प्यूठानको स्वर्गद्वारी मन्दिरबाट फर्कँदै गरेको कार दुर्घटनामा परि घाइते भएका आठै जनाको मृत्यु भएको छ।
सोमबार दिउँसो स्वर्गद्वारी नगरपालिका–४, भ्यागुते भन्ने ठाउँमा लु १ च ६३४५ नम्बरको कार दुर्घटना भएको हो। दुर्घटनामा कारमा सवार २ पुरुष, २ महिला ४ बालबालिका गरि आठ जना घाइते भएका थिए। जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख (डिएसपी) सुवास खड्का अनुसार घाइते आठै जनाको मृत्यु भएको छ।

उनले भने ‘सनाखत भएको छैन। भेरिफाई गर्दैछौ।’कार स्वर्गद्वारी नगरपालिका ४ उपल्लो भिङ्ग्रीमा सडकबाट तल खसेर दुर्घटना भएको थियाे।