चार वर्षदेखि डिजाइनमै सीमित पान्तडी पुल
२० असार २०८०
•
२ मिनेट पाठ
चार वर्षदेखि डिजाइनमै सीमित पान्तडी पुल
तिला नदी। तस्बिर: नागरिक
कालिकोट जिल्लाको महावै गाउँपालिका जोड्ने तिला नदी पान्तडी पुल वर्षौँदेखि डिजाइनमै सीमित भएको छ। २०७७ सालमा डिजाइन बिलको ठेक्का पाएको निर्माण कम्पनीले हाल सम्म डिजाइन पास गर्न सकेको छैन।




निर्माण व्यवसायी संघका केन्द्रीय अध्यक्ष रवि सिंहको महादेव खिम्ति जेभी निर्माण कम्पनीले डिजाइन बिलको ठेक्का पाएको तर डिजाइन गर्न समय लगाउँदा काम अझै सुरु हुन सकेको छैन।

महावै गाउँपालिका सडक सञ्जालले छोए पनी पुल नहुँदा कर्णाली राजमार्गसँग जोडिन नसकेको महावै गाउँपालिका अध्यक्ष खेमबहादुर सिंहले बताए।

‘गाउँपालिकाका ७ वटै वडाहरुमा सडक पुर्‍याइसकेका छौँ। दैलेख देखी गाडी महावै पुगेपनी राजमार्ग देखी सिधै महावै गाडी पुर्‍याउन सकेका छैनौ।’ उनले भने।
यसका लागी निर्माण कम्पनी र पुल महाशाखालाई पटक-पटक ताकेता दिएको उनको भनाई छ। पुल महाशाखाले निर्माण व्यवसायीलाई दबाब सिर्जना गरी पुल निर्माण कार्यअघि बढाउनुपर्ने अवस्था रहेको अध्यक्ष सिंहले बताए।

उनले यस्ता ढिलासुस्ती र काम नगर्ने निर्माण कम्पनीलाई कारबाहीको दायरामा ल्याउने बताए। उनले यसबारे थप बुझेर जानकारी दिने प्रतिक्रिया दिएका छन्। पुल महाशाखामा निर्माण व्यवसायले सम्झौताको लागि कुनै डकुमेन्ट महाशाखामा अहिले सम्म प्राप्त नभएको जनाइएकाे छ।

डिजाइन बिल गर्न ढिलाइ भएकाले महावै गाउँपालिकाका नागरिकले अहिले पनि दुःख खेप्नुपर्ने बाध्यता छ। तिला नदिमा पुल नहुँदा दैनिक आवतजावत गर्न स्थानीयलाई धेरै समस्या परेको छ।

निर्माण व्यवसायीले निर्माण गर्ने विभिन्न योजनाहरू अलपत्र पर्दा स्थानीय नागरिकले सास्ती खेप्नु परेकाे छ।

निर्माण व्यवसायी संघका केन्द्रीय अध्यक्ष रवि सिंहको महादेव खिम्ति जेभी निर्माण कम्पनीले ठेक्का लिएको डिजाइन बिलको ठेक्का पाएको तर डिजाइन गर्न समय लगाउँदा काम अझै सुरु हुन सकेको जनाएको छ।
अर्को समाचार
तिला नदीमा र्‍याफ्टिङको रमाइलो
०८ साउन २०७७
•
२ मिनेट पाठ
तिला नदीमा र्‍याफ्टिङको रमाइलो
यही साउन एक गतेदेखि जुम्लाको तिला नदीमा र्‍याफ्टिङ संचालनमा आएको छ । पहिलो पटक जुम्लामा व्यवसायिक रुपमा र्‍याफ्टिङ संचालनमा ल्याइएको हो । अहिले लामो तथा छोटो दुरीको प्याकेज बनाएर र्‍याफ्टिङ चलिरहेको छ । जुम्लामा दुई वटा र्‍याफ्टिङ ल्याइएको हो । रिभर गाइडको अभावमा एक र्‍याफ्टिङ चल्न सकेको छैन ।  




पहिलो पटक जुम्लामा पनि अफ सिजनमा र्‍याफ्टिङ संचालनमा आएको हो । गो कर्णाली ट्राभल्स एण्ड टुर्सले तिला नदीमा व्यवसायिक रुपमा र्‍याफ्टिङ संचालनमा ल्याएको हो । संचालक ललित महत यो सिजन तिला नदीमा र्‍याफ्टिङ चलाउन उपयुक्त रहेको बताउँछन् ।  

उनले भने,‘सवै यात्रुलाई सुरक्षाका साधन प्रयोग भइरहेको छ । दैनिक एक पटक र्‍याफ्टिङ चलिरहेको छ ।' आन्तरिक तथा बाह्य पर्यटकको बसाइ लम्ब्याउने र साहसिक तथा जलपर्यटन प्रबर्धन गर्ने ध्यायका साथ तिलामा र्‍याफ्टिङ संचालनमा ल्याइएको उनी बताउँछन् । जहाँ पनि सुख्खा सिजनमा र्‍याफ्टिङ हुने गरेको तर यहाँ हरियाली सिजनमा पनि चलाउन सकिन्छ भन्ने उदाहरण दिन सकिने अवस्था छ । हिउँदको सिजनमा पानीको बहाव हेरेर सानो र्‍याफ्टिङ चलाउने तयारी भइरहेको छ ।

छोटो प्याकेज अन्र्तगत दानसाघुदेखि श्रीढुस्कासम्म चल्छ । यो प्याकेजमा प्रतिब्यक्ति एक हजार रुपैयाँ शुल्क लाग्छ । लामो प्याकेज दानसाघुदेखि राँकासम्म तोकिएको छ । यहाँसम्म प्रति ब्यक्ति दुई हजार रुपैयाँ लाग्छ । फुल डे प्याकेज २० हजार रुपैयाँको छ । यात्रुको माग अनुसार दैनिक दुई वटा र्‍याफ्टिङ चलाउने तयारी भइरहेको पर्यटन व्यवसायी समेत रहेका महत बताउँछन् ।

महतका अनुसार साउन महिनामा यो र्‍याफ्टिङ निकै प्रभावकारी भएको छ । तिला नदी भौगोलिक रुपमा निकै उत्तम भएको र पानिको फलो पनि ठिक छ । सुरुमा चार पाँच पटक परीक्षण गरियो । त्यसपछि व्यवसायिक रुपमा अगाडि बढाईएको छ । यो व्यवसायलाई कर्णाली प्रदेश सरकारले सहयोग तथा समन्वय गरेको उनी बताउँछन् ।

र्‍याफ्टिङ परीक्षण संचालनमा जिल्ला समन्वय समितिका प्रमुख लालबहादुर सार्कीसहितका सरोकारवाला व्यक्तिहरु समेत सहभागी थिए । पछिल्लो समयमा भने व्यवसायिक रुपमा अगाडि बढ्न थालेको छ । र्‍याफ्टिङ रिभर गाईडको लागि जुम्लाकै बिर्ख दमाई र अमृत दमाईले जिम्मेवारी लिएका छन् । बिर्खले २५ वर्ष बढि भारतमा ढुंगा चलाएर बसे । अहिले आफ्नो जिल्लामै रोजगारी मिलेको छ । सो साहासिक यात्रा गर्ने पर्यटकहरुका लागि रैथाने खाना र नास्ताको व्यवस्था समेत गरिनेछ । दानसाँघुदेखि तातोपानीसम्म गएर तातोपानीमा नुहाउन पाईनेछ । यो सँगै मार्सी चामलको भात, तिलामा पाउने असला माछा समेत खान पाउनेछन् । र्‍याफ्टिङ चढ्दा तिलाको आसपासमा झुलेका मार्सीधान, स्याउ बगैचा लगायतका सुन्दर दृश्य अवलोकन गर्न सकिनेछ ।

अहिले शुरुवात गरिएको र्‍याफ्टिङ व्यवसाय पनि गर्मियाममा कर्णालीमा र चिसोमा भेरी नदीमा संचालन गरिने योजना रहेको संचालक महतले बताए । स्थानीय सरकारसँग समन्वय भएमा सिञ्जा क्षेत्रको हिमानदी, पातारासी र गुठिचौरमा समेत संचालन गरिने योजना छ । पछिल्लो समयमा र्‍याफ्टिङ गर्न सबै रमाइलो मान्छन् ।
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock ७ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १३ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस