खानेपानीको चरम अभाव भोगिरहेको धरानमा मेयर हर्क साम्पाङले श्रमदान अभियान चलाएर करिब ४२ किलोमिटर दुरीबाट कोकाहा खोलाको पानी ल्याउन सफल भएका छन्।
श्रमदान अभियान शुरु गरेको ९८ औं दिनमा गएको मध्यराती कोकाहाको पानी धरान २० स्थित पकुवा खोलामा खसालेर वास आउट गरिएको हो। राजनीतिक दल, दलका नेताहरु एवं मेयर साम्पाङका आलोचकहरुले निरन्तर आलोचना गरिरहे पनि श्रमदान अभियानबाट नै कोकाहाको पानी ल्याउन मेयर साम्पाङ सफल भएका हुन्।
मध्यराती १२ बजेर ३ मिनेटमा कोकाहाको पानी पकुवा खोलामा वास आउट गर्न खसालिएको श्रमदान अभियानका प्रोजेक्ट मेनेजर दत्तकुमार लिम्बुले जानकारी दिए। उनले भने,‘मानिसहरुले हामीलाई अनेक कुराहरु गरे, विरोध गरे तर कोकाहाको पानी ल्याएरै छोड्यौं।’
कोकाहा खोलाको मुहान धरानको वडा नं २० स्थित हात्तिसारमा नै पर्छ। उक्त मुहान क्षेत्रबाट भञ्ज्याङ लिफ्ट गरेर पानी ल्याउन सकिने भएपनि विजुलीमा अत्यधिक खर्च हुने भएपछि मेयर साम्पाङले विकल्पमा ग्राभेटि फ्लो मार्फत नै पाइपलाइन विछ्याएर पानी ल्याएका हुन्। पाइपलाइन छिमेकी नगर बराहक्षेत्रको भुभाग हुदै करिब ४२ किलोमिटर विछ्याइएको छ। गएराती पानी खसेको पकुवा खोलासम्म ३५ किलोमिटर दुरी रहेको धरान खानेपानी व्यवस्थापन बोर्डका सबइञ्जिनियर सुसन थापाले जानकारी दिए।
कठिन पहाडी भुभाग कटेर मानव वस्तीसम्म पानी आइपुगेको हो। अब करिब ७ किलोमिटर दुरीमा मात्र सुम्निमा र स्वास्तिका ट्यांकी छ। पाइपलाइन विस्तार भइसकेकोले वास आउट गरिसकेपछि पानी ट्यांकमा पुर्याइनेछ।
कोकाहाको पानी पकुवा खोलासम्म ल्याउन मेयर साम्पाङले आफै दुई दिनदेखि निरन्तर फिल्डमै खटिएका थिए। उनले पानी नल्याएसम्म घर नफर्कने घोषणा गरेका थिए। आइतबार उनी घर नफर्कि पटनाली क्षेत्रमा नै बास बसेका थिए भने गए राती पानी पकुवा खोलामा खसेपनि उनी घर नफर्की खोलामा नै रात बिताएका थिए। पकुवासम्म पानी आएपछि भावुक हुदै मेयर साम्पाङ रोएका पनि थिए। ‘अत्यन्तै धेरै मेहनत गरेका छौं। ४२ किलोमिटर भिर,पाखाहरुमा पाइप बोकेर पुर्याउनु चानचुने काम होइन। असम्भव लाग्ने कुरा सम्भव गरेर देखायौं,’मेयर साम्पाङले भने,‘भोकै काम गर्ने श्रमदाताहरुलाई, सहयोगी दाताहरुलाई सम्झन चाहन्छुँ । यो बाह्रो महिना नसुक्ने मुहान भएकोले ठुलो उपलब्धी हो।’
कोकाहा खानेपानी अभियानको लागि देशविदेशबाट ४ करोड बढी आर्थिक तथा पाइप, खाद्यान्न लगायत सहयोग भएको थियो। प्रत्येक शनिबार ५ हजार भन्दा बढी धरान र धरानबाहिरबाट मानिसहरु श्रमदानमा आउने गरेका थिए। मेयर साम्पाङले यसअघि पनि पकुवा खोला, सर्दु, निशाने खोला र भालु खोलाको पानी पनि श्रमदान अभियानबाटै जोड्न सफल भइसकेका छन्। निशानेमा हर्क साम्पाङ सपोर्ट कमिटी युके र गोर्खा पिस फाउण्डेशनले २ लाख ३७ हजार बराबरको पानीट्यांकी निर्माण गरिएको छ भने सेउती बगरमा पनि हर्क साम्पाङ सपोर्ट कमिटीले अर्को ट्यांकी बनाइदिएको छ। अहिले गोर्खा वेल्फेयर ट्रष्टले खर्दु खोला खानेपानी आयोजनाको स्तरोन्नती भइरहेको छ।
जुम्ला। डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
नागरिकता प्रमाणपत्रलगायत जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने सेवा उपलब्ध गराउने उद्देश्यले धोमा इलाका प्रशासन कार्यालय स्थापना गरिएको छ।यसअघि शे–फोक्सुण्डो, छार्काताङसोङ र डोल्पोबुद्ध गाउँपालिकाका नागरिक प्रशासनिक कामका लागि दुनै पुग्न बाध्य थिए।
भौगोलिक विकटताका कारण सेवा लिनै २५ देखि ३० हजार रुपैयाँसम्म खर्च गर्नुपर्ने अवस्था थियो। अब धोमा कार्यालय स्थापना भएपछि तीनवटै स्थानीय तहका नागरिकलाई प्रशासनिक सेवा लिन सहज हुने भएको छ।
इलाका प्रशासन कार्यालयका प्रमुख पदमबहादुर शाहीको अध्यक्षता तथा डोल्पोबुद्ध गाउँपालिकाका अध्यक्ष कार्मा छोइवेल गुरुङले कार्यालय उद्घाटन गरेका हुन्।
जिल्ला प्रशासन कार्यालय डोल्पाले २०८० असोज २५ गते गृह मन्त्रालयलाई पत्राचार गर्दै माथिल्लो डोल्पामा इलाका प्रशासन कार्यालय स्थापना गर्न प्रस्ताव गरेको थियो। २०८० चैत ५ गते मन्त्रालयलाई पठाइएको अर्को पत्रमा तीनवटै स्थानीय तहका नागरिकको प्रशासनिक पहुँच सहज बनाउन धोमा कार्यालय स्थापना गर्नुपर्ने आवश्यकता औंल्याइएको थियो।
जिल्ला प्रशासन कार्यालयका अनुसार शे–फोक्सुण्डोमा एक हजार ९४२, छार्काताङसोङमा आठ हजार ७४२ र डोल्पोबुद्धमा एक हजार २५६ जनसंख्या छ। भौगोलिक विकटताका कारण लामो समयदेखि प्रशासनिक सेवाबाट कठिनाइ भोगिरहेका यी क्षेत्रका नागरिकका लागि कार्यालय स्थापना राज्यको सेवा गाउँसम्म पुर्याउने महत्वपूर्ण कदम बनेको छ।
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...