निकुञ्जको ‘कोर क्षेत्र’ मा गैंडा तस्करी, अनुसन्धान गर्दै निकुञ्ज
१४ असार २०८०
•
२ मिनेट पाठ
निकुञ्जको ‘कोर क्षेत्र’ मा गैंडा तस्करी, अनुसन्धान गर्दै निकुञ्ज
सर्वसाधारणलाई प्रवेश निषेध रहेको पर्सा राष्ट्रिय निकुञ्जको ‘कोर क्षेत्र’ मा गैंडाको तस्करी भएको छ। 




करिब तीन महिना अघि गैंडा मारेको हुनसक्ने भएपनि केही दिन अघि मात्रै घटना बाहिरिएको हो। मकवानपुरको मनहरी गाउँपालिका ७ नम्बर वडाको दक्षिण भागमा पर्ने निकुञ्जको क्षेत्रमा गैंडाको तस्करी भएको हो।

सिङ निकालिएको र गन्हाउने अवस्थामा गैंडा फेला परेको छ। पुरानो रमौली बस्तीको चुरे क्षेत्रमा रहेको भालुखोलाको मुहानमा गैंडा फेला परेको हो।

राष्ट्रिय निकुञ्जको कर्मचारीको अनुमति बेगर यस क्षेत्रमा कोही पनि छिर्न पाउँदैन। नेपाली सेनाको अनुमति र निगरानीमा पानीको मुहान सफा गर्न गएका स्थानीयले गैंडा मरेको अवस्थामा देखेपछि घटना बाहिरिएको हो।

‘सेनाको अनुमति विना कोही छिर्नै नपाउने ठाउँमा गैंडाको शिकार भएको छ। डरलाग्दो जंगलको बीचमा खाग (सिंग) निकालिएको र गन्हाइरहेको अवस्थामा गैंडा फेला परेको छ’, एक प्रत्यक्षदर्शीले भने।
घटना बाहिरिएको केही दिनसम्म निकुञ्जका प्रतिनिधिले यस बारेमा कुनै प्रतिक्रिया नै दिएनन्। गैंडाको खाग नभएकोले तस्करी भएको हुनसक्ने पर्सा राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष सिताराम अर्यालले बताए।

‘घटना बाहिरिएपछि विभागबाट पनि अनुसन्धानका लागि टोली आएको छ। पर्सा राष्ट्रिय निकुञ्जको ‘कोर क्षेत्र’ मा घटना भएको कुरा सत्य हो’, उनले भने, ‘यस विषयमा आवश्यक अनुसन्धान भइरहेको छ।’
यता पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अशोक रामले घटना लुकाउन खोजिएको हो भन्ने प्रश्नलाई स्वीकार गरेनन्।

‘हामीले घटना लुकाउनुपर्ने कुनै कारण छैन। आवश्यक अनुसन्धान गरिरहेका छौं। यसका लागि अनुसन्धान अधिकृत नै तोकेका छौं’, उनले भने, ‘घटनाको प्रकृति हेर्दा तस्करी भएको देखिन्छ। जंगलमा नियमित गस्ती हुने गरेको छ। गस्ती जाने टोली एउटा ट्रयाकमा हिँड्ने हो। घोलमा गैंडा मारेको पाइएको छ। थप अनुसन्धान गरिरहेका छौं।’
यस क्षेत्रमा घाँस दाउरा गर्न सर्वसाधारण जान नपाउने उनले स्वीकार गरे। पर्सा राष्ट्रिय निकुञ्ज अन्तर्गत लामिटार र प्रतापपुर पोष्टको टोलीले यस क्षेत्रमा गस्ती गर्ने गरेको छ। मृत अवस्थामा भेटिएको गैंडालाई विधि विज्ञान प्रयोगशालामा पठाइने प्रमुख संरक्षण अधिकृत रामले बताए।

‘यस विषयलाई सूक्ष्म अध्ययन गरिरहेका छौं। हाम्रो अनुसन्धान अधिकारीसहितको टिमले काम गरिरहेको छ। ट्रयाकिङ पनि गरिरहेका छौं’, उनले भने।
मृत अवस्थाको गैंडा देखेकाहरुले भने यसमा गाउँले हतियार प्रयोग भएको हुनसक्ने अनुमान गरेका छन्। घटनास्थलमा चप्पल र खाना पकाएको समेत भेटिएको छ। यसअघि यस क्षेत्रमा महिनामा ८ पटक सम्म गस्ती हुने गरेको भए पनि घटना पश्चात् भने दैनिक गस्ती भइरहेको छ।

स्थानीयले यस क्षेत्रमा पोष्ट राख्नुपर्ने माग गरेका छन्। यस विषयलाई लिएर बिहीबार मनहरी गाउँपालिकाको कार्यालयमा सर्वपक्षीय छलफल समेत भएको थियो। 
अर्को समाचार
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
१ घण्टा अघि
•
१ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
काठमाडौंमा खसीको मासु भन्दै बाख्री तथा पाठीको मासु बिक्री गरेको आरोपमा ८ जना पक्राउ परेका छन्।




जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्दै बिक्री गर्ने गरिएको सूचनाका आधारमा प्रहरीले चेकजाँच गरेको थियो।

चेकजाँचका क्रममा ५६७ किलो बाख्रीको मासु दुई वटा गाडीमा लोड गरिरहेको अवस्थामा ८ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। प्रहरीले बा ५७६० नम्बरको भ्यान र बा २० च ६३४६ नम्बरको पिकअप गाडीसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा सिन्धुलीका ४० वर्षीय दिलबहादुर मोक्तान, मुगुका ३२ वर्षीय करण बानियाँ, ललितपुरका ५० वर्षीय मनोज थापा, धादिङका २६ वर्षीय सनम तामाङ र २२ वर्षीय राजु लामा छन्।

त्यस्तै, काभ्रेपलान्चोकका २७ वर्षीय टेकबहादुर तामाङ, दोलखाका २१ वर्षीय निखिल उप्रेती र काभ्रेपलान्चोककै २५ वर्षीय दिनेश महत पनि पक्राउ परेका छन्।

प्रहरीले पक्राउ परेका आठै जनामाथि थप अनुसन्धान भइरहेको जनाएको छ।

देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock १ मिनेट अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock २ मिनेट अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस