रोकिएन बालविवाह
०८ असार २०८०
•
५ मिनेट पाठ
रोकिएन बालविवाह
बालविवाह सम्बन्धी सचेतना कार्यक्रममा सहभागी किशोरीहरु
शुभ कालिका गाउँपालिकाकी नानु (परिवर्तित नाम)ले १६ वर्षको उमेरमा सोही गाउँपालिकाका २१ वर्षे युवकसँग विवाह गरिन्। उनले भागेर विवाह गरेकी थिइन्। तर,यति कम उमेरमै विवाह गर्न मन नभए पनि बाध्य बनेको उनले सुनाइन्।




कक्षा ८ मा पढ्दै गरेका बेला नानुलाई ती युवकले मनपराए,र विवाह गर्न कर गर्न थाले । गाउँमा आउने बस्ने गरेका युवकले ती किशोरीलाई विवाह गर्ने सोच गरे । लामो समयको माया पछि उनले विवाहको लागि अनुरोध गरे।

आमाबुवालाई युवकले विवाहका लागि फकाउने निकै कोसिस गरे,तर अभिभावकले मानेनन्।  ६ महिना अघिको घटना सम्झँदै उनले भनिन्, ‘आमाबुवा विवाहका लागि राजी नभएपछि अनेक धम्की दिन थाल्यो । आफूसँग विवाह नगरे आत्म हत्या गर्ने,बेइज्जती गरिदिन्छु भन्यो ।’ धाक धम्कीले डराएकी नानुले कतै उजुरी गर्ने आँट गरिनन्। अन्ततः ‘इज्जत जाने डरले’ त्यही केटासँग २०७९  माघमा भागेर विवाह गरिन्।

नानुले शिक्षालाई प्राथमिकतामा राखेकी थिइन्। विवाहपछि पनि उनको पढाइलाई निरन्तरता दिने दुबैबिच सहमति भएको थियो । तर, विवाहपछि उनी विद्यालय जान पाइनन्। अहिले उनी पोहिली (भागी विवाह गरेर गएको घर)घरमा छिन्। उनी पढ्न नपाएर अशिक्षित भएको बत्ताउँछिन्। उनले  भनिन् ‘शारीरिक र मानसिक यातना बढ्ने रहेछ । सानै  उमेरमा विवाह गर्दा धेरै समस्याले सताउने गरेको छ।

नानुको गाउँमा उनले जस्तै सानै उमेरमा विवाह गर्ने  ५ जनाभन्दा बढी बालिका छन्। तीमध्ये अधिकांश बालिका आमा समेत बनिसके । सानै उमेरमा विवाह गर्दा बालिकाहरू शिक्षाबाट वञ्चित हुने,प्रजनन अधिकारबारे बेखबर रहेर स्वास्थ्यमा जोखिम निम्तिने र विभिन्न शारीरिक र मानसिक समस्याको चपेटामा पर्ने गरेका छन्।

गत फागुनमा खाँडा चक्र नगरपालिकाकी किया (परिवर्तित नाम)ले १६ वर्षको उमेरमा   शुभ कालिका गाउँपालिकाका १६ वर्षिया किशोरीसँग भागेर विवाह गरिन्। किशोर कक्षा १० मा पढ्छन्। ती किशोरी कमजोर आर्थिक अवस्थाका कारण दुःखमा हुर्केकी उनी सुखले बस्न र खान पाउने आशामा १६ वर्षमै विवाह गरिन्। अहिले शिक्षाबाट बन्चित भएकी छन् । उनका श्रीमानले आफ्नो पढाइलाई निरन्तरता दिए पनि कियाले पढ्न पाएकी छैनन्। उनको घरपरिवार पनि पढाउने सोचमा छैनन्।

