मौलिकता गुमाउँदै घान्द्रुक
३१ जेष्ठ २०८०
•
६ मिनेट पाठ
मौलिकता गुमाउँदै घान्द्रुक
विसं २०२६/२०२७ तिरको कुरा हो, घान्द्रुकका शङ्करमान गुरुङ त्यही गाउँको विद्यालयमा पढाउने गर्थे। गाउँको तल विद्यालय थियो। उनी विद्यालय आउजाउ गर्दा बाटोमा फाट्टफुट्ट विदेशी भेटिन्थे। उनीहरु को हुन्, किन आएका हुन् ? कसैलाई पत्तो थिएन। पहिलोपालि आएका पर्यटक घान्द्रुकका लागि नौला थिए।




उतिबेला घरगाउँमा कोही नचिनेको मान्छे आयो भने ‘जासुसी गर्न’ आएको भनेर शङ्काको  दृष्टिले हेरिन्थ्यो। विदेशी आउने क्रम बढेपछि शिक्षक गुरुङले सोधखोज गर्न थाले। अनि थाहा भयो, उनीहरु त घुमफिरका लागि आएका पर्यटक पो रहेछन्। त्योबेला घान्द्रुकमा होटल, रेष्टुराँको कल्पना नै थिएन।

पर्यटकले खाने र बस्ने ठाउँ खोज्दै हिँडेको देखेपछि उनले आफ्नै घरमा लैजान थाले। 'घरमा जे पाक्छ उनीहरु त्यही खान्थेँ, सामान्य कोठामा सुत्थे', शिक्षक गुरुङले विगत कोट्याए, 'गाउँका अरुले राख्न मानेनन्, मैले राखेँ, अङ्ग्रेजी भाषाको अलिअलि ज्ञान भएकाले पनि मलाई सजिलो भयो।'

व्यापार गर्ने नभई घरमा आएका पाहुनालाई सेवा–सत्कार गर्ने संस्कार गुरुङहरुमा थियो। शिक्षक गुरुङले पनि सुरुसुरुमा त्यसै गरे। 'विदेशीलाई राखेर यतिउती पैसा लिनुपर्छ भन्ने हामीलाई थाहा नै थिएन, न हाम्रो संस्कारमा पथ्र्यो', उनले भने, 'हाम्रो आतिथ्यताबाट खुसी भएर उनीहरु आफैँले केही पैसा छाडेर जान्थे।'

विस्तारै शिक्षक गुरुङको घरमा बास बस्न आउने पर्यटकको सङ्ख्या बढ्दै गयो। अरु गाउँलेले पनि पर्यटक भेटेपछि शिक्षककै घरमा पठाउन थाले। 'घान्द्रुक आएका पर्यटकलाई पहिलोपटक घरमै राखेर सेवा दिएको हामीले नै हो', उनले सुनाए, 'पछि मैरे नाता पर्ने कुलबहादुर गुरुङले घान्द्रुकमा पहिलो होटल खोल्नुभयो।'

पर्यटकलाई लक्ष्य गरी खोलिएको उक्त होटलको नाम फिस्टेल थियो। जुन अहिले बन्द छ। विसं २०२७ तीर फिस्टेल होटल खुलेपछि अर्को वर्ष शिक्षक गुरुङले कोटगाउँमा होटल अन्नपूर्ण खोले। उनले कान्छोबुबाको घरमा होटल चलाएका थिए। पछि त्यही घर किनेर विसं २०५० सम्म अन्नपूर्ण कै नाममा होटललाई निरन्तरता दिए।

अठहत्तर वर्षीय शिक्षक गुरुङ अहिले पनि होटल व्यवसायमा हुन्। चौहत्तर वर्षीया श्रीमती बेलकुमारीको दरिलो साथ पनि रहँदै आएको छ। गुरुङका छोरा मिलन भने सपरिवार बेलायत बस्छन्। विसं २०५० पछि छोराको नाममा मिलन होटल चलाउँदै आएका छन्, गुरुङ दम्पत्तीले। 'पहिलेको भन्दा अझ राम्रो भ्यू प्वाइन्ट भेटाएपछि होटल त्यहीँ बनायौँ, नाम पनि नयाँ राख्यौँ', उनले भने।

विसं २०५० मै शिक्षण पेसाबाट सेवानिवृत्त भएपछि गुरुङले पुरै समय होटललाई दिन थाले। झण्डै ५४ वर्षदेखि आतिथ्य सेवामा सक्रिय उनलाई घान्द्रुक कै पहिलो पर्यटन व्यवसायीका रुपमा चिनिन्छ। घान्द्रुकको पर्यटनको कुरा गर्दा शिक्षक गुरुङको नाम जहिल्यै पनि अघि आउँछ।

'मैले होटल सुरु गर्दा बाटोको छेउमा बसेर के गरेको होला भनेर मान्छेले भन्थे', उनले भने, 'कमाइ हुन्छ भन्ने थाहा पाएपछि पछि गाउँका अरु पनि होटल व्यवसायमा लागे।' विसं २०४०र२०४२ देखि घान्द्रुकमा होटल थपिँदै जान थाले। पर्यटकको आउजाउ पनि बाक्लिन थाल्यो।

कास्कीको अन्नपूर्ण गाउँपालिका–१० र ११ स्थित घान्द्रुक गाउँ चल्तीको गन्तव्यका रूपमा देशीविदेशी माझ परिचित छ। बर्सेनि हजारौँ पर्यटकले त्यहाँ पाइला टेक्छन्। प्रकृति र संस्कृतिमा रमाउँछन्। पर्यटकीय चहलपहल बढेपनि घान्द्रुकको असली पहिचान गुम्ने हो की १ भन्ने पिरलो गुरुङलगायत गाउँका अगुवालाई छ।

घान्द्रुक उहिलेको जस्तो छैन। जीवनशैली, रहनसहन फेरिँदो छ। नयाँ बनिरहेका संरचनाले गाउँको मौलिक स्वरुप खल्बलिएको छ। 'विदेशीले यहाँ सडक नल्याउनू, ठूला सुविधासम्पन्न होटल पनि नखोल्नु भन्थेँ', शिक्षक गुरुङले सुनाए, 'तर जमानाअनुसार चल्नुपर्ने व्यवसायीलाई पनि बाध्यता छ, अहिले ठूल्ठूला भवन बने, गाउँमा मोटरबाटो पनि आयो।'

सडकले पदमार्ग भत्केका छन्। पर्यटक धूलो–हिलो सहँदै सडकबाटै पर्यटक हिँडेका भेटिन्छन्। हिमालको काखमा पहाडे शैलीका लहरै घर। ग्रामिण परिवेश र हावापानी। गुरुङ समुदायको कला, संस्कृति र रहनसहन। पाहुनाको सत्कारका लागि खुलेका घरबास। गाउँकै उब्जनीबाट बनेका परिकार। पहिलेपहिले घान्द्रकुमा पर्यटक लोभ्याउने चीज यिनै थिए। अहिले घान्द्रुक विस्तारै कङ्क्रिटले ढाकिँदैछ।

पर्यटकको आउजाउ बढेसँगै कराडौँ लगानीमा होटलदेखि रिसोर्टसम्म खुलेका छन्। आधुनिकताले गाउँको पुरानो चिनारीलाई विस्थापित गर्दैछ। घान्द्रुक पर्यटन व्यवस्थापन समितिका अध्यक्ष विक्रम गुरुङले बढ्दो व्यवसायीकरणले घान्द्रुकको मौलिकपन गुम्दै गएको धारणा व्यक्त गरे।  'यो विषय हामी सबैलाई महशुस भएको छ, नयाँ संरचना बनाउँदा मौलिकता झल्कने गरी बनाउनेतिर जोड दिएका छौँ', उनले भने, 'कतिपय व्यक्तिले पुराना र जीर्ण घरलाई पनि संरक्षण गर्न थालेका  छन्।'

मौलिकता जोगाउन नसके घान्द्रुकको पर्यटनको भविष्य पनि सङ्कटमा पर्ने स्थिति देखिएको स्वयं पर्यटन व्यवसायीले बताए। अन्नपूर्ण सेञ्चुरी पर्यटन समितिका अध्यक्ष ललित गुरुङले घान्द्रुकमा बनिरहेका ठूल्ठूला संरचनाबारे पर्यटकबाटै गुनासो आइरहेको बताए। 'हुन त व्यवसायीको पनि बाध्यता होला, जग्गा अभाव भएका कारण धेरै तला थपेको हुनसक्छ', उनले भने, 'पक्कै हो घान्द्रुक पहिले जस्तो छैन, परम्परागत घर धेरै हटिसके।'

स्थानीय पहिचान दिन सकिएन भने हिमाल हेर्न मात्रै पर्यटक नआउन पनि सक्ने उनको भनाइ थियो। घान्द्रुकबाट नजिकै देखिने अन्नपूर्ण र माछापूछ«े हिमशृङ्खलाको दृश्यले जोकोहीलाई पनि लोभ्याउँछ। देशविदेशसम्म चिनिएको गन्तव्य भएकाले घान्द्रुकको एकीकृत र पर्यटनमैत्री हिसाबले पूर्वाधार विकास गर्नुपर्नेमा अध्यक्ष गुरुङको जोड थियो। घान्द्रुकको पर्यटन प्रवर्द्धनका लागि समितिले बर्सेनि अन्नपूर्ण सेञ्चुरी पर्यटन महोत्सव गर्दै आएको छ।

