घरभाडा आधा घटाउन घरधनीलाई अपिल
३१ जेष्ठ २०८०
•
२ मिनेट पाठ
घरभाडा आधा घटाउन घरधनीलाई अपिल
नेपाल राष्ट्रिय घरभाडा सरोकार समिति भाडा घटाउन अनुरोध गर्दै। तस्बिरः सन्देश÷नागरिक
नेपाल राष्ट्रिय घर भाडा सरोकार समिति कास्कीले घर भाडा ५० प्रतिशतसम्म घटाउन आह्वान गरेको छ। घर भाडा दिने र लिने अर्थात् घरधनी र घर बहालमा बस्ने दुवैको साझा संस्थाका रुपमा रहेको नेपाल घर भाडा सरोकार समितिको कास्की शाखाले घरधनीलाई घर भाडा २५ देखि ५० प्रतिशतसम्म घटाउन आह्वान गरेको हो।




आर्थिक मन्दी र बैंकको चर्को ब्याजदरका कारण अर्थतन्त्र चलायमान नहुँदा त्यसको असर व्यापार, व्यवसायमा पर्दा आर्थिक कारोबार घटेकाले अहिलेको घर भाडा तिर्न सक्ने स्थिति नरहेको समितिको भनाई छ।  

‘आर्थिक मन्दी र चर्को ब्याजदरले व्यापार व्यवसाय चौपट भएको छ,’ समितिले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘यही कारण व्यवसायी व्यवसाय छाडेर पलायन समेत भएका छन्। कतिपय व्यापारीले त आत्मदाहसम्म गरेका छन्।’ समितिले पोखरामा हाल २५ देखि ३० प्रतिशत व्यवसायी पलायन भइसकेको बताएको छ। व्यवसायी पलायन हुनुको कारण घर भाडा तिर्न नसक्नु नै भएको समितिको ठहर छ। घर भाडा नघटे पलायन हुनेको प्रतिशत बढेर ५० प्रतिशत पुग्न सक्ने समितिका अध्यक्ष कमलप्रसाद न्यौपाने बताउँछन्।

समितिले यस्तो भयावह स्थितिमा पनि केही घरधनीले घर भाडा वृद्धि गरेको भन्दै सो निर्णय फिर्ता लिन अपिल गरेको छ। ‘विषम परिस्थितिमा सम्झौता अनुसार नै घर भाडा वृद्धि गर्नुपर्ने भए पनि अहिले वृद्धि नगर्न, वृद्धि गरिसकेको भए फिर्ता लिन हामी अपिल गर्दैछौं,’ विज्ञप्तिमा भनिएको छ।

समितिले घर भाडा नघटाए त्यसको परिणाम राम्रो नहुने चेतावनी दिएको छ। व्यवसाय नचलेका कारण घर भाडा तिर्न नसकिरहेको अवस्थामा घर भाडा नघटाउने हो भने व्यवसायी पलायन हुने र सोही कारण सहरका धेरै सटरहरु खाली हुने स्थिति आउने समितिको चेतावनी छ। ‘त्यसैले त्यस्तो अवस्था आउन नदिनका लागि घरधनीहरुले राहतको प्याकेजका रुपमा घर भाडा ५० प्रतिशतसम्म घटाउने निर्णय गर्नुपर्ने जरुरी देखिन्छ। व्यवसायी पलायन हुन नदिन पनि भाडा घटाउनुपर्ने समितिको भनाई छ।  

समितिका अध्यक्ष न्यौपानेले संकटबाट निस्कन घरधनी र घर बहालमा बस्ने सबै एकजुट हुनुपर्ने बताए। ‘जसरी हामी भूकम्प र कोरोनाका समयमा एकजुट भएर संकट विरुद्ध लड्यौँ, आज फेरी त्यसरी नै एकजुट भएर अघि बढ्नुपर्नेछ,’ उनले भने।

अध्यक्ष न्यौपानेले घर भाडा समयमै नतिरेको भए पनि अहिलेको परिस्थितिलाई बुझेर व्यवसायीलाई घर खाली गर्नका लागि बाध्य नपार्न घरधनीलाई आग्रह गरे। उनले भने,‘परिस्थिति सहज नभएसम्म बाचौँ र बचाऔँ भन्ने मूल मन्त्रलाई आत्मसाथ गर्दै सबैको हित हुने गरी विकल्प खोजौँ।’

समितिका निवर्तमान अध्यक्ष तथा राष्ट्रिय घर भाडा सरोकार समितिका केन्द्रीय उपाध्यक्ष यमनाथ पौडेलले घर भाडा तिर्न नसकेर व्यवसायी विस्थापित हुने अवस्था आउन नहुने बताए। ‘घर भाडा थोरै घटाऔँ, बहालमा बस्नेले पनि सहजै तिरौँ’  उनले भने।समितिका उपाध्यक्ष उमपती ढकाल र महासचिव कृष्णप्रसाद चापागाईंले घरधनी र बहालमा बस्नेबीच सुमधुर सम्बन्ध हुनुपर्ने र समस्यामा पर्दा आपसमा मिलेर संकट टार्नुपर्नेमा जोड दिए।
अर्को समाचार
प्रसूति बिदा नदिनेलाई एक लाख जरिवाना
१८ माघ २०८०
•
१ मिनेट पाठ
प्रसूति बिदा नदिनेलाई एक लाख जरिवाना
प्रसूति बिदा उपभोग गर्नबाट वञ्चित गर्ने राष्ट्रिय अपांग महासंघले पीडितलाई एक लाख रूपैयाँ क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने निर्णय राष्ट्रिय मानवअधिकार आयोगले गरेको छ। महासंघकी परियोजना अधिकृत सुमित्रा कटुवालले दिएको निवेदनमाथि सुनुवाइ गर्दै आयोगले मंगलबार यस्तो निर्णय गरेको हो।




कटुवालले प्रसूति बिदा माग गर्दा नदिई उल्टै कामबाट निकाला गरिएको भन्दै महासंघविरुद्ध आयोगमा उजुरी दिएकी थिइन्। उजुरीमा उनले आफूलाई प्रसूति बिदा नदिएर प्रजनन अधिकारबाट वञ्चित गर्न खोजिएको भन्दै न्यायका लागि अपिल गरेकी थिइन्।

आयोगले महासंघको कदम प्रजनन स्वास्थ्य अधिकारविपरीत देखिन आएको भन्दै उसले पीडित कटुवाललाई तीन महिनाको तलबवापत एक लाख रूपैयाँ उपलब्ध गराउनुपर्ने निर्णय गरेको हो। उनलाई प्रसूति बिदाबापत एक लाख रूपैयाँ क्षतिपूर्ति दिनुपर्ने निर्णय भएको आयोगले जनाएको छ। आयोगका अनुसार जरिवानास्वरूप एक लाख रूपैयाँ क्षतिपूर्ति दिन भनिएको हो।

आयोगले कटुवाललाई प्रसूति बिदा नदिने र पदमुक्त गर्ने निर्णयमा हस्ताक्षर गर्ने महासंघका अध्यक्ष देवीदत्त आचार्यसहितका पदाधिकारीलाई यस्तो कार्य नगर्न, नगराउन पनि निर्देशन दिएको छ। यसै सन्दर्भमा आयोगले कानुनबमोजिम दर्ता भएका सार्वजनिक र गैरसरकारी संस्थाहरूलाई कार्यरत महिलाको प्रजनन स्वास्थ्य अधिकारको पालना गर्न, गराउन पनि निर्देश गरेको छ।

प्रजनन अधिकारसँग सम्बन्धित कानुन कार्यान्वयन भएनभएको अनुगमन गर्न गृह मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, सबै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सबै जिल्ला प्रशासन कार्यालय, समाज कल्याण परिषद्समेतलाई निर्देशन दिन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्राचार गर्ने निर्णय पनि गरिएको आयोगले जनाएको छ।
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १९ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock २५ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस