सवारी दुर्घटनामा घाइते भएकाहरूलाई उपचार खर्च दिलाउनको लागि राखिएको छलफलमा जिल्ला प्रहरी कार्यालय कलैया, बारा पुगेका नेपाली काँग्रेसका एक नेताले आफूमाथि प्रहरीले कुटपिट गरेको आरोप लगाएका छन्।
नेपाली काँग्रेस बाराका सचिव भैयाराम यादवले मंगलबार बेलुका प्रहरी कार्यालय भित्रै प्रहरी निरीक्षक रुपेश साहले प्रहरी नायब उपरीक्षक पुरुषोत्तम पाण्डेको निर्देशनमा आफूमाथि कुटपिट भएको बताएका हुन्।
नेपाली काँग्रेस बारा र नेकपा एसका नेता कार्यकर्ताहरु काँग्रेस सचिव यादवमाथि बिना कारण प्रहरीले कुटपिट गरेको भन्दै घाइते बनाउने प्रहरी निरीक्षक साह र प्रहरी उपरीक्षक पाण्डेलाई कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय घेराउ गरी प्रदर्शन समेत गरेका छन्।
नेपाली काँग्रेस बाराका मधेश प्रदेशका सह –महामन्त्री जयनारायण यादव, नेपाली काँग्रेस बाराका उपाध्यक्ष मनोज भट्ट, सचिव राजेश रौनियार लगायत नेकपा एसका नेता कार्यकर्ताहरूले बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटा मार्फत गृह मन्त्रालय लगायतको निकायहरूलाई ज्ञापन पत्र बुझाएर घटनाका छानबिन गरी दोषीलाई कारबाहीको माग गरेका छन्।
सवारी दुर्घटनामा घाइते भएका गाउँका स्थानीय सुनिल यादवलाई सवारी धनी कन्हैया गुप्ताबाट उपचार खर्च दिलाउनको लागि जिल्ला प्रहरी कार्यालय कलैयामा प्रहरी निरीक्षक साहको रोहबरमा सवारी धनी र घाइते पक्षबीच छलफल चली रहेकै अवस्थामा प्रहरी निरीक्षक रुपेश साहले सबै नेताहरू दलाल रहेको र नेताहरूको छलफलमा कुनै काम नरहेको भन्दै नेताहरूलाई गाली गलौज गर्न सुरु गरिएकोमा आफूले प्रतिवाद गर्दा कुटपिट गरिएको पीडित भनिएका नेता यादवको आरोप छ।
प्रहरी निरीक्षक साहले सवारी धनी गुप्तासँग लिएको रकम पचाउनको लागि नेता दलाल भन्दै सबै नेताहरूलाई गाली गर्न थाले पछि कुन नेता दलाल ? तपाईँले नाम भन्नु पर्यो भन्दै जवाफ माग गर्न थाले पछि उल्टै कुटेर आफूलाई घाइते बनाएको नेता यादवले बताए।
भैयारामलाई कुटेपटि गरेको थाहा पाएपछि काँग्रेसका नेता कार्यकर्ताहरूले राती नै जिल्ला प्रहरी कार्यालय बाराबाट लगेर वीरगन्जको स्पर्श हस्पिटलमा भर्ना गराई सचिव यादवको उपचार गराउनु परेको नेपाली काँग्रेस मधेश प्रदेशका सह महामन्त्री जयनारायण यादवले बताए।
पार्टी सचिव यादवलाई कुटपिट गरेर घाइते बनाउने प्रहरी निरीक्षक साह र डिएसपीलाई कारबाही नगरिए काँग्रेस बाराले कडा आन्दोलन गर्ने चेतावनी समेत सह-महामन्त्री यादवले दिए।
गत असार १२ गते कलैया वीरगन्ज हुलाकी सडक खण्डको बघवनमा रोकिएर राखिएको कन्हैया गुप्ताले चलाएको पिक अप भ्यानमा मोटरसाइकल ठोकिँदा सुनिल यादव घाइते भएका थिए।
घाइते भएका यादवको बहुअरी अस्थित रहेको नए एस न्युरो हस्पिटलमा उपचार गराउँदा अस्पतालले पाँच लाखको उपचार खर्च बताए पछि अस्पतालको बिल तिर्नमा दुवै पक्ष बिच विवाद सृजना भएको बारा प्रहरीले बताएको छ।
बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले पिक अप भ्यानमा मोटरसाइकल ठोकिँएर घाइते भएका सुनिल यादवको उपचारमा लागेको खर्चको बारेमा प्रहरी कार्यालय भित्र चलेको छलफलमा मंगलबार बेलुका विवाद भए पछि छलफलमा भाग लिएका भैयाराम यादव लगायतलाई प्रहरीले समान्य बल प्रयोग गरेर प्रहरी कार्यालय भित्रबाट बाहिर निकाल्न खोजिएको बताए।
प्रहरीले बाहिर निकाल्ने क्रममा भैयाराम यादव भुईँमा लडेर घाइते भएका हुन वा प्रहरीको कुटाईबाट घाइते भएको हुन त्यो भने बुझ्ने काम भइरहेको बोगटीले बताए।
पहिला देखि नै पिक अप भ्यान धनीले रोकिएको गाडीमा मोटरसाइकल ठेकिएकोले थोरै उपचार खर्च दिने बताउँदै आए पनि प्रहरीले पिक अप भ्यान धनीसँग कुनै किसिमको आर्थिक लाभ लिएर घाइते मोटरसाइकल सवारलाई उपचार खर्च दिलाउन नचाहेको आरोप निराधार रहेको बोगटीले जनाए।
यस घटना सम्बन्धमा आन्तरिक छानबिन समेत सुरु गरिएको उनले बताए।
घटनाको बेलामा आफू कार्यालय भन्दा बाहिर रहेको र घटनाको बारेमा थाहा पाउने बित्तिकै आएर प्रहरी कार्यालय भित्र रहेका प्रहरी अधिकृत र भैयाराम यादवलाई एकै ठाउँमा राखेर छलफल गराएर दोषीलाई कारबाही गर्ने आश्वासन समेत दिएको प्रहरी उपरीक्षक बोगटीले सुनाए।