कालिकोटकै नरहरिनाथ गाउँपालिकाकी एक किशोरी मुना (परिवर्तित नाम)ले पनि कक्षा १० मा पढ्ने क्रममा दैलेखका युवकसँग प्रेम सम्बन्ध भयो । केही समयको सम्बन्ध पछि उनीहरुले भागेर विवाह गरे।केटाको परिवारले २० वर्ष पुगेपछि विवाह गर्ने सुझाव दिए तर उनीहरुले नमानेपछि विवाह भयो।अहिले उनीहरूको छोरा जन्मिएको 

विवाहपछि दुवै जनाको पढाइ छुट्यो ।  छोरा पनि जन्मियो । कम उमेरमा विवाह गर्दा घर–परिवार व्यवस्थापन गर्न गाह्रो परेको र तनावका कारण श्रीमान् कुलतमा फसेको उनले सुनाइन्। उनी भन्छिन्, ‘जसरी हामीले सानै उमेरमा विवाह गरेर दुःख पायौं, त्यसरी कसैले पनि दुःख नपाओस्।’ सान्नीत्रिवेणी गाउँपालिकाकी किशोरीले खाँडाचक्रका किशोर संग भागेर विवाह गरिन्। उनको विवाह गाउँकाले समाधान गरे।

अहिले पनि कालिकोट जिल्लामा भागेर,मागेर, रुढीवादी सोचले सानै उमेरमा विवाह गरेका किशोर किशोरी धेरै रहेका छन्,। जिल्ला प्रहरी कार्यालय कालिकोटका अनुसार आर्थिक वर्ष २०७९/८० चार वटा बाल विवाहको मुद्दा दर्ता भएको प्रहरी प्रमुख जयश्वर रिमालले बताए।उनले भने ‘धेरै जसो बाल विवाह भएको खबर प्रहरी कहा आउँछ । प्रहरी घटना स्थानमा जाँदा सार्थीको घरमा घुम्न आएको,विवाह नगरेको लगाएता कुराले प्रहरी फर्कने गरेको छ।’अहिले पनि प्रहरी कहाँ खबर आए अनुसार धेरैले गाउँमा विवाह गर्ने गरेको पाइन्छ । उनले भने। 
प्रहरी कहाँ धेरै उजुरी नआउनुको कारण अभिभावकले आफ्नै छोराछोरीलाई थुनामा राख्न न चाहनु,बाल विवाह गरेको थाहा पाएकाहरूले दुस्मन गर्न नचाहनु जस्ता कारणले प्रहरी कहाँ कम जाहेरी आउने गरेको बताए। 

मुद्दा दर्ता भएका बालविवाह  सान्नीत्रिवेणी गाउँपालिकाको दुई वटा, पलाँता गाउँपालिकाको एक वटा नरहरिनाथ गाउँपालिकाको एक गरी चार बाल विवाह भएका छन्।

जिल्लाको प्लान इन्टर नेश्नल नेपाल,किर्डाक नेपाल,हुरेन्डेक नेपाल,सादा नेपाल,आई एनएफ नेपाल लगायतका  गैर सरकारी संघ सस्थाहरुले डलरको खेती गरेर बालविवाह रोक्न अभियान चलाएका छन्। तर बालविवाह न्यूनीकरण  भने नभएको जानकारहरू बताउन्छ् । किर्डाक नेपाले कालिकोटको तिलागुफा नगरपालिका र शुभ कालिका गाउँपालिकामा बाल विवाह रोक्न धेरै प्रयास गरेको भएता पनि रोकिन सकेको छैन।

गैर सरकारी संस्थाहरूले बाल विवाह रोक्न कार्यक्रम गर्दा एक अर्का ठाउँका किशोर किशोरीहरूको सम्पर्कले झन् बालविवाह हुने गरेको पाइन्छ ।

 जिल्ला अस्पताल कालिकोटको अनुसार २० वर्ष उमेर नपुग्दै गर्भवती हुनेको संख्या पनि बढेको छ । आर्थिक वर्ष २०७८/७९मा  ९ सय ६२ जना रहेका छन भने आर्थिक २०७९/८०  ७ १६ जनाले २० वर्ष नपुग्दै  बच्चा जन्माएका छन्।यस्तै माघ देखि हाल सम्म  ३ सय २९ जनाले २० वर्ष नपुग्दै  बच्चा जन्माएका छन्।
समाजमै गुपचुप राख्ने प्रवृत्ति

नेपालको कानुनले विवाह गर्ने उमेर २० वर्ष पुग्नै पर्ने अनिवार्य गरेको छ भने त्यसभन्दा कम उमेरमा गरिने विवाहलाई गैर कानुनी मानेको छ। 

मुलुकी अपराध (संहिता) ऐन, २०७४ मा गरिएको व्यवस्था अनुसार, २० वर्ष नपुगी भएको विवाह स्वतः बदर हुनेछ । कसैले २० वर्ष उमेर नपुगी विवाह ग¥यो वा गरायो भने त्यस्तो व्यक्तिलाई तीन वर्षसम्म कैद र  ३० हजारसम्म जरिवाना हुने व्यवस्था गरिएको छ । यद्यपि गाउँ–समाजमा बालविवाह रोकिन सकेको छैन। 

गाउँमा बाल विवाह भयो भने अभिभावकले आफ्नै छोराछोरीलाई थुनामा राख्न नचाहनु,बाल विवाह गरेको थाहा पाएकाहरूले दुस्मन गर्न नचाहनु जस्ता कारणले  समाजमै गुपचुप राख्ने प्रवृत्ति बढेको छ।

कानुनभन्दा सचेतनामा जोड 

सन् २०३० सम्म बालविवाह अन्त्य गर्ने लक्ष्यका साथ सरकारले ल्याएको ‘बालविवाह अन्त्यका लागि राष्ट्रिय रणनीति, २०७२’ कार्यान्वयनमा छ।केन्द्र देखि स्थानीय तहसम्म बालमैत्री शासनको अवधारणा अघि सारिएको छ।तर, बालविवाहलाई अन्त्य गर्न सरकारले कानुन र यस्ता सरकारी लक्ष्य लिएर मात्रै पुग्दैन।

कालिकोटमा अहिले धेरै गैर सरकारी संस्थाहरूले बालविवाह रोक्न धेरै कार्यक्रम गर्ने गरेका छन्। तर बाल विवाह रोकिएको छैन। प्लान इन्टर नेश्नल नेपालको तथ्याङक अनुसार कालिकोटमा ५१ प्रतिशत बालविवाह रोकिएको जनाएको छ । कानुनले बालविवाहलाई गैर कानुनी माने पनि गाउँ–समाजमा यसले निरन्तरता पाइरहँदा बालिकाको पढ्ने अधिकार मात्र खुम्चिएको छैन, विभिन्न शारीरिक, मनोवैज्ञानिक र सामाजिक समस्याका कारण उनीहरूको जीवन नै बर्बाद भइरहेको छ। 
अर्को समाचार
कानुनको कार्यान्वयन नहुँदा रोकिएन बालविवाह
०६ पौष २०७९
•
२ मिनेट पाठ
कानुनको कार्यान्वयन नहुँदा रोकिएन बालविवाह
बालविवाह न्यूनीकरण गर्नका लागि बनेका ऐन, कानुनहरू प्रभावकारी नहुँदा समाजका कुसंस्कार, कुरीतिको रुपमा रहेको बालविवाहको अन्त्य हुन सकेको छैन्।




बालविवाह विरुद्ध साझा अभियान कालिकोटको आयोजनामा मंगलबार महवै गाउँपालिकाको केन्द्र पद्मघाटमा आयोजित अन्तरक्रिया कार्यक्रममा उपस्थित पालिकाका वडाध्यक्ष, कार्यपालिका सदस्य, महिला सदस्यहरू लगायतका जनप्रतिनिधिहरूले कानुनहरू प्रभावकारी कार्यान्वयन नहुँदा समस्या भएको बताए।

कार्यक्रममा महावै गाउँपालिका–१ का अध्यक्ष नरेन्द्र शाहीले समाजमा अहिलेसम्म पनि बालविवाह अन्त्य हुन नसकेको बताउँदै बालविवाह गर्नु गराउनु, बाल अधिकार,महिला अधिकार,मानव अधिकार र कानुनी शासनको समेत प्रतिकूल भएको र बालविवाहबाट बालबालिका पढ्न पाउने, स्वैच्छिक रुपमा विवाह गर्न पाउने र सम्मानपूर्वक बाँच्न पाउने हकबाट समेत वञ्चित हुने भएकाले यसको अन्त्य गर्नु पर्नेमा जोड दिए। साथै उनले बालविवाह अन्त्य गर्ने कानुनी व्यवस्था भएपनि स्थानीय तहमा कार्यान्वयन हुन नसक्दा बालविवाह बढ्दै गएको बताए।

कालिकोट जिल्लामा धार्मिक अन्धविश्वास र परम्पराका, बेरोजगारी, आर्थिक अभाव र धेरै सन्तान भएका कारण बाध्यताले पनि बालविवाह जस्ता गैर कानुनी कार्यले प्रश्रय पाइरहेको देखिन्छ।

गाउँ स्तरका नागरिकले बालविवाहबाट वैवाहिक जीवनमा पर्न सक्ने असर, बालिकाको प्रजनन स्वास्थ्यमा पर्न सक्ने गम्भीर खतरा,बाल अधिकार,कानुनी बन्देजहरूको बारेमा राम्ररी जानकारी नपाएका कारण बालविवाहले निरन्तरता पाई रहेको वडा नम्बर २ का वडाध्यक्ष हर्कबहादुर सिंहको भनाइ छ। उनले आफ्नो वडा र सिङ्गो गाउँपालिकालाई नै बालविवाह मुक्त गराउन रणनीतिक योजना बनाएर अभियानमा लाग्ने प्रतिबद्धता जनाए।

कालिकोटका प्रहरी प्रमुख डिएसपी जयश्वर रिमालले बालविवाह सामाजिक तथा परम्परागत कुरीति भएकाले यसको अन्त्य गर्नका लागि  जनचेतनामूलक कार्यक्रम गर्नु पर्ने,अभिभावकलाई यौन तथा प्रजनन शिक्षा सम्बन्धी तालिम दिनु पर्ने र बालबालिकाहरूलाई सानै उमेरदेखि बालविवाह गर्नुहुन्न भन्ने मानसिकताको विकास गराउनु पर्ने धारणा व्यक्त गरे।

बालविवाहको बारेमा सकभर कसैले उजुरी नै नगर्ने र कसैले कुनै कारणले उजुरी गरेकै खण्डमा पनि यो आफन्त भनेर ढाकछोप गर्ने, सामाजिक, रीतिरिवाज, धार्मिक एवं सांस्कृतिक प्रचलन भएको बताउँदै बालविवाहलाई सामाजिक मान्यता मिलापत्र गराई दिने गरेका कारणहरूले जिल्लामा अहिलेसम्म पनि बालविवाह अन्त्य हुन नसकेको कार्यक्रमका सहजकर्ता एवम् पत्रकार कालीबहादुर मल्लले गुनासो गरे।

नेपालको बालविवाह सम्बन्धी ऐन कानुन नेपालको संविधानको धारा ३९ को उपधारा ५ ले कुनै पनि बालबालिकाको हक स्थापित गर्नुका साथै २० वर्ष भन्दा कम उमेरमा गरिने विवाह कानुनतः दण्डनीय र गैर कानुनी हुने भएकोले बदर हुने व्यवस्था गरिएको छ। यस्तै कसुर गर्ने व्यक्तिलाई एक वर्ष कैद र दश हजार जरिवाना हुन सक्ने भनिए पनि प्रभावकारी कार्यान्वयन हुन सकिरहेको छैन्।
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस