हिन्दु स्वयंसेवक संघ नेपालले सप्तरीको भारदहमा आयोजना गरेको २० दिने संघ शिक्षा वर्ग सम्पन्न भएको छ। देशै भरबाट आएका स्वयंसेवकहरूले २० दिन सम्म आवासीय प्रशिक्षण लिएका थिए।
प्रशिक्षणको क्रममा प्रशिक्षार्थी स्वयंसेवकहरूलाई शारीरिक, सामाजिक, वैचारिक, बौद्धिक प्रशिक्षण दिइएको थियो। समापन समारोहमा भारतको राष्ट्रिय स्वयंसेवक संघका अखिल भारतीय सह-प्रचार प्रमुख आलोक कुमारले सम्बोधन गरेका थिए।
कार्यक्रमका प्रमुख अतिथि सप्तरी क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य नवल किशोर साह थिए।
बिहान ५ बजे जागरण सँगै सुरु हुने प्रशिक्षणमा शारीरिक व्यायाम, संघ शाखा, खेल हुन्थ्यो भने दिउँसो विभिन्न समसामयिक विषयमा बौद्धिक प्रशिक्षण दिइन्थ्यो। राष्ट्र, राष्ट्रियता, देशभक्ति, धर्म संस्कृति, अध्यात्म जस्ता विषयहरूमा दैनिक रूपमा परिचर्चा भएको आयोजकले जनाएको छ।
सबै स्वयंसेवकहरूसंगै संघका पदाधिकारी र प्रशिक्षकहरू सबै एकै ठाउँमा बस्ने, खाने, सुत्ने समान व्यवस्था गरिएको थियो। समाजका विभिन्न व्यक्तित्वहरूबाट विभिन्न सामाजिक, सांस्कृतिक र इतिहासको विषयमा सधैँ एक घण्टाको बौद्धिकको कार्यक्रम भएको आयोजकले जनाएको छ।
हिन्दु स्वयंसेवक संघको नियमित शाखामा आउने, ७ दिने प्राथमिक शिक्षा वर्गबाट प्रशिक्षित र कम्तीमा पनि एसएलसी उत्तीर्ण छात्रहरू मात्रै २० दिने संघ शिक्षा वर्गमा सहभागी हुने प्रावधान छ।
शाखाको माध्यमले असल व्यक्तित्व निर्माण गर्ने उद्देश्यका साथ आयोजना भएको संघ शिक्षा वर्गमा सबै प्रशिक्षार्थीहरूलाई व्यक्तिगत जीवनमा सुचिता राख्दै आफ्नो समाज र देशको लागि कसरी योगदान दिन सकिन्छ भन्ने कुराको प्रशिक्षण दिने गरिन्छ।
२० दिने प्रशिक्षण प्राप्त गरेका स्वयंसेवकहरूले आउने दिनमा विभिन्न सामाजिक कार्यहरूमा योगदान दिने विश्वास आयोजकले गरेको छ।