जिल्लाको वीरेन्द्रनगरका विभिन्न स्थानबाट अनैतिक क्रियाकलापमा संलग्न भएको आरोपमा १२ महिला सहित पाँच पुरुष पक्राउ परेका छन्।
वीरेन्द्रनगरमा सञ्चालित विभिन्न होटलहरुबाट प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार शनिबार दिउँसो कर्णाली प्रदेशको राजधानी समेत रहेको वीरेन्द्रनगरमा अनैतिक क्रियाकलाप भइरहेको गोप्य सूचनाको आधारमा प्रहरीले छापा हानेको थियो।
सुर्खेतका डिएसपी लक्ष्मणबहादुर शाहीले १२ जना महिला र ५ जना पुरुष गरेर १७ जना पक्राउ गरेको जानकारी दिए।

उनले भने, 'प्रहरीलाई अवैध रुपमा अनैतिक क्रियाकलाप सञ्चालन भइरहेको भन्ने गोप्य खबर आएको थियो। त्यसै अनुसार वीरेन्द्रनगरका विभिन्न होटलमा छापा हानेर उनिहरुलाई पक्राउ गरेको हो। उनिहरू माथि भोली थप अनुसन्धान हुन्छ।'प्रहरीमा अनैतिक क्रियाकलाप भइरहेकाे गुनासो र सूचना बढी आउन थालेपछि प्रहरी आफ्नो एक्सनमा उत्रिएको हो। प्रहरीले पक्राउ परेकाहरूको पहिचान खुलाएको छैन।