प्युठानको धार्मिक स्थल स्वर्गद्वारी दर्शन गरेर फर्कँदै गर्दा सोमबार दिउसो दुर्घटनामा परि मृत्यु भएका ८ मध्ये ७ जनाको सनाखत भएको छ।
प्युठान प्रहरीका अनुसार मृत्यु हुनेमा दाङ तुलसीपुर १५ कोठरीका ३५ बर्सिया सरिता शर्मा पोख्रेल उनका छोराहरू १४ वर्षका विशाल पोख्रेल र ९ वर्षका विकास पोख्रेल रहेका छन्।
त्यसै गरी लमही नगरपालिका ७ गढवाका ४० वर्षीय गोविन्द शाह उनकी श्रीमती ३० बर्सिया राधा र छोरा ९ वर्षका आदिथ शाहको पनि मृत्यु भएको हो। दुर्घटना गाडी चालक दाङ लमहीका ताराबहादुर कुमालको पनि मृत्यु भएको प्रहरीले जनाएको छ।
प्युठान प्रहरी प्रमुख डिएसपी सुवास खड्काका अनुसार एक जना नाबालकको सनाखत हुन सकेको छैन।
प्युठानको धार्मिक स्थल स्वर्गद्वारी दर्शन गरेर फर्कने क्रममा सोमबार दिउसो लु १ च ६३४५ नम्बरको कार दुर्घटनामा परेका थियो। उक्त कार स्वर्गद्वारी नगरपालिका ४ उपल्लो भिङ्ग्रीमा सडकबाट तल खसेर दुर्घटना भएको हो।