रजिस्ट्रेशनमा छुट पाउने प्रावधानले कपिलवस्तुमा महिलाको नाममा भु– स्वामित्व बढ्दै गएको छ। केही बर्ष अघिसम्म नगन्य मात्रामा महिलाको नाममा जग्गा पास हुने क्रम अहिले उत्साहजनकरुपमा बृद्धि भएको देखिन्छ।
सरकारले बिगत डेढ दशकदेखि महिलाको नाममा जग्गा रजिस्ट्रेशन पास गराउनेलाई राजस्वमा बिशेष छुटको ब्यवस्था गरेपछि जिल्लामा महिलाको नाममा उल्लेखनीयरुपमा भु-स्वामित्व बढेको हो।
जग्गा किन्दा लाग्ने दर्ता शुल्कमा सरकारले २५ प्रतिशत छुटको सहुलितय दिएको छ। यसैको फाईदा उठाउदै घरपरिवारले महिलाको नाममा धमाधम जग्गा पास गराईरहेका छन्।
‘ यो प्रावधान नहुदासम्म नगन्य मात्रामा महिलाको नाममा जग्गा पास गराईन्थो भने अहिले धमाधम महिला कै नाममा जग्गा पास भईरहेको छ,’ भुमीसधार तथा मालपोत कार्यालय तौलिहवाका प्रमुख रिषिराम पौडेलले भने‘ अहिले मालपाेतमा महिलाको भीड नै लाग्ने गरेको छ।’
छुट दिएपछि महिलाहरुको नाममा जग्गाको स्वामित्व बढ्दै गएको मालपोतका कर्मचारीहरु बताउछन्। मालपोत कार्यालय तौलिहवा अनुसार गत आर्थिक बर्ष २०७९-०८० मा ५ हजार ८४ जना महिलाको नाममा जग्गा पास भएको छ। जसबाट १ करोड ८४ लाख १४ हजार १०६ रुपैया छुट पाएका छन्। आर्थिक बर्ष २०७८÷०७९ मा ५ हजार १५५ जना महिलाको नाममा जग्गा पास भई १ करोड ५८ लाख ६७ हजार ३०६ रुपैया छुट पाएका छन्। २०७७÷०७८ मा ५ हजार ४३५ जना महिलाको नाममा जग्गा पास भएको थियो। त्यस बापत उनीहरुले १ करोड ८५ लाख ९८ हजार ९६० रुपैया छुट पाएका थिए।
सरकारले गरेको छुटको प्रावधानलाई जिल्लाका महिलाअधिकारकर्मीले सराहनीय र महिलाका लागि खुशीको कुरा भएको बताएका छन्। ‘ पहिला पहिला महिलाको नाममा जग्गा दर्ता गर्न पुरुषहरु आनाकानी गर्थे तर छुटको ब्यवस्था लागु भए पछि धमाधम महिलाको नाममा जग्गा दर्ता भईरहेको छ,’ अधिकारकर्मी पुष्पा रेग्मीले भनिन्‘ यो प्रावधानले केही सकारात्मक संदेश गएको छ।’
महिलाको नाममा जग्गाको स्वामित्वत आए पनि किनबेचमा भने पुरुषहरु नै हाबी हुने गरेको महिला अधिकारकर्मीहरु गुनासो गर्छन्। लालपट्टारुपी कागजमा अधिकार आएको देखाई पनि त्यसको प्रयोगमा भने पुरुषहरु नै हावी हुने गरेका अधिकारकर्मी उनी बताउँछिन्। स्मामित्व हस्तान्तरण भएकै कारण महिला हिंसा समेत बढेको अर्की महिला अधिकारकर्मी माधुरी श्रेष्ठको भनाई छ।‘ यही कारणले कतिपय महिलालाई हिंसा सहन बाध्य तुलाएको र निम्त्याएको छ,’ उनले भनिन् ‘ महिलाको नाममा जग्गा त आयो तर अधिकार आएन।’ ‘आफनो नाममा रहेको जग्गा बेचबिखनगर्न खोज्दा परिवारका अन्य सदस्यले बिभिन्न अड्चन लगाउने गर्छन यसलाई कसरी महिलाको नाममा सम्पत्ति आयो उनले भनिन्।‘ लालपुर्जामा महिलाको नाम लेखिनुलाई स्वामित्व नाममा आयो भन्न मिल्दैन। ’ उपभोग गर्न पाए मात्र स्वामित्व प्राप्त भएको भन्न मिल्ने उनको भनाई छ। सरकारले गरेको यो सकारात्म कार्यको सही कार्यान्वय हुनका लागि ठोस पहल गर्नु पर्ने उनले बताईन्।
उता गत आर्थिक बर्ष ७ सय ८४ जना दलितको नाममा जग्गा पास भएको छ । दलितले जग्गा किन्दा रजिस्ट्रेशनको ५० प्रतिशत छुट पाउने प्रावधान छ । त्यस वापत दलितहरुले. ४८ लाख ३२ हजार ३३५ छुट पाएका छन । ७० बर्ष नाघेका ६७ ज्येष्ठ नागरिको नाममा समेत जग्गा पास भएको छ । त्यस बापत २५ प्रतिशत छुट पाएका हुन् । २ लाख ३६ हजार ३४ रुपैया छुट भएको छ । २१ जना नाबालकको नाममा समेृत जग्गा पास भएको छ। जसबाट २५ प्रतिशत छुट सहुलियत पाएका हुन । त्यस वापत उनीहरुले ५३ हजार ९७५ छुट पाएका छन्। ५१ उद्योगले ७५ प्रतिशत छुट बापत १८ लाख ८९ हजार ८१५ रुपैया छुट पाएका छन । ३ अपांगले २५ प्रतिशत बापतको ४ हजार ६ सय छुट पाएका छन्। अन्य १५ जनाले ६ लाख १५ हजार १८५ रुपैया छुट पाएका छन्।
उता गत आर्थिक बर्ष भुमिसुधार तथा मालपोत कार्यालयमा कुल २२ करोड ५ लाख ३३ हजार ८११ रुपैया राजस्व संकलन भएको छ । जसमध्ये पुजीगत लाभकर ५ करोड ९५ लाख ३७ हजार ९८ रुपैया रहेको छ । गत बर्ष कुल ९ हजार ४२९ राजीनामा पास भएका छन्।