सिन्धुलीको गोलञ्जोर गाँउपालिका ४ तीनकन्यामा खानेपानीका लागि लिफ्टको व्यवस्था गरिएको छ। तीनकन्याको कुभिन्डेमा नेपाल स्वास्थ्यका लागि पानी(नेवा) नामक संस्थाले लिफ्टबाट खानेपानीको सुविधा दिएपछि स्थानिय खुसी भएका छन्।
विद्युतिय लिफ्ट प्रणालीबाट सञ्चालित आयोजनामा ट्रिपल लिफ्टको व्यवस्था रहेको आयोजनाले जनाएको छ। तीनकन्याको कुभिण्डेमा ७६ ओटा धारा निर्माण गरि खानेपानीको पहुँच विस्तार गरिएको नेवाका कार्यक्रम अधिकृत नविन घिमिरेले जानकारी दिए। १ सय ३२ घरधुरीका ९ सय ३० जना जनसंख्यालाई खानेपानीको सुविधा उपलब्ध आयोजनाले गराएपछि स्थानिय खुसी भएका छन्। लिफ्टबाट सञ्चालित खानेपानी भएकाले विद्युत महशुल धेरै उठ्ने भएकाले सहुलियत विद्युत उपलब्ध हुनुपर्ने स्थानिय लोकबहादुर आलेको भनाइ छ।
१ करोड २६ लाख ४९ हजार ६ सय ४९रुपैयाको लागत रहेको उक्त आयोजनामा गोलन्जोर गाँउपालिकाको समपुरक कोषबाट ३२ लाख २१ हजार ६ सय ७९ नेवाको ७२ लाख १९ हजार २ सय ४८ र तथा समुदायको जनश्रमदानबाट २२ लाख ०८ हजार ७ सय २२ रुपैयामा खानेपानी आयोजनाको निर्माण भई सञ्चालनमा आएको हो। जिल्ला समन्वय समिति सिन्धुलीका प्रमुख कार्साङ लामा खानेपानीको पहुँच विस्तारमा नेवाले काम गरिहेको बताउछन्। नेवाले खानेपानी तथा सरसफाईमा राम्रै काम गरेको पाइयो, अनुगमनमा पुगेका लामाले भने, जिल्लाका अधिकांश पालिकामा नेवाले काम गरिहेको छ । यसै आ.ब.२०७९÷८०मा नेवाले सिन्धुली जिल्लाका ४ बटा गाउँपालिका तथा २ वटा नगरपालिकामा खानेपानी तथा सरसफाईमा काम गरेको नेवाका कार्यक्रम अधिकृत घिमिरेले जानकारी दिए।
हरिहरपुरगढि गाँउपालिकाको ६,७ र ८ नं. वडा, मरिण गाँउपालिकाको .६ नं. वडा, गोलन्जोर गा.पा.४ नं. वडा, सुनकोशी गा.पा.३ र ४ नं. वडा, कमलामाई न.पा.१, ३,५ र १० नं. वडा र दुधौली न.पा. ८ नं. वडा मा गरि जम्मा २२ वटा खानेपानी तथा सरसफाइका आयोजनाको काम सम्पन्न गरि स्थानियलाई शुद्ध पिउने पानीको व्यवस्था गरिएको हो। नेवाले चालु आर्थिक बर्षमा १ हजार ३६ वटा खानेपानीका धारा निमार्ण गरेको तथ्याङ छ।
सम्बन्धीत पालिकाहरुकोे आर्थिक सहयोग तथा नेवा संस्थाको आर्थिक तथा प्राबिधीक सहयोग, समुदायको जनश्रमदान तथा नगद सहयोग तथा साझेदारीमा आयोजनाहरु संचालन हुदै आएको आयोजनाले जनाएको छ। निर्माण भएका आयोजनाहरुमा ग्राभिटी फ्ल्लो, सोलार लिफ्ट तथा ग्रिड लिफ्ट प्रविधी अपनाई पुर्ण स्वास्थ्य तथा सरसफाइ कार्यक्रम संचालन गरिसम्पुर्ण आयोजनाहरु उपझोक्ता लाई हस्तान्तरण गरिने नेवा बागमती प्रदेश कार्यालय सिन्धुलीका प्रदेश प्रमुख मैत्रेयी शर्माले बताइन्।