स्थानीयवासी धनसुबा गुरुङले ढुङ्गामाटाले बनेका पुराना घर भत्काउँदै नयाँ बनाउने क्रम बढेको बताए। 'काठ किराले खायो भन्छन्, सिमेन्टका अग्लाअग्ला घर बनिरहेका छन्, यस्तै छ खै कस्लाई के भन्ने', उनले भने, 'गाउँमा खेतीपाती गर्ने पनि छैनन्, सबै बजारको ल्याएर खानुपर्छ।' डाँडागाउँका केही घरलाई भने अझै पनि जोगाएर राखिएको छ। केही व्यवसायीले पुरानै घरलाई सिँगारेर होटलका रुपमा चलाएका छन्।

गाउँमा आउने पर्यटकलाई देखाउने गुरुङ संस्कृतिका गीतनाच पनि लोपन्मुख अवस्थामा पुगेका छन्। पर्यटक लोभ्याउने घरबास विस्तारै खस्किँदै जान थालेका छन्। कतिपयले घरबासलाई होटलमा परिणत गरिसकेका छन्। स्थानीय उत्पादन नभएपछि घरबासमा पनि बजारकै परिकार पाक्छन्।

केही दिनअघि गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डले घान्द्रुकमा आयोजित पर्यटन महोत्सवमा पहिचान नमेटिने गरी भौतिक पूर्वाधारको विकास गर्नुपर्ने बताएका थिए। उनले घान्दु्रकको मौलिकता विस्तारै ह्रास हुँदै गएकामा चिन्तासमेत व्यक्त गरे। 'पर्यटक घान्द्रुकको गाउँले परिवेश र संस्कृति हेर्न आउँछन्, यसलाई जोगाइएन भने भोलि यहाँको पर्यटन खस्किन सक्छ', मुख्यमन्त्री पाण्डेको भनाइ थियो।

पर्यटन व्यवस्थापन समितिका अनुसार घान्द्रुकमा रिसोर्टसहित ५४ वटा होटल छन्। अठार वटा घरबास छन्। पर्यटकस्तरीयदेखि सामान्यसम्म गरी होटलमा आठ सय कोठा छन्। पर्यटन व्यवसायमा अर्बौँको लगानी छ। सयौँले रोजगारी पाएका छन्। पर्यटकीय याममा एकैदिनमा दुईरतीनहजारसम्म पर्यटक त्यहाँ पुग्छन्। स्वदेशीपछि सबैभन्दा बढी चिनियाँ पर्यटकले घान्द्रुकलाई गन्तव्य बनाउँछन्। भारतीयदेखि युरोप, अमेरिकासम्मका पर्यटक त्यहाँ पुग्ने गरेका छन्।

अन्नपूर्ण संरक्षण क्षेत्रको अन्नपूर्ण आधार शिविर, म्याग्दीको पुनहिल–घोरेपानीलगायत जोड्ने पदमार्गमा पर्ने घान्द्रुक पर्यटकको विश्रामस्थलका रुपमासमेत लिइन्छ। पोखरा–बागलुङ राजमार्गको नयाँपुलदेखि बिरेठाँटी, स्याउलीबजार, किञ्चे हुँदै पाँचरछ घण्टाको पदयात्रामा घान्दु्रक पुग्न सकिन्छ। मोटरमा जाँदा एकरडेढ घण्टामै पुग्न सकिन्छ। रासस
अर्को समाचार
घान्द्रुकमा पर्यटन महोत्सव, होटलमा ३० प्रतिशत छुट
१७ चैत्र २०८०
•
३ मिनेट पाठ
घान्द्रुकमा पर्यटन महोत्सव, होटलमा ३० प्रतिशत छुट
घान्द्रुकको होटलमा पाहुना। फाइल तस्बिरः नागरिक
अन्नपूर्ण आधार शिविर (एबिसी) पदमार्गको प्रवेशद्वारमा पर्ने पर्यटकीय गाउँ घान्द्रुकमा चैत अन्तिम साता घान्द्रुक पर्यटन महोत्सव आयोजना गरिने भएको छ। आन्तरिक तथा बाह्य पर्यटकको आकार अझै बढाउन महोत्सव आयोजना गरेको आयोजकले बताएको छ।




आयोजक घान्द्रुक पर्यटन व्यवस्थापन समितिले महोत्सव अवधिभर घान्द्रुक जाने पर्यटकलाई त्यहाँका होटलमा ३० प्रतिशत छुट दिने पनि बताएको छ। घान्द्रुकमा अहिले पनि आन्तरिक पाहुनाको आकार राम्रो रहेको र त्यो आकार अझै बढाउन खोजेको आयोजकले बताएका छन्।

महोत्सवको चारदिन अवधि (चैत २७ देखि ३०) अवधिभर घान्द्रुक आउने आन्तरिक तथा बाह्य पाहुनाले छुट पाउनेछन्। त्यसबाहेक महोत्सव अवधिमा आयोजना खेलकुदका गतिविधिमा सहभागी हुन जाने खेलाडीलाई भने प्रतिव्यक्ति ६ सय रुपैयाँको प्याकेजमा खान बस्नको सुविधा दिने आयोजकले बताएको छ।

महोत्सवका संयोजक अमृत लामा गुरुङका अनुसार अहिले पनि घान्द्रुकमा पाहुनाको अभाव छैन। अहिले पनि दिनमा आठसय जनाको हाराहारीमा घान्द्रुकमा पाहुना पुग्ने गरेका छन्। भिडभाडको बेला घान्द्रुकले दिनमा २२ सय जनासम्म पाहुना राखेको थियो। 

‘हामीलाई अहिले पनि पर्यटक अभाव त होइन। एकैरातमा २२ सय जनालाई राखेका पनि छौं,’ उनले भने, ‘पर्यटक अभाव अहिले होइन। तर, प्रवर्द्धन नियमित होस भन्ने चाहेका हौ।’

घान्द्रुकमा मात्र अहिले ७३ वटा होटल र १९ वटा घरमा होमस्टे संचालन गरिएको छ।  उनका अनुसार विभिन्न तहका होटल अहिले घान्द्रुकमा छन् । ती होटलमा एकरातको १५ सय देखि ३ हजार रुपैयाँसम्मको प्याकेज उपलब्ध रहेको उनले बताए। महोत्सव अवधिमा त्यो शुल्कमा ३० प्रतिशत छुट पाउने हुँदा पाहुनालाई सस्तो पर्ने उनले बताए।  

चैत अन्तिम साता महोत्सव

अन्नपूर्ण गाउँपालिकाको घान्द्रुकमा चैत्र अन्तिम साता महोत्सव हुनेछ। घान्द्रुक पर्यटन व्यवस्थापन समितिको आयोजनामा चैत्र २७ देखि ३० गतेसम्म महोत्सव आयोजना गरिने बताएको छ।

घान्द्रुक पर्यटन व्यवस्थापन समितिका अध्यक्ष विक्रम गुरुङले ‘सबै मौसममा पर्यटन’ भन्ने नारासहित पर्यटक भित्र्याउने लक्ष्य सहित महोत्सवको आयोजना गरिएको बताए। उनका अनुसार घान्द्रुकसम्म मोटरबाटो सहज भएपछि पाहुनाको आगमन बढेको छ।

महोत्सवमा विभिन्न खेलकुदका गतिविधि पनि गरिने उनले बताए। महोत्सवमा क्लबस्तरीय पुरुष तथा महिला भलिबल, खुल्ला बास्केटबल, घोडा दौड प्रतियोगिता, चक्रीय पदमार्ग दौड लगायतका प्रतियोगिता पनि आयोजना गरिएको छ।

उनका अनुसार क्लबस्तरीय पुरुष भलिबल प्रतियोगिताको विजेताले १ लाख ११ हजार १ सय ११, उपविजेताले ७० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। यस्तै महिलातर्फको विजेताले ३० हजार र उपविजेताले २० हजार रुपैयाँ पुरस्कारसहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।

पुरुष भलिबलतर्फ विधागत उत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाइकर, सेटर, सर्भर, प्रशिक्षक, उदीयमान खेलाडीलाई (सेमिफाइनलबाट म्यान अफ द म्याच)  पुरस्कृत गरिनेछ। यस्तै महिलातर्फ उत्कृष्ट खेलाडी, स्पाइकर, डिफेण्डर, सेटर हुने खेलाडीलाई पुरस्कृत गरिने अध्यक्ष गुरुङले जानकारी दिए।

यस्तै महोत्सवका संयोजक अमृत लामा गुरुङले खुल्ला बास्केटबल प्रतियोगिताको विजेतालाई १ लाख र उपविजेताले ६० हजार रुपैयाँ पुरस्कारसहित शिल्ड मेडल र प्रमाणपत्र प्रदान गरिने जानकारी दिए।

यस्तै घोडा दौड प्रतियोगिताको विजेताले ५५ हजार ५ सय ५५, उपविजेताले २७ हजार ७ सय ७७ र तेस्रो हुनेले ११ हजार ११ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ। यस्तै चक्रीय पदमार्ग दौड प्रतियोगिताको विजेताले १५ हजार, दोस्रो हुनेले १० हजार र तेस्रो हुनेले ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ।  
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock २ मिनेट अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस