चितवनमा गैँडाको आक्रमणबाट एक पुरुषको मृत्यु भएको छ।
भरतपुर महानगरपालिका-२३ स्थित हरियाली सामुदायिक वनमा आज साँझ ६:५५ बजे निउरो टिप्न गएका ६० वर्षीय झन्डिल बोटेलाई गैँडाले आक्रमण गरेको हो।
आक्रमणबाट घाइते भएका उनको स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ। उनी भरतपुर-२३ धुर्बघाट बसोबास गर्दै आएका थिए।
राष्ट्रिय निकुञ्ज आसपासका मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने सर्वसाधारण जङ्गली जनावरको आक्रमणमा पर्दै आएका छन्।