथि बलात्कार

२०७९ असोज ३१ गते लाँता गाउँपालिका–६ सैनका ३१ वर्षीय संक बुढाले गाउँकै एक दलित महिलामाथि बलात्कार गरे। पीडित परिवारले कात्तिक ९ गते जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएपछि फरार रहेका बुढालाई प्रहरीले वैशाख ३१ गते नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ।

उल्लिखित घटनाहरू बलात्कारका केही प्रतिनिधि घटना हुन्। कालिकोटमा पछिल्लो समय बलात्कारका घटना बढ्दो क्रममा छ।

यसै आर्थिक वर्षको हालसम्म जिल्लामा १५ जना बलात्कृत भएका छन् भने चार जनामाथि बलात्कारको प्रयास भएको छ।

जिल्लामा नाबालिकाहरूमाथि समेत बलात्कार बढ्दो छ। चालू आर्थिक वर्षको कालिकोटमा हालसम्म बाल यौन दुराचारका दुई घटना सार्वजनिक भएका छन्। बलात्कार गर्नेमा वृद्धदेखि नाबालकसम्म रहेका जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ।

प्रहरीको तथ्यांक अनुसार जिल्लामा आर्थिक वर्ष ०७७/०७८ मा ९ र  ०७८/०७९ मा ८ र ०७९/८० को हालसम्म १५ वटा बलात्कारका घटना घटेको प्रहरीले जनाएको छ।

यस्तो छ कानुनी व्यवस्था

नेपालमा बलात्कार तथा यौन जन्य अपराधका सम्बन्धमा विभिन्न कानुनी व्यवस्था छ। मुलुकी अपराध संहिता २०७४ मा कसैले कुनै महिलालाई निजको मन्जुरी नलिई करणी गरेमा वा मन्जुरी लिएर भए पनि १८ वर्षभन्दा कम उमेरको कुनै बालिकालाई करणी गरेमा निजले त्यस्तो महिला वा वालिकालाई जबर्जस्ती करणी गरेको मानिने उल्लेख छ। वैवाहिक सम्बन्ध कायम रहेको अवस्थामा पतिले पत्नीलाई जबरजस्ती करणी गरेमा पाँच वर्षसम्म कैद हुने कानुनी व्यवस्था छ।

त्यस्तै, मानवरोग प्रतिरोधक क्षमता उन्मुक्ति गर्ने जीवाणु (एचआइभी पोजेटिभ) भएको थाहा पाउँदा पाउँदै जबर्जस्ती करणी भएको भए दफा १ सय ५ बमोजिमको सजाय, अन्य सरुवा यौन रोग (सेक्सुअली ट्रान्समिटेड डिजिज) भएको थाहा पाउँदा पाउँदै जबर्जस्ती करणी भएको भए ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था ऐनले गरेको छ। १० वर्षभन्दा कम उमेरकी बालिका, पूर्ण अशक्त, अपाङ्गता भएका वा ७० वर्षभन्दा बढी उमेरका महिला भए जन्म कैद हुने कानुनी व्यवस्था छ।

१० वा १० वर्षभन्दा बढी १४ वर्षभन्दा कम उमेरकी बालिकालाई बलात्कार गरे २० वर्षसम्म कैद हुने व्यवस्था कानुनमा छ। १४ वा १४ वर्षभन्दा बढी १६ वर्षभन्दा कम उमेरकी बालिकालाई बलात्कार गरे १२ देखि १४ वर्षसम्म कैद हुने व्यवस्था छ। १६ वा १६ वर्षभन्दा बढी १८ वर्षभन्दा कम उमेरकी महिला भए १० देखि १२ वर्षसम्म, १८ वा १८ वर्षभन्दा बढी उमेरकी महिला भए सातदेखि १० वर्षसम्म कैदको व्यवस्था ऐनले गरेको छ।

सामूहिक रुपमा जवर्जस्ती करणी गरेमा वा छ महिनाभन्दा बढीको गर्भवती, अशक्त वा अपाङ्ग वा शारीरिक वा मानसिक रुपमा अस्वस्थ महिलालाई वा हातहतियार देखाई जवर्जस्ती करणी गरेमा उपदफा ३ मा लेखिएको सजायमा थप ५ वर्षसम्म कैद सजाय हुने कानुनी व्यवस्था छ।
अर्को समाचार
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
४४ मिनेट अघि
•
१ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा। झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ। 




कुनै समय राष्ट्रिय परिचयपत्र र राहदानीका लागि फोटो तथा जैविक विवरण (बायोमेट्रिक) दिन ३५ दिनसम्म पालो कुर्नु पर्नेमा अहिले त्यो अवस्था अन्त्य गरिएको छ। लामो समयदेखि थाती (पेन्डिङ)मा रहेका फाइल फर्छ्यौट गर्दै प्रशासनले सेवा प्रवाहलाई सहज र छरितो रूपमा सेवा उपलब्ध गराएको छ। 

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार गत भदौ २० गतेसम्म हाजिर राहदानीतर्फ ९९६ र राष्ट्रिय परिचयपत्रतर्फ पाँच हजार ४९१ जना सेवाग्राही पालोमा थिए। सेवाग्राहीले अनलाइन फारम भर्नसमेत पैसा तिर्नुपर्ने र बायोमेट्रिक विवरणका लागि लामो समय कुर्नुपर्ने अवस्था रहेकामा त्यो अहिले हटेको छ।

त्यस्तो अवस्था अन्त्य गर्न प्रशासनले बिहान ७:०० बजेदेखि बेलुका ६:०० बजेसम्म तथा सार्वजनिक बिदाका दिनसमेत सेवा सञ्चालन गर्ने अभियान सुरु गरेको थियो।

उक्त प्रयासबाट लामो समयदेखि प्रतीक्षामा रहेका सेवाग्राहीको चाप हटेपछि अहिले राष्ट्रिय परिचयपत्रको काम एकै दिनमा सम्पन्न हुन थालेको प्रजिअ पोखरेलले बताए।

'हाम्रो अभियानले बाँकी फाइल शून्यमा झार्ने लक्ष्य मात्र पूरा गरेन, सेवा प्रवाहको एउटा कार्यसंस्कृति नै विकास गर्यो,' उनले भने, 'अहिले सार्वजनिक बिदाका दिन पनि प्रशासनमा सेवा पाइन्छ भन्ने विश्वास सेवाग्राहीमा बसेको छ। त्यसैले यो अभ्यासलाई निरन्तरता दिएका हौँ।'

प्रशासनले यही कार्यसंस्कृतिलाई निरन्तरता दिँदै शनिबार र आइतबार पनि राष्ट्रिय परिचयपत्रका सबै सेवा तथा राहदानीका केही सेवा सञ्चालन गरेको छ। त्यस कार्यका लागि दुई जना कर्मचारी परिचालन गरिएको र बैंक काउन्टर बन्द रहने भएकाले राहदानीतर्फ भने राजस्व बुझाइसकेका सेवाग्राहीले मात्र सेवा लिन व्यवस्था मिलाइएको छ।

सेवा प्रवाहका नाममा अतिरिक्त शुल्क तिर्नु नपर्ने स्पष्ट पार्दै प्रशासनले कसैले रकम मागेमा जानकारी गराउन आग्रहसमेत गरेको छ। केही दिनअघि अतिरिक्त रकम लिने एक बिचौलियालाई नियन्त्रणमा लिएर कारबाही गरिएको कार्यालयले जनाएको छ।
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस